Namaste Icon
Ad

पृथ्वीनारायण शाहको दिव्य–उपदेश शिरोपरि गरेको भए

पृथ्वीनारायण शाहको दिव्य–उपदेश शिरोपरि गरेको भए

नागि विक्रम चन्द l ‘घुस लिन्या र घुस दिन्या, दुबै राष्ट्र का शत्रु हुन, यिनको त ज्यानै लिया पनि पाप लागन्या छैन ।’ राष्ट्रनिर्माता बडामाहाराजधिराज पृथ्वीनारायण शाहको दिब्य उपदेशलाई शायद हामी सबै नेपालीलाई थाहा छ । उक्त दिब्योपदेश नेताहरुले शिरोपरि गरेको भए, नत देश मा लाउडा कान्ड देखि वाइडबडि काण्ड, नत सुनकान्ड देखि एनसेल कान्ड, नत हाम्रा राष्ट्रिय गौरबका उद्योग लिलामि कान्ड, साथै अन्य थुप्रै कान्डै काण्ड हुने थिएनन । जुन काण्डहरुले हामी जनतालाई राष्ट्रको ऋण बोकाउदै गएको छ । यो ब्यबस्थामा जनताले धर्म निरिपेक्ष्ता, र संघियता, प्रणालिमा जानू हुदैन भन्दा भनदै पनि बिदेशी को इशारामा संविधानमा सुनको हात्ती पाल्ने ब्यबस्था अन्तर्गत भष्टाचार र अनियमित्ताको लागि हामी जनतालाई कर माथि कर, लादेर नेपाल र नेपाली जनताको खुन र पसिना चुस्ने काम भइरहेको छ ।

अति माथिको अत्यचार भइरहदा पनि हामी नेपाली जनताको महान उपलब्धी संघीय लोकतान्त्रिक गणतन्त्र, भन्दै उफ्रि उफ्रि भाषण गर्ने नेताहरुको भाषणलाई तररर तालि पड्काएर समर्थन पर्ने अवस्था यहाँ छ । भ्ष्टाचार शुन्य पार्छु भन्दै प्रधानमन्त्री केपि ओलीले पृथ्वी नारायण शाहको दिब्योपदेश लाई अलिकति पनि विचार पुर्याएको भए न त गोकुल बास्कोटा जस्ता पात्र जन्माउनु पर्थ्यो नत सुशासन चाहने हामी जनता कुशासनमा ज्युनु पर्थ्यो, नत स्वास्थ, शिक्षा, जस्ता आधारभुुत आवश्यकताको लागि डा गोबिन्द केसी जस्ता माहान र त्यागी ब्यक्ति जनताको स्वास्थ लागि निरन्तर भोक भोकै अनशन बस्नु पर्थ्यो ।

भ्रष्टाचार सााच्चिकै शुन्य पारेको भए नत ज्ञानेन्द्र शाहि जस्ता थुप्रै भ्रष्टाचार बिरोधि अभियान्ताले हामी भष्टाचार निर्मुल पार्छौं भन्दा समर्थन मा तालि पड्काउनु पर्थ्यो ।

बडामाहाराजधिराज पृथ्वीनारायण शाहको दिब्य उपदेशलाई व्यवहारमा लागु गरेको भए नत हामी नेपाली जनता र कर्मचारीले जागिर र सरुवा र बढुवाको लागि पैशाँको ब्रिफकेश बोकेर नेताहरुको घर धाउनु पर्थ्यो । नत यी सबै कुराहरू को खण्डण टेलिभिजन प्रस्तोता रबि लामिछानेले जनताका समस्या प्रस्तुत गरेर जनताका समस्या लाई हल गर्नुपर्थो । नत लाखौं युबा शक्ति लाई रोजगार र शिक्षा को नाममा बिदेशिन बाध्य पर्थ्यो ।

त्यसैले देशमा सृजना भएका बर्तमान समस्या,हामी सबैले सृजित गरेका समस्या हुन । हामिले देश बनाउने जिम्मा नेताहरूको मात्र ठेक्का हो भन्ने ठान्यौं । हामीले राजनीतिको बिकास त गर्यौं तर देश बनाउदै गर्दा हामी नागरिकको कर्त्तब्यबाट सधैं पन्छियौं । जे गरेनि त्यहीं नेताको पछि लाग्यौं, देशलाई अन्तर्राष्ट्रिय खेल मैदानको रुपमा प्रयोग गर्न दियौं । त्येसैले होसियारिका साथ सबै हामी जनता सचेत भई राष्ट्रनिर्माणमा जब सम्म गुदि कुरो र मुल मुहानमा सुधार ल्याउन सक्दैनौं, तब सम्म हामी र हाम्रो देश २१औं शताब्धिको बिज्ञान र प्रबिधिको युगमा पनि आर्थिक हिसाबले सधैं गरिबनै भैरहने छौं । जय गोरखा काली ।।।

Ad

सम्बन्धित समाचारहरु

शिक्षासँग आवद्ध व्यक्तिहरूको महानता प्रस्तुत होस्

शिक्षासँग आवद्ध व्यक्तिहरूको महानता प्रस्तुत होस्

-सत्यराम कासिछ्वा

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad