# भर्खरै
Namaste Icon
Ad
Ad

गयिका  आनि छोईङ डोल्मा गुम्बा विकास समितिको सदस्यमा  नियुक्त

गयिका  आनि छोईङ डोल्मा गुम्बा विकास समितिको सदस्यमा  नियुक्त

काठमाडौं । सरकारले चर्चित गयिका आनि छोईङ डोल्मालाई बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा विकास समितिको सदस्यमा नियुक्त गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आनिलाई समितिको सदस्य पदमा नियुक्त गरेका हुन्। मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईले डोल्मालाई सो समितिमा नियुक्त गरिएको जानकारी दिएका छन्।

Ad

सम्बन्धित समाचारहरु

सुनकाे मूल्य घट्याे

सुनकाे मूल्य घट्याे

काठमाडाैं । नेपालमा आज सुनको मूल्य घटेको छ । आज प्रतितोला ३ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९० हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला ९० हजार ६०० रूपैयाँ कायम थियो । आज तेजावी सुन प्रतितोला ८९ हजार ८०० रूपैयाँ कायम छ । चाँदी प्रतितोला १ हजार ३२० रूपैयाँ तोकिएको छ ।

मध्य भोटेकोशीको आईपिओ आजदेखि, कहाँ कहाँ दिने आवेदन ?

मध्य भोटेकोशीको आईपिओ आजदेखि, कहाँ कहाँ दिने आवेदन ?

काठमाडाैं । मध्यभोटेकोशी जलविद्युत कम्पनीले स्थानीयका लागि आज (मंगलबार)बाट आईपीओ निष्कासन गर्दै छ । कम्पनीले स्थानीयलाइ ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी ६ अर्बको १० प्रतिशत अर्थात् ६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गर्न लागेको हो। मध्यभोटेकोशीको शेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट वैशाख ५ गते स्वीकृति पाएको थियो । कम्पनीले सेयर भर्नका लागि सिन्धुपाल्चोका ३६ स्थान तोकेको छ भने काठमाडौंमा पनि बिक्री केन्द्र राखेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad