Namaste Icon
Ad
Ad

पेट्रोल र डिजेलको मूल्य बढ्यो

पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले आज मध्यराति देखि लागु हुने गरी इन्धनको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएको भन्दै आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको जनाएको छ । निगमले आज विज्ञप्ति जारी गरी पेट्रोल र डिजेल दुवैमा दुई रुपैयाँ प्रतिलिटरका दरले मूल्य वृद्धि भएको जानकारी दिएको हो । मूल्य वृद्धिसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १०४ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलको मुल्य समान ९० रुपैयाँ छ ।

गएको १५ दिनमा निगमले पेट्रोल र डिजेलमा घाटा व्यहोरेको छ । निगमका अनुसार १५ दिनमा पेट्रोल प्रति लिटर ३ रुपैयाँ र डिजेलमा झण्डै एक रुपैयाँ घाटा व्यहोरेको छ । निगमले मट्टीतेल, एलपी ग्याँस र हवाई इन्धनमा भने मूल्य यथावत राखेको छ । यी इन्धनमा निगम नाफामा छ ।

Ad

सम्बन्धित समाचारहरु

बिना धितोमा प्रोफेश्नल कर्जाका दिने सहमति

बिना धितोमा प्रोफेश्नल कर्जाका दिने सहमति

काठमाडौं । नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) र कामना सेवा विकास बैंकबीच एक्यानमा आवद्ध सदस्यहहरुलाई बिना धितामो प्रोफेश्नल कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । द्विपक्षीय समझदारी पत्र अनुसार एक्यानका सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको १२४ शाखाबाट एकै दिनमा बिना धितोमा रु १५ लाख सम्मको प्रोफेश्नल कर्र्जा प्रदान गरिनेछ । यो सम्झौता पछि एक्यानका सदस्यहरुले व्यक्तिगत आवश्यकताहरु पूरा गर्नको लागि बिना धितोमा सहुलियतपूर्ण बैंकिङ सुविधा (कर्जा) लिन सहज हुने कुरामा आफु बिस्वस्त रहेको संघका उपाध्यक्ष रमेश धितालले जानकारी गराए ।

चीनको केरुङदेखि काठमाडौँसम्म पेट्रोलियम पाइप–लाइन बिछ्याइने

काठमाडौं । पेट्रोलियम पदार्थको आपूर्तिलाई थप सहज बनाउन चीनको केरुङदेखि काठमाडौँसम्म पेट्रोलियम पाइप–लाइन बिछ्याइने योजना छ । चीनको केरुङदेखि नेपालको रसुवागढी–नुवाकोट हुँदै पेट्रोलियम पाइपलाइन बिछ्याउनका लागि यसै आर्थिक वर्षमा अध्ययन गरिने भएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad