Namaste Icon
Ad

डा. केसी : १९औंं अनशनको सेरोफेरो

डा. केसी : १९औंं अनशनको सेरोफेरो

डा. गोविन्द केसीले जुम्लाको चन्दननाथ नगरपालिका स्थित एक मन्दिरबाट १९औंं पटकको अनशन थालनी गरेछन् । डा. केसीको नाम सुन्नासाथ मनस्पटलमा एक किसिमको चित्र उव्जिन्छ । ठूला निधार, झुस्स परेर फुलेको दारी, लम्पसार परेर सुतेको वेडमाथी भुण्डिएको स्लाइनको बोतल यहि हो झ्वाट्ट देखिने उनको विम्व । हुन पनि हो १८ औं पटकको श्रृंखलावद्घ उनको अनशनमा २ सय २६ दिन भोक खपी सकेको छन् कयौं पटक मृत्यूको सन्निकटबाट गुज्रेका उनको शरिर गल्दा पनि अनुहारको कान्तिमा भने कहिल्यै क्षय देखिएन । आफ्नो निस्वार्थ सेवाले सामान्य नागरिकको मन मष्तिस्कमा विराट छवि बनाएका डा. गोविन्द के.सी.लाई सत्ता, शक्ति र स्वार्थी निकृष्ट राजनितिसंग भने संधैं पौंठे जोरी खेल्नु प¥यो । सानो त्याग,तपश्या र हठले प्राप्त गरेको हैन यो उनको यो उचाइर्, उनि भन्छन् ‘रोग,भोकले थलिएका निमुखा नागरिकको अनुहार टाढैबाट चिन्छु तिनकका अप्ठ्यारो,असजिलो र अपेक्षाहरु मुख नखोल्दै जान्दछु तर राजनितिको नशाले मै मत्त स्वार्थी सत्ताका वरिपरि झुम्मिरहने घण्टाउके ठेकेदारहरुका अनुहार नजिकबाट पनि चिन्दिन ।’

 

यसो भनिरहंदा उनको राजनिति प्रतिको तिव्र घृणा र असन्तोष जस्तो पनि देखिन्छ । हुनत सत्ता र राजनितिले कम्ता गिजोलेन उनलाई,अनेको जालसाजी, षड्यन्त्र र अपमान सहे पागल बहुला कहलाउन राज्य संयन्त्र नै लाग्यो । सम्सद,अख्तिायार,अदालत र आफ्नै तालुक कार्यलय (त्रिविवि) सवै–सबै उनको खिलाफमा भए तर समयको उपक्रमसंगै गोल भित्रको फलाम झै खारिएर चम्किलो हुँदै आए । भलै १८ औं संस्करण सम्मको लामो संघर्षको दौरानमा कति पय ब्यक्तिगत कमि कमजोरी भए होलान् र थिए पनि तर उनको निष्ठापूर्ण सेवा र उठाएको मागको बारेमा कहिं कतैबाट औंलो उठाउने ठाउँ भटिन्न ।

गएको कार्तिकमा सेवानिवृत्त भएकै भोलि पल्ट आफु हुर्कि वढेको र पढेको मामाघर दोलखाको झुले–जफेमा केहि दिन बसेर पुर्वी पहाडी जिल्लातिर हान्निएका डा. के.सीं झण्डै ५ महिना यता कर्णाली र सुदुर पश्चिमका दुरदराजका असाह्य, असक्त र स्वास्थ्य सेवाबाट बञ्चित विरामीहरु खोज्दै हिंड्दा रहेछन् । सुरुमा एक महिना डडेल्धुरा जिल्ला अस्पतातमा निसुल्क १ पहिना स्वंम सेवा गरेर केहि औषधी र बैशाखी किन्न भन्दै केहि दिन काठमाण्डौ आए बाहेक पुनः फर्केका छैनन् रे । सानो पछाडी बोक्ने सुर्कने झोलामा एकजोर फर्ने लुगा र साधारण चिकित्साका औजार अनि केहि औषधीे बाहेक भोक, प्यास, निन्द्रा ऐश आराम केहि नभनी रोगी र निमुखाको दुःख र पीडाको मलम बन्दै हिंडिरहेका फकिरलाई पनि विभिन्न स्थानमा उपचारको सेवा दिन राज्य तर्फबाट अवरोध भएको समाचार पनि केहि दिन यता आईरहेकै थिए ।

अब त झन् सरकारसंग भिविन्न समयमा भएका सम्झौता कार्यान्वयन नभएको र बालुवाटार जग्गा, वाइडबडी जहाँज खरिद, औषधी खरिदकाण्डमा भएको भ्रष्टाचार लगाएत विभिन्न निकायको नियुक्तिको विषयमा छानविनको छानविन र कारवाहीको माग समेत जोडेर खुलेयाम सरकारलाई नै चुनौती दिएर अनशन थालेकाले निश्चित रुपमा नै सरकारसंग पुनः टक्कर पर्ने नै भयो । केहि प्रयोजित, विचौलिया र माफियाहरु सत्ताको रजगजीलाई खुसी राखी आफ्ना अभिष्ट पुरा गर्न कै निम्ति जसरी र जे गरेर पनि डा. के.सी.लाई खुईल्याउने र हुर्मत लिन हात धोएरै लागि पर्नेमा दूईमत नै छैन । ब्यक्तिगत ईच्छा, आकांक्षाहरुको असिमित चाहनाहरुलाई उहिल्यै वकस गरिसकेका डा. के.सीको हुर्मत लिएर जित्ने कस्कालागी हो ? पाउने कस्कालागी हो ?? लोभी पापी बनि दिएको भए यहि १० वर्ष संघर्षको दौरान विचमा पनि मान पदवी र भौतिक सुख भोगले कायाँ पलट गरि सक्थ्यो । आफ्नै पेशामा एकांकी बनेर बस्ता मात्र पनि कुस्तै कमाई हुन्थ्यो होला तर उनले बाटो फरक रोजे निमुखा र निम्छराको सारथी वन्न खोजे र पो चिसो भुई पलेटी मारेर अनशन वस्दा पनि कुनै हिनताबोध र आत्माग्लानीको किञ्चित धव्वा छैन ।

सरकारले डा. केसी र उनका मागसंग कस्तो व्यवहार गर्छ अवका काहि दिनमा देखिंदै जाने छ । स्वास्थ्य क्षेत्रको प्रतिकुल समय र पस्थितिको बावजुद उठेको उनको अनशनलाई विश्वास गरौं सरकारले त्यहि हठी र जिराहाको सरकारलाई अप्ठ्यारो र असहज बनाउने माग र हतियारको रुपमा भन्ने नवुझोस् । संयमित र धैर्यता राख्दै दम्भ, कुण्ठा र सत्ता उन्मादबाट परै वसि झण्डै दुईतिहाईको नजिक रहेको कम्यूनिष्ट सरकारले उनि जस्ता निशस्त्र,निष्कलंक सादगी स्वास्थ्य सेवाका अभियान्ताको यो सत्याग्रहमा गान्धिगिरीको हत्या गर्ने गोडसे नबनोस् । उनि भित्रको सच्चा साम्यवादी र समाजवादी नदेख्ने शिद्घान्तका क्रान्तिकारी पुँजपति कमरेडहरुको सद्वुद्घि छिट्टै पलाओस् ।

Ad

सम्बन्धित समाचारहरु

शिक्षासँग आवद्ध व्यक्तिहरूको महानता प्रस्तुत होस्

शिक्षासँग आवद्ध व्यक्तिहरूको महानता प्रस्तुत होस्

-सत्यराम कासिछ्वा

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad