Namaste Icon
Ad
Ad

दक्षिणी भारत, सात दल र द्वन्दको दलदलमा परेको हिजोको दरबार र आजको कम्युनिष्ट सरकार

दक्षिणी भारत, सात दल र द्वन्दको दलदलमा परेको हिजोको दरबार र आजको कम्युनिष्ट सरकार

जाँदा जाँदै ,
चाक्सिबारिमा चन्द्रशेखरले न्वारान गरेको उपनिवेश डिजाइन बहुदल न रहेछ ४६ सालपनि आखिरी, न नेपाली कंग्रेसको समाजवाद रहेछ, न मदन भण्डारीको जनबाद रहेछ, होइन रहेछ । आखिर प्रजातन्त्रका पिता त्रीभुवनका सन्ततिको सद्भावना बिना हुर्किएको दल नेपाल मै जन्मेका भएपनि नेपाल र नेपालीका लागि हुन सकेनन । भएका भए त कति राम्रो संबिधान थियो २०४७, यहि संबिधान र बिधानलागु भएर जनता लाभान्वित हुनै पाएनन । किसुन जि पुरस्कृत हुनै नपाइ गिरिजाको न्वारान गरिदियो दक्षिण ले, कंग्रेसका दुइ दिग्गज किसुन जि र गणेशमान त गिरिजाको चंगुलमा परिसकेका थिएनै कम्निस्टमा देश पहिले अनि दल भन्ने मदन भण्डारी मात्रै बाकिँ थिए । तर यी गिरिजा, माकुने , शेरबहादुर जस्ता मतियारमा नमिल्ने थिए ।

अलग थिए, तब जुलिया चाङ अकस्मात् प्रकट भए लगत्तै दासढुँगा काण्ड घट्यो । तब रेलिङ भाचिने टायर बाल्ने ध्वंसात्मक सुरुवात सहरबाट ५१–५२ बाटै भएको हो । नेपालको इतिहासमा राजसंस्थाले पहिलो पटक सातबुंदे हिङ हालेको थियो नेपाल का प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई यो कुरा प्रकाशित भएको त्यो अखबार कान्तिपुर आजपनि म संग सायद सुरक्षित छ । मात्रै बैठकका लागि बैठक, जंगलमा साधारण जनता र सुरक्षाकर्मी संगसगै मरिरहेका थिए ।

यता त्यहि निहुँमा फेरि उपलब्धी शुन्य बैठक मात्रै हुन्थ्यो । आजित भयो दरबार । नचाहेरै नसिहत दिन बाध्य थियो । अनि पाएका थिए गिरिजाले नसिहत । यावत् कारणहरु ले भित्र भित्र देश दिशाबिहिन हुँदैथियो । यहि मौका लाई क्यास गर्दै अमेिरकी साम्राज्यवाद र युरोपियन युनियनका भातृ संगठन युएन का नाममा युएसआडिका नाममा संगसंगै अंगालो मारेर नेपाल भित्रिन थाले । बिदेशी चलखेल यति तिब्र भयो कि नेपालको जग र शिर एउटै धरोहर नारायणहिटीलाई घेराउमा पारेको सच्चा नेपाली देशभक्त र राजभक्तले भेउ पाउनै सकेनन । दिपेन्द्रलाई मुखुण्डो लगाएर र ज्ञानेन्द्र सरकार र पारस मौसुफलाई मोहरा बनाएर अकल्पनिय दरबार हत्याकाण्ड घट्यो । ब्याख्या जसले जसरी गरेपनि , कस्ले कसरी गर्यो, ढाडमा टेकेर टाउकोमा हान्यो । बाहुबलीको कट्टपा ने क्य्ँ मारा....? यो प्रश्नको जवाफ सायद नेपाली ले पाउला, नपाउला , यदि राजसंस्था फर्कियो भने धर्म र सत्यता फर्किन्छ र शाह वंशले समय र नेपाली जनताको साथ पायो भने पाउला पनि ।


नत्र नेपाल नै बिलय हुने संघारमा छ कसरी पाउला रु कंग्रेस एमाले माओबादि यि सबै दक्षिण को चंगुलमा , बिरेन्द्र राजा जस्ता बिश्वकै अग्ला नेता जस्ता लाग्ने त सपरिवार मेटिनु पर्यो भने , त्यो तत्वले चाहेको भए निर्मल निवासलाई पनि नामेट पार्न सक्थ्यो । तर त्यसको जवाफ बिश्वले खोज्थ्यो नेपाल र नेपाली लाई अलमल मा पार्न नै मोहरा बनाउनको लागि निर्मल निवास लाई जिउँदो राख्यो ।

नियतिको खेल र देशलाई चौतर्फी घेरिएको नजिकबाट नियालेको निर्मल निवास बिचलित भने भएन । त्यसैले धैर्य र सहनशीलता को लागि राजा ज्ञानेन्द्रलाई आजको बिश्वले अद्भुत मान्छ । समय र परिस्थिति लाई मध्यनजर गरेरै निर्मल निवासको बाटो भनेको नेपाल बचाउन पहिलो प्रार्थमिकता तपस्या मा बस्दै देश र राष्टियताको एकताको धरोहर र राष्टधर्मका खातिर श्रीपेच पहिरियो । यो कुराको प्रमाणपत्र राजाले नारायण हिटि छोड्दाको पत्रकार सम्मेलन मा प्रष्ट पाइन्छ, भेट्टाइन्छ ।

‘कठोर मेहेनतको बाबजुत पनि दरबारलाई पन्छाउन युरोपियन युनियन, अ्मेरिकि सरकार र दिल्लि दरबार सफल भयो नेपाल लाई बिरालोले मुसालाई खेलाएझैं खेलाउन ।’ बिदेशिको बुइ चढेका नेता आज सायद झसङ्ङ भएको हुनुपर्छ । तबन सुनिन्छ कताकता सर्वदलिय सरकार अनि निर्मल निवासी मौसुफ सरकार भएर देश बचाउनु पर्यो भन्दै लावण्य देशमा मात्रै राजा छन । थिए भन्ने लाई प्रस्ताव पठाएका थिए रे, केहि समय अगाडी । तर कसैले माने पनि नमाने पनि नेपाललाई आफ्नोपन दिएर फर्काएर बचाउने हो, भने सक्रिय राजसंस्था केहि समयको लागि अत्यावश्यक छ । त्यसपछि सबै देश र माटो सुहाउँदो, एक्काईसौं सताब्दि सुहाउँदो संरचना बन्छ, सक्षम नेताको उत्पादन हुन्छ, निर्मल निवासले मात्र नेपाल र नेपालीको अभिभावक अभिभावकता मात्रै ग्रहण गर्छ र बिदेशि कुटनैतिकमा र राष्टधर्ममा देशलाई बाँधेर राख्ने काम गर्छ ।

यति हुन सक्यो भने , यो गराउन नेपाल का बुद्विजिबिले निर्मल निवास र सेना जनतालाई साथ दियो भने दलपनि बाध्य हुन्छन, मान्न किनकि यिनिहरुलाई पनि हिजो चंगुलमा पार्ने दक्षिण जस्तै आज दिसा फेरिएको मात्र हो । सबैतिरबाट घेराउमा यिनि हरु परिसकेकाछन । मेरो बुझाई छ कि, दुइ छिमेकि मुलुक चिन भारत हुनसकुन्जेल नेपाल लाई सुरक्षित राख्न निर्मल निवास लाई मौका दिने मुडमा छ । किनकि अ्मेरिकि चिलले फन्को नेपालको आकासमा यसरी लगाइ सकेको छ कि, नेपाल त फस्यो फस्यो चिन र भारतीय सिमाना अनि भुमिमा समेत गिद्दे दृष्टि परेको छ । यदि यावत् कुराको चुरो थाहा हुने संबिधान बिद वा राजनीतिज्ञ र राजनीतिक बिश्लेषकले दलदलमा फसेका दलका, दुइ तिहाइका नेता र निर्मल निवासीको मध्यस्तता गरेभने नेपाल फेरि बाच्ने छ आफ्नो आँगन मै बिउँतिनेछ ।

नत्र २०४६ देखिको डिजाइन र २०६२÷६३ देखिको प्रत्यक्ष हस्तक्षेप ले ग्रस्त नेपाल ‘हिजो जसरी दक्षिण, दल र द्वन्दको चपेटा मा दरबार थियो । आजको लिम्पिअधुरा लिपुलेक कालापानी बिबादमा परेर बसेको सिंगो नेपाल त्यहि चपेटा मा परिसकेको छ । आज कोरोना, कम्युनिष्ट नामको कोरियन डिजाइनले मन्त्रेर गएको होलिवाइनको अभिशेखले ९४ प्रतिशत ॐ कार परिवारको प्रत्येक मन्दिरमा ताल्चा लगाउन, निहुँ खोज्न राम जन्मेको बखेडा झिक्न लगाएर होस वा एमसीसी रोप्न सघाएर होस नेपाल मेटाउन सुरु गरिसकेको छ । सबैभन्दा बढि सचेत डमरु र त्रीशुललाई आफ्नो शिर मान्नेले हुनुपर्यो अनि जनता । निर्मल निवास त सदैव जनता कै साथ को पर्खाइमा ।

श्री पशुपति नाथले हामी सबैको कल्याण गरुन !

लेखक तथा विश्लेषक मणिराज सत्यालको फेसवुकबाट

Ad

सम्बन्धित समाचारहरु

‘नेपाललाई हिन्दुराष्ट्र कायम गर्ने गरी संविधान संसोधन गरौं’

आज जनताबाट गठित संविधानसभाबाट नेपालको संविधान जारी भएको पाँच वर्ष बितेको छ । नेपाली कांग्रेसले राणाशासनको अन्त्यसंगै परिकल्पना गरेको संविधानसभाबाट संविधान लेख्ने परिकल्पनाले २०७२ सालमा नेपाली कांग्रेसको नेतृत्वमा नै पूर्णता प्राप्त गर्यो । जनताका प्रतिनिधिबाट संविधान लेख्नुको उद्देश्य मुलुकलाई एकताको सुत्रमा बाध्ने, देशको मौलिकताको संरक्षण एवं संवर्धन गर्दै समृद्धि हासिल गर्ने र अन्तर्राष्ट्रिय प्रतिष्ठा वृद्धि गर्नु हो । पहिलो संविधानसभाको निर्वाचन २०६४ ले आफ्नो कार्यभार पूरा गर्न सकेन र २०७० मा सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेसको नेतृत्वमा गठित सरकारले संविधान जारी गर्न सफल भयो । जनताको दशकांैंदेखिको आफ्ना प्रतिनिधिबाट आफू अधिकार सम्पन्न हुने गरी संविधान जारी गर्ने सपना त साकार भयो तर जनअपेक्षा अनुसारको संविधान भने जारी हुन सकेन ।

'संविधानको विरोध गर्नेहरु जातीय मानसिकताबाट ग्रसित रोगी हुन, उपचार जनतााको हातमा छ'

आज असोज ३ गते संविधान जारी भएको ५ वर्ष पुरा भएको छ । नेपालको वर्तमान संविधान संसारको उत्कृष्ट भएको किनभने तो संविधान ले संसद मैं ३३ प्रतिशत महिला हरूलाई आरक्षण दिएको छ भने उत्पिडीत समुदाय हरु आदिवासी जनजाति दलित महिला मुस्लिम खस मधेसी पिछड़ा वर्ग अपाङंग लगाएतलाई समानुपातिक समावेशी सिद्धान्त को आधारमा प्रतिनिधित्व को ब्यवस्था गरिएको छ । संविधान दिवसको उपलक्ष्यमा म नेपाली दाजु भाई दिदि बहिनी आमा बुवा लगाएत सम्पूर्ण महानुभाव हरुमा शुभकामना दिन चाहान्छु । संविधान भनेको गीता पुराण महाभारत रामायण स्वस्थानी कथा बाइबल जस्तो होइन राष्ट्र को आवश्यकता औचित्य अनुसार परिवर्तन संशोधन हुन्छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad