Namaste Icon
Ad

‘नेपाल हिन्दु राष्ट्र होइन हिन्दु अधिराज्य भएमात्र हाम्राे अस्तित्व जोगिन्छ’

‘नेपाल हिन्दु राष्ट्र होइन हिन्दु अधिराज्य भएमात्र हाम्राे अस्तित्व जोगिन्छ’

जाँदा जाँदै ,
संस्कृति का धनी हामी नेपाली, प्रकृतिको धनी हाम्रो नेपाल ।
मन्दिर नै मन्दिर को देश भनेर परिचय बोकेको हाम्रो नेपाल ।।

नेपाल हिन्दु धर्म को धनी हो । बुद्ध को जन्मथलो पनि भएको हुनाले भाग्यमानी पनि हो । यिनै धर्मका अनुयायीमा विवेक दया , माया, सद्भाव, सभ्यता पनि धेरै उच्च छ, भनेर हामी लाई बिश्वास गरेर, हाम्रो उच्च बिचार र ब्यबहारिक कारणले वैदिक सनातन धर्मको अभिभावकत्व ग्रहण गर्दै मुस्लिम, जैन, इसाई लगायत सबै धार्मिक मान्यताका अनुयायी मिलेर बसेको देश नेपाल लाई धर्म निरपेक्ष बनाउँदा आज भाइचारा कहाँ पुग्यो ?

आजफेरी अर्को बिषः धार्मिक तथा साम्प्रदायिक दंगा रोप्न कुनै तत्व कंग्रेस भित्र (हिन्दु राष्ट्र नेपाल) कुनै तत्व (कोरियन इसाई जसले यो देश मंगोल को भन्छ) माधवकुमार नेपालपथ तिर छिरेको प्रष्ट अनुभव गर्न सकिन्छ । यदि नेपाल हिन्दु राष्ट्र मात्रै हुने हो भने धार्मिक दंगा नजिकै छ । किनकि हिन्दुराष्ट्र हुँदा आफ्नो बाहुल्यता को कदर खोज्दै हिन्दु अनुयायी र गुरुहरु एकातिर हुनेछन । मिलेर बसेको वासुदेव कुटुम्बकम को हातको पाँच अम्ल सहितको मुठ्ठी फुक्नेछ र ॐ कार परिवार आआफै लडाइँमा होमिनेछन । तब बाहिरी तत्वले झनै बढी खेल्न पाउनेछन् । किनकि कुनैपनी संस्थाको संरक्षण संरक्षक बिना हुनसक्दैन । यदि हिन्दुराष्ट्रले मात्रै देशको रक्षा गर्छ भने कसरी गर्छ ? गरेको भए गर्न सकेको भए भारत मा धार्मिक दंगा बेलाबेलामा डरलाग्दो रूपमा किन हुनेगरेको छ ?

 

मणिराज सत्याल

 

धर्म निरपेक्ष ले धर्मको संरक्षक नियुक्ति गर्न सक्दैन
त्यसैले नेपाल हिन्दु राष्ट्र होईन हिन्दु अधिराज्य हुनुपर्छ । जसमा सबै धर्मप्रति सद्भावना राखेर सनातन लाई अंगिकार गरेर अभिभावकत्व ग्रहण गर्ने क्षमता होस् । जुन संस्था आज पनि छ, जसलाई जिउँदो इतिहास र एक्काइसौं सताब्दी सुहाउँदो राजसंस्था भनेर चिनिन्छ । शाह बंश जसका पुर्खा ले यो देशको निर्माण गरे, संरक्षण गरे । आधुनिकता लाई पनि आत्मसात गर्दै लिएर आएका थिए । आजपनि नेपाल र नेपालीको मायाको खातिर देशमा एउटा निकास दिन पर्खिरहेको छ ।

देशमा कि सिस्टम हुनुपर्छ कि शासक हुनुपर्छ । न आज यहाँ सिस्टम छ, न बलियो शासक छ । एकल नारी जस्तो दयनीय अबस्थामा देश छ । पुरानो ब्यबस्था भनेर भन्ने हरुसंग यसको जवाफ छ । कि कलकारखाना राजाको पालामा कतिवटा थियो ? आज कति बढ्यो वा त्यो भएको पनि कता छ ?

नयाँ नेपाल भन्नेहरू ले (बिदेशी कार्यक्रम) अन्तर्राष्ट्रिय सम्मेलनमा बोलेको अंग्रेजी पनि सुनियो । बोल्दा परेस रावल भिलेनले पारेजस्तो कपालका रौं ठाडो पारे । यानेकी वेइज्जत गरे । यावत धेरै कारण छन् । नेपाल र नेपाली को भविष्यको लागी हिन्दु अधिराज्य हुनुपर्ने बलियो कारण बढ्दो छ ।
जय मुलुक ,जय राज मुकुट !!!

लेखक तथा विश्लेष्क मणिरराज सतयालको फेसबुकबाट

Ad

सम्बन्धित समाचारहरु

शिक्षासँग आवद्ध व्यक्तिहरूको महानता प्रस्तुत होस्

शिक्षासँग आवद्ध व्यक्तिहरूको महानता प्रस्तुत होस्

-सत्यराम कासिछ्वा

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad