Namaste Icon
Ad
Ad

थप ३१५ जनामा कोरोना संक्रमण, १४४९२ जना घर फर्किए

थप ३१५ जनामा कोरोना संक्रमण, १४४९२ जना घर फर्किए

काठमाडौं । आज (शनिबार) कोरोनाभाइरसका तीन सय १५ जना संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा उक्त संख्यामा संक्रमित थपिएका हुन्। अब संक्रमितको कूल संख्या २० हजार ८६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विगत २४ घण्टामा छ हजार ९ सय ९३ जनामा पिसिआर परीक्षण गरिएको जानकारी दिए। शनिबारसम्म ११ हजार ५ सय ३३ जना क्वारेन्टिनमा छन् भने आइसोलेनमा रहनेको संख्या पाँच हजार तीन सय ३८ छ। विगत २४ घण्टामा कोरोना निको भएर ९३ जना घर फर्किए।

अहिलेसम्म कोरोना निको भएर १४ हजार चार सय ९२ जना घर फर्किएको प्रवक्ता गौतमले जानकारी दिए। कोरोनाबाट नेपालमा शनिबारसम्म ५६ जनाको मृत्यु भइसकेको छ।

Ad

सम्बन्धित समाचारहरु

नेपालमा सुनौलो कछुवा फेला

नेपालमा सुनौलो कछुवा फेला

जनकपुर । नेपालमा सुनौलो कछुवा फेला परेको छ । प्रदेश–२ को जनकपुर उपमहानगर पालिकास्थित खोयर भन्ने स्थानमा सुनौलो कछुवा दुुई वर्षअघि फेला परे पनि विस्तृत अध्ययन गर्न समय लागेको अध्येताले जानकारी दिएका छन् । सन् २०१८ को अप्रिल १४ का दिन पहिलो पल्ट यो देखिएको थियो ।

सामाजिक सञ्जालले यसरी लिन्छ ज्यान

सामाजिक सञ्जालले यसरी लिन्छ ज्यान

काठमाडौं । परस्त्रीसँगको अवैध सम्बन्धका फोटो र भिडियो सामाजिक सञ्जाल फेसबुकबाट बाहिर ल्याएर ब्ल्याकमेलिङ गर्दै आएका रोल्पा रुन्तीगढी गाउँपालिकाका कृष्णबहादुर बोहोराले पासविक हत्या बहन गर्नुपर्‍यो । चितवन कालिका नगरपालिकाकी कल्पना मुडभरी पौडेलले प्रहरीसमक्ष दिएको साबिती बयानअनुसार बोहोराले उनलाई पटक पटक ब्ल्याकमेलिङ गरेर यौनसम्बन्ध राख्दै आएका थिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad