Namaste Icon
Ad
Ad

‘इनफ इज इनफ’ का अभियन्तालाई भेट्न पुगे देउवा र सिटौला

‘इनफ इज इनफ’ का अभियन्तालाई भेट्न पुगे देउवा र सिटौला

काठमाडौं । आमरण अनसनमा रहेका ‘इनफ इज इनफ’ का अभियन्तालाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बसन्तपुर पुगेका छन् । असार २३ गते सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै ईः र समायरा श्रेष्ठ १५ दिनदेखि बसन्तपुरमा अनसनरत छन् । उनीहरुलाई भेट्न शनिबार देउवा र कांग्रेस नेता कृष्णप्रसाद सिटौला पुगेका हुन् ।

अनसनरत युवाहरुलाई भेटेपछि देउवाले उनीहरुको माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरे । ‘उहाँहरुको मागलाई हाम्रो समर्थन छ’ उनले भने, मान्छेलाई मर्न दिनु हुन्न । सरकारले तुरुन्तै मान्छे पठाएर कुरा गरेर अनसनमा बसेका युवाहरुलाई बचाउनुपर्छ ।’

शान्तिपूर्ण आन्दोलन गर्दा पनि सरकारले धरपकड गरिरहेको भन्दै उनले भत्र्सना समेत गरे । यस्तै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले युवाहरुले उठाउँदै आएका मागहरु देश जनताको हितमा रहेको र रसरकारले वार्ता गरेर तत्काल सम्बोधन गर्नुपर्ने धारणा राखे ।

Ad

सम्बन्धित समाचारहरु

बालुवाटारमा ओली–प्रचण्ड भेटवार्ता

बालुवाटारमा ओली–प्रचण्ड भेटवार्ता

काठमाडौं । लामो समयको संवादहीनतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न प्रचण्ड केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

विप्लव समूहका नेता र कार्यकर्ता धमाधम पक्राउ, कर्णलीबाट १३ कार्यकर्ता पक्राउ

कर्णाली । प्रहरीले नेत्रविक्रम चन्द समूहका नेता र कार्यकर्तालाई धमाधम पक्राउ गर्न थालेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार केही दिनयता रुकुम पश्चिमबाट चार, जुम्लाबाट तीन, सुर्खेत, सल्यानबाट दुईदुई, दैलेख र डोल्पाबाट एकएक गरी १३ जनालाई पक्राउ गरिएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad