Namaste Icon
Ad
Ad

भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै उपसचिव प्रेम सञ्जेलमाथि कुटपिट

भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै उपसचिव प्रेम सञ्जेलमाथि कुटपिट

विराटनगर । भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको छ । सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको हो । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको हो । उनीहरु दुबै करारका कर्मचारी हुन् ।

सञ्जेलमाथि पेपर वेटको डल्लो, चप्पल, पञ्चिङ मेसिन लगायत प्रहार भएको प्रहरीले बताएको छ । कुटपिटबाट सञ्जेलको अनुहारमा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक उपरीक्षक सन्तोष खड्काले कुटपिट गर्ने कर्मचारी र सञ्जेलको विवादबारे बुझ्ने काम भइरहेकमे बताए । प्रहरी स्रोतका अनुसार सञ्जेलसँग छलफल गर्नु छ भन्दै कार्यकक्षमा प्रवेश गरेका दुई जना कर्मचारीले काममा पेलेको र गालीगलौज गरेको भन्दै कुटपिट गरेको बताएका छन् ।

 

Ad

सम्बन्धित समाचारहरु

नेपालमा सुनौलो कछुवा फेला

नेपालमा सुनौलो कछुवा फेला

जनकपुर । नेपालमा सुनौलो कछुवा फेला परेको छ । प्रदेश–२ को जनकपुर उपमहानगर पालिकास्थित खोयर भन्ने स्थानमा सुनौलो कछुवा दुुई वर्षअघि फेला परे पनि विस्तृत अध्ययन गर्न समय लागेको अध्येताले जानकारी दिएका छन् । सन् २०१८ को अप्रिल १४ का दिन पहिलो पल्ट यो देखिएको थियो ।

सामाजिक सञ्जालले यसरी लिन्छ ज्यान

सामाजिक सञ्जालले यसरी लिन्छ ज्यान

काठमाडौं । परस्त्रीसँगको अवैध सम्बन्धका फोटो र भिडियो सामाजिक सञ्जाल फेसबुकबाट बाहिर ल्याएर ब्ल्याकमेलिङ गर्दै आएका रोल्पा रुन्तीगढी गाउँपालिकाका कृष्णबहादुर बोहोराले पासविक हत्या बहन गर्नुपर्‍यो । चितवन कालिका नगरपालिकाकी कल्पना मुडभरी पौडेलले प्रहरीसमक्ष दिएको साबिती बयानअनुसार बोहोराले उनलाई पटक पटक ब्ल्याकमेलिङ गरेर यौनसम्बन्ध राख्दै आएका थिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad