Namaste Icon
Ad

‘अशोक दाई पुरानो ठुलो घरमा आउनुहोस, नेकपाबाटै देशको भविष्य छ'

‘अशोक दाई पुरानो ठुलो घरमा आउनुहोस, नेकपाबाटै देशको भविष्य छ'

जनता समाजवादी पार्टी मधेसको मात्रै क्षेत्रीय पार्टी भयो जुन कुराको प्रमाण निर्वाचन ले देखाईसक्यो मधेस बाहेक अन्त विजय हासिल गर्न सकेन । समाजवादी पार्टी र राष्ट्रीय जनता पार्टी नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी को दुबै कार्यकारिणी अध्यक्ष मधेसी समुदाय का नेताहरु उपेन्द्र यादव र महन्त ठाकुर भएबाट यो पार्टी मधेसी पार्टी हो भन्ने प्रमाणित हुन्छ ।

तत्कालिन नेकपा एमालेमा लामो योगदान गर्नुभएका शालिन व्यक्तित्व नेता अशोक राईले राष्ट्रीय राजनीतिमा सक्रिय हुन र मुलुकको नेतृत्व गर्न पनि नेकपामा आउनै पर्ने देखियो । उहाँ मात्र होईन डाक्टर बाबुराम भट्टराई पनि नेकपा आउनुको विकल्प छैन । उपेन्द्र यादवको पछि लागेका अशोक राई र बाबुराम भट्टराई राजेन्द्र श्रेष्ठ मात्र होईन उपेन्द्र यादवहरु पनि राष्ट्रीय नेता हुन राष्ट्रीय पार्टी यो देश र जनता को भविष्य बोकेको नेकपामा आउनै पर्छ ।

अन्तमा नेकपा केही नेताले राम्रो काम गर्न सकेनन केही नेता स्वेछचारी भए भन्दैमा नेकपा सकिएको छैन आगमी महाधिवेशनबाट आफूलाई हिटलर हौं भन्ने हरु लाई पाखा लगाईन्छ र नेकपा लाई जनप्रिय तथा मजबूत पार्टी बनाईन्छ । यो देशमा दुई वटा शक्ति हुने परिवर्तनकारी को नेतृत्व नेकपाले गर्ने यथास्थितिको नेतृत्व नेपाली कांग्रेसले गर्नेछ ।


शालिन व्यक्तित्व का धनी नेता राईलाई एउटा जात समुदाय को नेता हुनु भन्दा सम्पूर्ण नेपाली को नेता हुन पनि नेकपामा आउनुहोस । धरानमा तपाईलाई दिएको जनमतले पनि तपाई लागेको हिड्डेको बाटो ठीक छैन आफ्नो पुरानो घरमै आउनुहोस भन्ने जनताले दिएको सन्देश लाई चानचुने नठान्नुहोस अशोक दाई । जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक कुमार राईलाई म शुभचिंतक भाईको नाताले पुरानो पार्टीवा पुरानो घरमा फर्किन तथा उठाएका मुद्धाहरु पुरा गर्न नेकपामा आउन अपील गर्दछु ।

Ad

सम्बन्धित समाचारहरु

शिक्षासँग आवद्ध व्यक्तिहरूको महानता प्रस्तुत होस्

शिक्षासँग आवद्ध व्यक्तिहरूको महानता प्रस्तुत होस्

-सत्यराम कासिछ्वा

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad