# भर्खरै
Namaste Icon
Ad
Ad

भाँगावनमा निर्मित खानेपानीको ट्यांकी उद्घाटन

भाँगावनमा निर्मित खानेपानीको  ट्यांकी उद्घाटन

सन्तोष दहाल,ललितपुर। गोदावरी नगरपालिका १० को भाँगावनको शिरमा निर्माण गरिएको १५००० लिटर क्षमताको पानीट्यांकीको उद्घाटन गरिएको छ। शनिबार ललितपुर क्षेत्र नं १ (ख) का बागमती प्रदेश सभा सदस्य चेतनाथ संजेलले उक्त ट्यांकीको उद्घाटन गरेका हुन्।

धार्मिक ऐतिहासिक र पुरातात्विक महत्त्व रहेको यस स्थानमा हनुमानको मुर्ति तथा पिकनिक स्थलहरु निर्माण गर्ने उद्देश्यका साथ टाहाखेल देखि सिढी निर्माणको काम भईरहेको छ। सांसद संजेलकै पहलमा बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट ३० लाख बजेट विनियोजन भई हाल आधा बाटो सम्म सिढी निर्माण गरिसकिएको छ। पानी ट्यांकी भने प्रदेशकै भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन नं ५ को सहयोग र सिढी निर्माण उपभोक्ता समितिकै समन्वयमा निर्माण गरिएको समितिका अध्यक्ष रामप्रसाद घिमिरेले बताए। ट्यांकी निर्माणका साथै उक्त ठाउँमा खानेपाने पुर्याउनका लागि हालसम्म ९ लाख ४० हजार रुपयाँ खर्च भएको घिमिरेले बताए।

ट्यांकी उद्घाटन गर्दै प्रदेश सांसद चेतनाथ सञ्जेलले गोदावरी नगरपालिकाको विकासका लागि यो कार्य नमुनालायक काम भएको भन्दै यस्ता धार्मिक,पर्यटकीय र कृषि क्षेत्रको विकासका लागि आफूहरु दिनरात लागिरहेको भन्दै ट्यांकी तथा सिढी निर्माण कार्यमा पारदर्शी र मेहनतका साथ काम गर्ने उपभोक्ता समिति लगायत सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गरे। साथै उनले जुनसुकै क्षेत्र विकास हुनको लागि बजेट मात्र आएर नहुने र त्यसको लागि कार्यन्वयन पक्ष चुस्त दुरुस्त हुनुपर्नेमा जोड दिएका छन्। हनुमानको मुर्ति प्रतिस्थापन तथा पार्क र पिकनिक स्पट निर्माणको लागि अहिले आएको बजेट तथा कार्यक्रमले मात्र पर्याप्त नहुने भन्दै संजेलले आगामी दिनहरुमा थप बजेट र कार्यक्रमको लागि संघीय, प्रदेश्रा स्थानीय तहसंग समन्वय गरेर अगाडी बढिने बताए।

यसैगरी वडा नं १० का वडाध्यक्ष दर्शन कुमार विष्टले सिढी र ट्यांकी निर्माणको काम अत्यन्तै राम्रोसंग र समयमै भएको भन्दै निर्माण उपभोक्ता समितिप्रति धन्यवाद ज्ञापन गरेका छन्। साथै उनले विकास निर्माणको गति देखेर अताल्लिएका केही विपक्षीले उपभोक्ता समिति र जनप्रतिनिधिको कामप्रति औंला ठड्याउने काम गरेको भन्दै त्यस्ता व्यक्तिहरुको भनाईमा कुनै दम नभएको गलत प्रचार गर्ने व्यक्तिहरुले मोक्ष प्राप्त गर्न नसक्ने भन्दै व्यंग्य गरेका थिए। उक्त कार्यक्रमामा नेकपाका जिल्ला कमिटि सदस्य तथा समाजसेवीहरु तारा सञ्जेल,ब्रह्मानन्द श्रेष्ठ लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

Ad

सम्बन्धित समाचारहरु

सुनकाे मूल्य घट्याे

सुनकाे मूल्य घट्याे

काठमाडाैं । नेपालमा आज सुनको मूल्य घटेको छ । आज प्रतितोला ३ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९० हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला ९० हजार ६०० रूपैयाँ कायम थियो । आज तेजावी सुन प्रतितोला ८९ हजार ८०० रूपैयाँ कायम छ । चाँदी प्रतितोला १ हजार ३२० रूपैयाँ तोकिएको छ ।

मध्य भोटेकोशीको आईपिओ आजदेखि, कहाँ कहाँ दिने आवेदन ?

मध्य भोटेकोशीको आईपिओ आजदेखि, कहाँ कहाँ दिने आवेदन ?

काठमाडाैं । मध्यभोटेकोशी जलविद्युत कम्पनीले स्थानीयका लागि आज (मंगलबार)बाट आईपीओ निष्कासन गर्दै छ । कम्पनीले स्थानीयलाइ ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी ६ अर्बको १० प्रतिशत अर्थात् ६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गर्न लागेको हो। मध्यभोटेकोशीको शेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट वैशाख ५ गते स्वीकृति पाएको थियो । कम्पनीले सेयर भर्नका लागि सिन्धुपाल्चोका ३६ स्थान तोकेको छ भने काठमाडौंमा पनि बिक्री केन्द्र राखेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad