Namaste Icon
Ad

झलनाथ खनाल ज्युलाई प्रश्न इलामको नगदेबालि कुहिदै छ, तपाईंलाइ सर्प पाल्न करोडौ खर्च गर्न लाज लाग्दैन ?

झलनाथ खनाल ज्युलाई प्रश्न इलामको नगदेबालि कुहिदै छ, तपाईंलाइ सर्प पाल्न करोडौ खर्च गर्न लाज लाग्दैन ?
सन्जिब ढकाल, नेपाल विद्यार्थी संघ आरआर क्याम्पस अध्यक्ष तथा नेबिसंघ इलाम काठमाडौं सम्पर्क समिती अध्यक्ष

पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालको नाममा रहेको प्रतिष्ठानले सर्प पाल्न करोडौ बजेट छुट्याएको प्रती गम्भीर आपत्ति छ। उनले आफ्नो गृह जिल्लाको नगदेबाली बजार ब्यबस्थापनको अभावमा खेर गैरहेको वास्ता नगर्ने र सर्प पाल्न करोडौ खर्च गर्न लाज लाग्दैन भनी नेता खनाललाई मेरो प्रश्न छ । इलामका जनताले तपाईंलाई मत प्रदान गरेर नेता देखि प्रधानमन्त्री सम्म बनाए तर यहाँका जनता को जिबनस्तर जहाँको त्यही छ।

खनाल ज्यु इलाम नेपालकै नगदे बालिको आठ वटा ‘अ’ मध्येको आठवटै को प्रमुख उत्पादन दन हुने क्षेत्र हो भन्ने कुरा तपाईं लाई पनि राम्ररी थाहा होला । आज सम्म याहाका किसानले उत्पादन गरेका उत्पादनहरु बजार अभावमा कुहिएर खेर गैरहेका छन । बिचलैयाले किसान लाई हौरान लगाएका छन रोग ले स्थानिय नगदे बालिहरु नस्ट भइरहेका छन ,उत्पादित स्थानीय उत्पादनगरु बजार अभाब ,यातायात असुबिधा,या अन्य कारण ले दसकौ देखि खेर गै रहदा युवाहरु बिदेश पलायन या गाउँ छोडन बाध्य छन यो सबैलाई थाहा छ ।

हामिले भन्दा कम्रेडले धेरै बुझ्नु भएको होला तर आज हजुरको पार्टीले दुई तिहार्इ बहुमत प्राप्त गरेर यस क्षेत्रको मत प्राप्त गरेर संघीय संसदमा याहाले बिगत १५, २० वर्ष देखि प्रतिनिधित्व गर्दै गर्दा सम्म याहाको समस्या जहाँका त्हिं छन ।

यहाँका ९० प्रतिशत किसान जनताको जीवन स्तर उकास्न यी कृषि उपजको व्यवस्थापन, बजारिकरण र रोग निवारण गरि जनताको जीवन स्तर उकास्नको सट्टा बिकास निर्माणका पूर्वाधारमा कमिसन र ठेक्का बिना हजुरको ध्यान कतै गएन मान्य ज्यु, पूर्व प्रधानमन्त्री ज्युले ७० करोड नेपाल सरकाको पैसा लिएर सर्पपालन केन्द्र सर्लाहिमा खोल्दै गर्दा काम राम्रो होला हजुरको परिवार र हजुरको कम्पनीको पटनरले राम्रै मुनाफा पनि कमाउला त्यसको काम पनि राज्यलाइ लाग्ला त्यो राम्रो पक्ष हो । यसक्षेत्रमा बसोबास गर्ने हजुरलाइ मतदान गर्ने दशकौ देखि आफ्ना सन्तानको उज्ज्वल भबिस्यको सपना देखेर होस या आफ्नो र आफ्नो गाउँ ठाउँमा विकसित र समृद्द सपना देख्ने युवा होस या दुई छाक टार्नका लागि दइन रात ज्याला मजदुरी गर्ने परिवार होस या आफ्नो जीवन भए घाँस ,दाउरा र गोबर सग जीवन बिताएका ती मलिन अनुहार लिएर बसेका ती जनतालाइ याहाको उत्त्र के र याहाको राज्य सरकारले प्रदान गर्न सकेके काम कर्त्बय र अधिकार के होला ३आदरणिय पुर्व प्रधान मन्त्री झलनाथ खनाल ज्यु ?

सन्जिब ढकाल, नेपाल विद्यार्थी संघ आरआर क्याम्पस अध्यक्ष तथा नेबिसंघ इलाम काठमाडौं सम्पर्क समिती अध्यक्ष

 

Ad

सम्बन्धित समाचारहरु

शिक्षासँग आवद्ध व्यक्तिहरूको महानता प्रस्तुत होस्

शिक्षासँग आवद्ध व्यक्तिहरूको महानता प्रस्तुत होस्

-सत्यराम कासिछ्वा

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad