Namaste Icon
Ad

'नेता नेपालले उठाएका ऐजेण्डामा नै नेकपाको भविष्य छ'

'नेता नेपालले उठाएका ऐजेण्डामा नै नेकपाको भविष्य छ'

कुनैपनि वेला पार्टीमा अपठ्यारो पर्दा सवै नेता कार्यकर्ताले सम्झिने नाम हो, माधवकुमार नेपाल । लामो समय तत्कालीन नेकपा एमालेको नेतृत्व गरीसक्नु भएका नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले तत्कालीन जटिल परिस्थितिमा पनि पार्टीको कुशल नेतृत्व प्रदान गर्नुभएको थियो । कम बोल्ने अनावश्यक कुरा नगर्ने स्वभावका नेता नेपालले तत्कालिन माओवादीको एकलौटी जनमत हुदां एमाले कांग्रेसका सबैजसो हस्तीहरुले चुनावमा पराजय हुँदा नेता नेपाल पनि पराजय हुनु स्वभाविकै थियो, तर नेता नेपालले तत्कालीन एमालेको महासचिव पदबाट राजिनामा दिएर उच्च राजनैतिक संस्कार देखाउनु भयो।पदको लागि मरिहत्ते गर्ने जे पनि गर्ने हाम्रो जस्तो देशमा नेता नेपालको राजीनामाले उहाँले आफ्नो असली रुप देखाईसक्नु भएको छ ।

नेता नेपालको वानी व्यवहराले म पनि उहाँसँग निक्कै प्रभावित भएको छु । उहाँको विषयमा जसले नकारात्मक टिप्पणी गरीरहेका छन । उनीहरुले नेता नेपालको दिन प्रतिदिन लोकप्रियता बढेको देख्न नसकेर नै हो । त्यति मात्र होईन सादा जीवन र उच्च विचारका धनी अन्र्तराष्ट्रीय समुदायले पनि विश्वास गरेका राष्ट्रवादी र विकासप्रेमी नेता नेपालको बहुआयमिक व्यक्तित्वको कारण पनि गलत प्रवृत्ति बोकेका राजनीति र पार्टी लाई व्यापारको रुपमा पैसा कमाउन पेसा सम्झेकाहरु नेता नेपालको विरोध गरीरहेका छन ।

तर समयको माग राष्ट्रको जनताको माग नै नेता नेपाल भईसकेकोले र उहाँको भिष्म प्रतिज्ञाले आज पार्टी फुटाउन खोज्नेहरु तथा पार्टीलाई विधिः पद्धितिमा हिडांउन नखोज्नेहरु आज नेता नेपालको अडानमा आउन बाध्य भएका छन । नेकपालाई विभाजन हुन नदिन मात्र होइन पार्टीमा देखिएका रोगहरू निराकरण गर्न नेता नेपालले खेलिरहनु भएको भूमिका नेकपाको इतिहासमा लेखिन्छ, लेख्नुपर्छ।

नेता नेपालको योगदानको सम्पूर्ण नेपाली जनता तथा नेकपा पार्टीले मूल्यांकन गर्नेपर्छ । आज नेता नेपालको विचार मार्गदर्शनको मात्र विचार भएको छैन सिंगों पार्टीको विचार पार्टीको सिद्धान्त, पार्टीको विधान, पार्टीको मार्ग दर्शन, पार्टीको पद्धति भएको छ । नेकपा पार्टी भित्र देखिएका रोगहरुको नेता नेपालले चिरफार गरेर पार्टी लाई बलियो बनाई नेपाली जनतासंग गरेका वाचाहरु पुरा गर्न उहाँ सरकार लाई पनि घच्घचाई रहनू भएको छ

नेता नेपालले भन्नु भयो सचिवालयको बैठक राख्नु कयौं चोटी अध्यक्ष ओलीलाइ बिन्ती नै चढाउनु पढेको त्यस्तै नेपालले स्थायी कमिटीको बैठक राख्न निवेदन र हस्ताक्षर अभियान नै चलाउनु पर्यो पटक पटक । नेकपा पार्टीमा विधिः मिचिएको छ, पद्दति मिचिएको छ । पार्टी मा प्रधानमन्त्री समेत रहेका ओलीको तानाशाही बढेको छ । उनको गतिविधिले पार्टी र मुलुकलाई कमजोर बनाईरहेको छ । पार्टी लाई सही ठांउमा ल्याउन वरिष्ठ नेता नेपाल लड़ाई लडिरहनु भएको छ ।

यहाँ सम्मकी ओलीले तेस्रो अध्यक्ष बनाउने प्रस्तावलाई ठाडै अस्वीकार गर्नुभयो । स्वच्छ छविका शालिन व्यक्तित्व कम्युनिस्ट आन्दोलनका अगुवा नेपाली जनताकै अबको आशाका केन्द्र वरिष्ठ नेता नेपालले उठाईरहनु भएको एक व्यक्ति एक पद लाई पार्टीको स्थाई कमिटीको बैठकबाटै पारित गरेर गए मात्र अहिलेको नेकपा भित्रको गतिरोधको अन्त हुन्छ ।

गलत प्रवृत्तिको विरुद्ध ठाडै प्रहार गर्ने क्षमता भएका नेता नेपालको खाँचो नेकपा पार्टी मा मात्र होईन राष्टमा खड्किरहेको छ । त्यसैले नेकपा पार्टीले छिट्टै नेता नेपाल लाई जिम्मेवारी दिने कुरामा कन्जुस्याइ नगरोस ।

म लगाएत मेरो नेतृत्वमा ५० जनाको हाराहारीमा तत्कालीन समाजवादी पार्टी छोडे्र नेकपामा प्रवेश गर्यो यस बीचमा पटक पटक नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमंत्री माधव कुमार नेपाल लाई भेट गर्ने अवसर मलाई मिल्यो । यस क्रममा उहाँको शालिन व्यक्तित्व, समयको उचित ब्यवस्था गर्ने क्षमता मात्र हैन दिनमा सयौं मानिसहरु पार्टी भित्रका र बाहिरका उहाँको निवासमा दिनंहु घुईचो लाग्ने र नेता नेपाललाई भेटेपछि सबै मानिसहरु प्रफुल्ल मुद्रामा बाहिर निस्किएको मैले पाएँ ।

नेता नेपालको निवासमा देखिएको चहलपहलले नेकपाको नेतृत्व वरिष्ठ नेता नेपालको हातमा भविष्यमा जान्छ । नेपाल जत्किो नेतालाई पार्टी को र सरकारको नेतृत्वमा बलियो रुपमा उभियाएको अवस्था मा मुलुकले काचुंली फेर्ने कुरामा कसैको दुईमत छैन । नेता नेपाललाई सहमति नगराई दुई अध्यक्ष मात्र चोचोमोचो गरेर निर्णय गरे तत्काल स्थायी समितिबाट समाधान देखिए पनि नेकपा किचलो स्थायी समाधान नहुने मेरो ठोकुवा हो ।

पार्टी कमिटीलाई बलियो बनाउन र पार्टी लाई विधिः मा हिडाउन सक्रिय वरिष्ठ नेता नेपाललाई कसैले एक्लाउ्छ भन्ने हरुलाई समयले उनीहरुलाई नै एक्ल्याउने छ । सम्पूर्ण पार्टीका वाफादार सिपाहीहरु हामी कमरेड माधव कूमार नेपालको पक्षमा छौं । त्यसो भएकोले वरिष्ठ नेता नेपालले उठाएका ऐजेण्डाहरु लागू गर्न नेकपा सिंङगो पार्टीको ध्यान जाओस ।यसैमा हामी सबैको कल्याण हुन्छ ।

(राम प्रसाद रिजाल समाजवादी पार्टीका पूर्व केन्द्रीय सहायक प्रवक्ता तथा हाल सत्तारुढ नेकपाका युवा नेता हुन)

Ad

सम्बन्धित समाचारहरु

शिक्षासँग आवद्ध व्यक्तिहरूको महानता प्रस्तुत होस्

शिक्षासँग आवद्ध व्यक्तिहरूको महानता प्रस्तुत होस्

-सत्यराम कासिछ्वा

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad