Namaste Icon
Ad
Ad

स्यानिटाइजर पिउँदा १० जनाको ज्यान गयो

स्यानिटाइजर पिउँदा १० जनाको ज्यान गयो

काठमाडौं । भारतमा रक्सीको सट्टा हातमा दल्ने स्यानिटाइजर पिउादा कम्तीमा १० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भारतको आन्ध्र प्रदेशमा लकडाउनका कारण मदिरा पसल बन्द भएपछि रक्सीको लतमा परेकाहरूले अल्कोहलमा आधारित सानिटाइजर पिउँदा उनीहरूको मृत्यु भएको हो ।

आन्ध्र प्रदेशको कुरिचेदु गाउँका ती मानिसले रक्सी नपाएपछि पानी र अन्य पेय पदार्थमा सानिटाइजर मिसाएर पिएको स्थानीय प्रहरी प्रमुख सिद्धार्थ कौशलले बताएको बीबीसीले जनाएको छ । प्रहरी प्रमुख कौशलका अनुसार झन्डै १० दिनसम्म सानिटाइजर पिएपछि उनीहरूको मृत्यु भएको हो । सानिटाइजरमा अन्य कुनै विषादी पदार्थ थियो कि भनेर सानिटाइजरको नमुना परीक्षणका लागि पठाइएको छ ।

Ad

सम्बन्धित समाचारहरु

कुखुराको मासुमा कोरोना भाइरस

कुखुराको मासुमा कोरोना भाइरस

एजेन्सी । कुखुराको मासुमा कोरोना भाइरस भेटिएको छ । ब्राजिलबाट चीनमा आयात गरिएको कुखुराको मासुमा कोरोना भाइरस भेटिएको हो ।चिनियाँ राष्ट्रिय टेलिभिजन सीसीटीभीले उहु सिटीस्थित रेष्टुरेन्टमा कुखुराको मासुमा कोरोना भाइरस भेटेको जनाएको छ ।

‘ तिम्रो कोरोना भाइरस हाम्रो देशमा चाहिन्न ’ भन्दै लण्डनमा विद्यार्थीमाथि कुटपिट

लन्डन । वेलायतका एकजना १५ बर्षीय किशोरले आफुले ‘ तिम्रो कोरोना भाइरस हाम्रो देशमा चाहिन्न ’ भन्दै सिंगापुरबाट पढ्न आएका एक विद्यार्थी माथि साँघातिक हमला गरेको स्विकारेका छन् । गत २४ फेब्रुअरीमा टोटेनह्याम कोर्ट रोड ट्युव स्टेसन नजिकको अक्सफोर्ड स्ट्रिटमा २३ वर्षिय जानाथन मोक नराम्ररी पिटएका थिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad