Namaste Icon
Ad

अध्ययन सँगै मोडलिङमा व्यस्त उत्साह घिमिरे

अध्ययन सँगै मोडलिङमा व्यस्त उत्साह घिमिरे
मोडल उत्साह घिमिरे

बागलुङ नगरपालिका वडा नं ९, तित्याङमा जन्मिएकी उत्साह घिमिरे सानै उमेरदेखी गीत संगीतमा चासो राख्ने गर्थिन । विद्यालयका अतिरिक्त क्रियाकलाप र विभिन्न मेला महोत्सवहरुमा प्रथम तथा द्धितिय भएर घर फर्किने गर्थिन् । जसले गर्दा उनलाई यस क्षेत्रमा लाग्नका लागि थप उर्जा मिल्यो । साथै उनलाई घर परिवारबाट पनि उत्साहित भएर सांगीतिक क्षेत्रमा लगाउने प्रेरणा मिलेको थियो । करिव २ दर्जन जति म्युजिक भिडियोमा मोडलिङ गरेकी उत्साह घिमिरे हालः परिवारको साथमा काठमाडौं बस्दै आएकी छिन् । मोडलिङसंगै उनी पद्मकन्या क्याम्पस काठमाडौंमा स्नातक तह तेस्रो वर्षमा अध्ययनलाई पनि अघि बढाईरहेकी छिन् । पछिल्लो समयकी ब्यस्त मोडल उत्साह घिमिरेसँंग दर्पण दैनिकका लागि केशर विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंशः

 

तपाई कहिले देखी मोडलिङ क्षेत्रमा प्रवेश गर्नुभयो ?

विसं २०६७ सालबाट लोकप्रिय गायिका स्वरुपा रसाइली र लक्ष्मी विश्वकर्माको आवाज साथै बीबी अनुरागीको रचना तथा सङ्गीतमा रहेको‌ तीजगीत रमझम एल्बमबाट मोडलिङमा सुरु भयो ।

 

यस क्षेत्रमा लाग्ने प्रेरणा कहाँबाट पाउनु भयो ?

सानो छदाँ गाउँ घरतिर कसैले गीत गाउने बित्तिकै म नाच्न उठी हाल्ने त्यसै गरि केही कार्यक्रमहरु परेमा भाग लिने र बिजेता भएरै घर आउथें । त्यसै गरि आदरणीय बरिष्ठ संगीतकार बीबी अनुरागी (मेरो मामा) अनि गायिका स्वरुपा रसाइली (छ्यामा) र विजयकुमार सुनार (सानोबुवा) यही क्षेत्रमा हुनुहुन्थ्यो । यस्तै मेरो जन्म घरको परिवार भन्दा नि मामा घरका परिवारहरु सांङ्गीतिक क्षेत्रमा बढी रुचि राख्ने भएकाले उहाँहरुकै साथ सहयोगले नै यहाँसम्म आउने प्रेरणा मिलेको हो ।

 

अहिलेसम्म कतिवटा गीतमा मोडलिङ गर्नुभयो ?

लगभग दुई दर्जन गीतमा काम गरिसकेकी छु । म्युजिक भिडियोका साथै केही सिरियल, सर्ट मुभिमा पनि अभिनय गरेकी छु । रमझम तीज, मीठो सम्झना, मीठो बोली, बारीको फूल, नाच्छु बेपत्ता, आमाको छायाँ, जून बनेर आउनू तिमी, बलवान हुँ भन्थें समय रोक्न सकिन, सगरमाथाको देश, दशैं आयो, ज्वाईराजा, बागलुङ भकुण्डे, वर्षदिन बितेको, आयौँ चेली माइती सम्झेर, यसपालीको तीज स्वाहा आदि गीतहरूमा मैले अभिनय गरेकी छु ।


गीत पनि गाउनु भएको छ, की मोडलिङ मात्र गर्नुभएको छ ?

गीत मैले गाएको चाहीँ छैन तर मामाको आफ्नै प्रिज्मा डिजिटल रेकर्डिङ स्टुडियो छ, कहिलेकाहीँ कोरस सम्म गरेकी छु ।


तपाईलाई कस्ता खालका गीतहरुमा मोडलिङ गर्न मनपर्छ ?

आधुनिक, लोक लगायत सबैखाले‌ गीतमा काम गरेको छु । मलाई सबै भन्दा आधुनिक क्षेत्रका गीतहरु नै मन पर्छ ।

 

तपाई एक छोरी मान्छे हुनुहुन्छ, सुटिङ गर्न घरबाट बाहिर जानुपर्ने हुन्छ, त्यस्तो वातावरण कसरी मिलाउनु हुन्छ ?

राम्रो नराम्रो बिग्रनु सप्रनु त्यो आफूमा भर पर्ने कुरा हो । मेरो परिवाले म के कस्तो मान्छे भन्ने सबैले बुझेकोले खासै समस्या छैन । विस्वास पनि छ । म राम्रो काममा हिड्दै छु भन्ने त्यस माथी मैले मामाको रेखदेखमा काम गरेको छु । त्यसैले नि मलाई अहिलेसम्म कुनै समस्या छैन ।


यस क्षेत्रमा आउन चाहने नव कलाकारहरु लाई के भन्नुहुन्छ ?

यस क्षेत्रको विषयमा केही अध्ययन गरेर आउनुहोस् । केही सिकेर आउनुहोस् । केही बुझेर आउनुहोस् । रहर पुरा गर्नका लागि मात्र नआउनुहोस् ।


अन्त्यमा,
सबै भन्दा पहिले त दर्पण दैनिक परिवार प्रति धेरैधेरै धन्यवाद दिन चाहन्छु । अहिलेसम्म मलाई उत्साहितका साथ सहयोग सपोर्ट गर्ने आमाबाबा र आदरणीय बीबी अनुरागी (मामा) स्वरुपा रसाइली (छ्यामा) विजयकुमार सुनार (सानोबुवा) सुमन श्रापित (हजुरबुवां) मावली सह परिवारप्रति आभार प्रकट गर्दछु । त्यसैगरी हिजोको दिनहरुमा जसरी माया गर्दिनु भएको छ । त्यसरी नै आगामी दिनहरूमा पनि माया साथ सपोर्ट गर्नुहुने दर्शक श्रोतालाई पनि धेरैधेरै धन्यवाद व्यक्त गर्छु ।

Ad

सम्बन्धित समाचारहरु

‘हातमा सीप भए भोकै बस्नु पदैन, शिर ठाडो पारेर काम गर्न सकिन्छ'

काम सानो ठुलो भन्ने हुदैन । सीप सिक्दा परनिर्भरता घट्ने र सवैजना रोजगार हुने अवस्था आउछ । सीप सिकेर काम गर्दा कहिल्यै भोकै बस्नु नपर्ने काठमाडौंको गोल्फुटारमा सिलाईको काम गर्दै आएका नानुराज परियार बताउछन । विगत लामो समय देखि सिलाई कटाईको क्षेत्रमा काम गर्नुका साँथै अरुलाई पनि सिकाउदै आएका परियार आफ्नो पेशाबाट एकदमै खुसि छन । सिलाई कटाई व्यावसायबारे आरएन टेलर्सका सञ्चालक नानुराज परियारसँग दर्पण दैनिकको लागि चन्द्र कुमार विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश

कुखुरा पालनमा रमाउदै  शिक्षक पुष्पराज, भन्छन 'कृषि गर्नुको आनन्द वेग्लै छ'

काठमाडौं । कुनै समय चिटिक्क पोशाकमा सजिएर विद्यार्थीलाई पढाउने कञ्चनपुरका पुष्पराज ओझा हाल कुखुरासँग रमाउदै छन । कोरोना माहामरीको असरले एउटा शिक्षकको दैनिकी फेरिएको हो । कोरोना सँगैकको लकडाउनले गर्दा नेपालका धेरै शिक्षक कामविहीन बनें । कोरोना माहामारीले विश्वभरी नै उग्र रुप लिएसँगै धेरै जना वेरोजगार हुन पगेका छन । यसको सिधा प्रभाव विकासोन्मुख मुलुकहरुमा अझैं बढि परेको पाइन्छ । नेपाल पनि यसबाट अछुतो कुनै क्षेत्र छैन । यसमध्येका ओझा पनि निजि विद्यालय सञ्चालन गरेर धेरैलाई रोजगार दिइरहेका थिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad