Namaste Icon
Ad

आँखा आँखामा मोबाइल

आँखा आँखामा मोबाइल

मिरा "सङ्कल्प" सिन्धुली


आज
मोबाइल हराए नम्बर हराउने डर हुन्छ
तर
हिजो मोबाइल थिएन आफन्तको नम्बर
दिमागमा हुन्थ्यो।
हिजो,
बच्चालाई आँ .. गर्न लगाएर
मुख नजिकै हातको गाँस लगेर
लु!!लु!! खाऊ,
बच्चा-बच्ची!!!
ऊ....ऊ.... ईश्वर मा..थि.. हुनुहुन्छ।
हेर त नानी!
हेर त बाबु!
चन्द्रमा देखाउँदै आमा भन्नुहुन्थ्यो
आज खान खुवाउन
टिकटक देखाउनुपर्छ
हिजो आमाको कोमल हातले
लोरीको तालमा कपाल मुसार्दै सुताउनुपर्थ्यो
आज कार्टुन देखाउनुपर्छ
हिजो दुःख-सुखका कुरा गर्ने
श्रीमान-श्रीमतीको ध्यान
आखाॅ-आँखामा हुन्थ्यो
आज आँखा -आँखामा मोबाइल हुन्छ।
हिजो एक जोडा प्रेमिल हात
कहिल्यै नछुटिने गरी
बाँधिएका हुन्थे
जुन प्रेमको सुवास हृदयमा फक्रिन्थ्यो
अनि,
दिलमा गडित हुन्थ्यो।
तर
आज
एक-अर्काको हातमा मोबाइल हुन्छ,
अनि
आजकल सोधिने प्रश्नको जवाफ
ढिला आउॅछ।
त्यो पनि
चलाइरहेको मोबाइलको
"बेटारी" सकिनुपर्छ
त्यसपछि झल्यास्स!! हुँदै !
अॅ!!क्!क्!!
अगि के भन्दै थियौ रे!
के भन्दै हुनुहुन्थ्यो रे!
के भन्दै होइसिन्थ्यो रे!!
यावत!!
ऊवत
विचरा!!!
के गर्ने
सोध्ने मान्छेले नै विर्सिसकेको हुन्छ
मेसेजको जवाफ पनि
ढि..ला.. आउँछ ।
किनकी,
हुलाकीको जागिर!
लोप हुँदैछ।

 

Ad

सम्बन्धित समाचारहरु

सरु अर्यालको ‘विस्मरण’ उपन्यास बजारमा

सरु अर्यालको ‘विस्मरण’ उपन्यास बजारमा

काठमाडौँ । सरु अर्यालको पहिलो उपन्यास विस्मरण बजारमा आएको छ । मिसेज नेपाल आइकन –२०१८ को फस्ट रनर अप समेत रहेकी सरु अर्याल अधिवक्ता समेत हुन् । विगतमा फुटकर कविता, कथा लेख्दै आएकी अर्यालले पुस्तकाकारका रुपमा अहिले उपन्यास ल्याएकी हुन् ।

के दलितको देश छैन ?

के दलितको देश छैन ?

हो हजूर दलितको देश छैन,आफ्नो पहिचान दिने प्रदेश छैन,प्रशासनमा सीडीओ छैन,अस्पतालमा डाक्टर छैन,अनि कसरी भनूँ म यो देश नागरिक हुँ ?

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad