Namaste Icon
Ad

नियतिले ठगिएका निरीह राजा ज्ञानेन्द्र र गणतन्त्र !

नियतिले ठगिएका निरीह राजा ज्ञानेन्द्र र गणतन्त्र !

जाँदा जाँदै ,
२०५८ मा दरबार हत्याकाण्ड पछि नेपालको शासन सम्हाल्नु भनेको आगो को भुँग्रोमा हातहाल्नु जत्तिकै थियो, नियति ले ठगिएका निरीह राजा ज्ञानेन्द्रको लागि । दुइटा पुरानो सुड्केश मात्रै थियो । कोहि आफ्नो थिएन । सबैतिरबाट मोहरा बनाईएका थिए । बाध्यताले राजा बनेका थिए । बाहिरि नजरअन्दाज गर्ने् देख्ने ले नारायण हिटिको त्रिभुवन सदन मात्रै भत्केको थियो । तर नारायण हिटि पुर्ण रूपमा बिछिप्त थियो । एककिसिमले भन्नुपर्दा ध्वस्त थियो ।

एउटा कम्पनी मा एउटा कुसल ब्यबस्थापक परिवर्तन गर्दा त उसले सकेको खण्डमा पुरै संरचना परिवर्तन गर्न चाहान्छ १त्यो जरुरी पनि हुन्छ भने देशकै राजदरबार जुन आवश्यक पर्दा सक्रिय हुनुपर्छ । अभिभावक को भुमिका मा बस्दा पनि सजग भएर बस्नुपर्छ । जनता मोटा भया दरबार बलियो हुन्छ भन्ने कुरा सहि रहेछ । त्यतिबेला हामी सबै कुरामा बलियो रहेछौं, जुनबेला दरबार बलियो रहेछ । स्वाभिमान, संस्कार, संस्कृति, धार्मिक सहिष्णुता, सभ्यता, मितब्ययिता, हरेक कुरा ले धनी रहेछौं । अहिले महसुस भएको छ ,होईन र ? अनुशासन र कर्तव्यबोध बिनाको पैसा, अधिकार, स्वतन्त्रता ले त देश बन्ने होइन बिग्रने रहेछ, होईन र ?

त्यही कुरा को छनक पाएर नेपाल लाई आफ्नो अनुकुल प्रयोग गर्न नपाउँदा नै ४२ सालमा दरबार को गेटमा, शाही लगानी भएको होटेल अन्नपूर्ण अगाडि बम पड्काएर तर्साउन खोज्ने तत्व ले नै बेलाबेलामा आक्रमण गरिरहँदो रहेछ रुप परिवर्तन गरि गरि होइन र ? त्यही यावत कुरा थाहा पाएका कुशल शासक राजा ज्ञानेन्द्र ले ध्वस्त नारायण हिटिलाई सुरक्षा ,स्वस्थ्य ,सेवा सरोकार हुने सबै संरचना गर्दै लान कै लागि अत्यावश्यक खर्च छुट्टाछुट्टै नमागी एकमुष्ट बार्षिक बजेट बाटै मिलाउन ६ करोड बाट बढाएर ६६ करोड बाध्य भइ निकासी गरेका रहेछन् । जुन दरबारको लागी राजा र राजप्रसाद, राजपरिवार नयाँ संरचनाको लागि अत्यावश्यक रहेछ । तर त्यही कुरा लाई अनावश्यक बढाई चढाई गर्नेहरू उहीँ पम्फादेवी जन्माएर दरबारको अधिकार खोस्ने हरु न रहेछन् । दरबार थोयो र एअरपोर्ट भन्सार थियो ।

भन्सार सच्चिकै भन्सार नै थियो । त्यहाँ जुनसुकै नाममा (शाही) भएपनि नेपाली ले नै काम पाएका थिए । आज ध्वस्त भएको छ ।कहाँ छ स्वच्छ उध्योग तथा कलकारखाना जहाँ युनियन ले दुख नदिएको होस् । हिजो राजा हुँदा देश लुट्न नपाएर पो राजाको अधिकार खोस्दै आज मनलाग्दी गर्दा चाल पाइयो । करोड रकम सानो होइन । ७७ करोड एउटा नेतालाई सर्प अध्ययनको लागि दिनु कुनैपनी कोणबाट जायज होइन । यो लुट हो, भागबन्डा हो, अत्याचार हो, बेथिति हो । देश असफल हुने प्रष्ट संकेत हो । किनकि आज कोरोनाको औषधि आविष्कार गर्छु भन्ने बैध्य तथा डाक्टरहरु निराश भएका छन । नयाँ नेपाल भनेको प्रचण्ड झलनाथको घर मात्रै हो ? नारी अधिकार् आएको भनेको प्रचण्ड कै चेलीबेटी को हातमा बाधिने ३४-३५ लाख को घडी मात्रै हो ? कर्णालीको जनताले सिटामोल नपाउनु ख्याल ख्याल हो ? हिजोका लडाकु योद्धाहरु रुनु बिजोग हुनु वाइयात हो ?

गाडि भासमा फसेपछी, अन्तिम छैटौं गियरले पनि नभए पछि , पाचौं गियरमा ल्याएर ब्याक गर्नु बुद्धि मानी ठहर्छ ।
चेतना भया ।।

 

लेखक तथा विश्लेषक मणिराज सत्यालको फेसबुकबाट

 

Ad

सम्बन्धित समाचारहरु

शिक्षासँग आवद्ध व्यक्तिहरूको महानता प्रस्तुत होस्

शिक्षासँग आवद्ध व्यक्तिहरूको महानता प्रस्तुत होस्

-सत्यराम कासिछ्वा

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad