Namaste Icon
Ad

'टोखा नगरबासीको पिसिआर परिक्षण निशुल्क गरिदिएका छौं'

'टोखा नगरबासीको  पिसिआर परिक्षण निशुल्क गरिदिएका छौं'
रनलाल कुलाल स्वास्थ्य शाखा प्रमुख, टोखा नगरपालिका

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भाइरसको (कोभिड१९) को संक्रमण तिव्रगतिमा बढिरहेको छ । दैनिक सयौंको संखयामा संक्रमित थपिदै जादा, आइसोलेसन तथा अस्पत्तालको पनि व्यवस्थापन गर्न गाह्रो अवस्था छ । यसवेला जनताको नजिकको साँथी मानिने स्थानीय तहहरुको भुमिका पनि बिशेष हुनसक्छ । यस संकटको घडिमा टोखा नगरपालिकाले केकस्ता गतिविधि गरिरहेको छ ? यस विषयमा दर्पण दैनिककर्मी चन्द्रकुमार विश्वकर्माले टोखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रनलाल कुलालसँग गरेको कुराकानी :


टोखा नगरपालिका भित्रको स्वास्थ्य अवस्था कस्तो छ ?

टोखा नगरपालिका भित्रको स्वास्थ्य अवस्था पहिलाको भन्दा फरक छ । कोभिडको कारणले नियमित रुपमा हुने स्वास्थ्य खोप हरु रोकिएको छ । अन्य सेवा हरु निरन्तर रुपमा सञ्चाल्नमा छ्न ।

 

यो नगरपालिका भित्र कति सङ्ख्यामा कोरोना परिक्षण गर्नु भयो आज सम्म कुनै डाटा छ ?

डाटा छ किन न हुनु हिजो को डाटा बाहेक हामीले पिसिआर मात्रै तिन हजार जनाको गरि सकेका छौ ।

 


कोरोनाको जाँच गरेका मध्ये कति जनाको पोजेटिभ छ, कति जनाको नेगेटिभ छ ?
हामिले जम्मा तिन हजार जनामा टेस्ट गरेको मध्य चार सय उन्नतिस जानामा कोरोना पोजेटिभ देखिएको छ।

 

 

पोजेटिभ रिपोर्ट आएका मानिसहरु लाई कहाँ र कसरि राख्नु भएको छ ?

टोखा नगरपालिकाले आफै आइसोलेसन निर्माण गरेको छ । टोखा चण्डेशोरिमा ३८बेड को आइसोलेसन छ । अब हामीले यसको क्षमतालाई बढाउने तयारी गरिरहेको छौ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नै हामीले आइसोलेसनको निर्माण गर्छौ होमक्वारेन्टाइन बस्ने वातावरण नहुँदा हामीले तोकिएको ठाँउमा राख्ने गरेका छौ ।

 


आइसोलेसन निर्माण अझै बढाउने पर्ने हैन र ? जाँच गर्दै जादा सङ्क्रमितको सङ्ख्या थपिदै जान छ नि ?

यो विषयमा हाम्रो नगर प्रमुख पनि चिन्तित हुनुहुन्छ । अब हामीले अन्य ठाउँ पनि हर्दै छौं । उपुक्त ठाउँ भेटिने बितिकै हामी आइसोलेसन निर्माण गर्छां ।


टोखा नगरपालिका भित्र पोजेटिभ देखिएका बिरामिहरु लाई कुन अस्पताल पठाउने गर्नु भएको छ ? कि नगरपालिका भित्रै छ अस्पताल ?

अहिले यसो छ हामिले आइसोलेसनमा राख्ने भनेको लक्षण देखिएकाहरु लाई मात्रै हो । गम्भीर बिरामि परेकाहरु लाई राज्यले तोकेको अस्पतालमा नै पठाउने गरेका छौं ।

कोरोना चेक गर्दा स्थानीयहरु लाई निशुल्क छ, कि शुल्क तिर्नु पर्छ ?

अहिले सम्म नगरपालिकाले जे जति सुरक्षाको उपायाहरु लगायत जति टेस्ट गरेको छ । सबै नगरपालिका बेहोरेको छ । एक पैशाँ पनि जनताको खर्च भएको छैन । सबै नगरपालिकाको खर्चमा भएको छ।

 

टोखा नगरभित्र यदि कसैको स्वास्थमा कुनै समस्या आएमा कहाँ सम्पर्क गर्ने ?

स्वास्थमा समस्या आएमा तत्काल हामी लाई सम्पर्क गर्न अनुरोध गर्द्छु। हामीलाई सम्पर्क गरेपछि स्वास्थ अवस्था चेक गरि अस्पताल पठाउनु पर्ने हो कि यहिं सामान्य उपचारले हुन्छ अबस्था हेरेर सहयोग गर्छौ ।

 

टोखा नगरपालिकामा पनि कोरोना पोजेटिभ बढ्दै गएको देखिएको छ, स्थिति झन खतरा हुन सक्छ यस विषयमा कति को जानकार हुनुहुन्छ ?

अहिले हामिले प्रत्येक वडामा परिक्षण गर्दै छौ । तपाईले भने जस्तै बढी बढी नै देखिदै छ । यसमा हामि गम्भीर भएर लागि रहेका छौं । जानकारी न राख्ने तयारि नै नगर्ने भन्ने त कुरै भएन।


यो नगरपालिका भित्र बसोबास गर्ने मानिसहरु लाई के भन्नुुहुन्छ ?

सबै भन्दा प्राथमिकता को विषयमा कोभिडलाई कसरि नियन्त्रण गर्ने भने छ । यसमा जनताले साथ दिनु पर्यो । स्वास्थ्यमा कुनै समस्या आएमा हामीलाई सम्पर्क गर्न लाई अनुरोध गर्दछु। कोरोना पोजेटिभ आएको मानिसलाई पनि सम्मानजनक ब्याबाहार गर्न अनुरोध गर्दछु। अन्त्यमा म के भन्छु भने कोभिडबाट कसरि बच्ने भने कुरा सबै लाई थाहा भैसकेको छ । यस विषममा म धेरै बोल्दिन अब कोरोना नेपालमा बढ्दै छ । हामी एकदम सजक हुनु पर्छ।

Ad

सम्बन्धित समाचारहरु

‘हातमा सीप भए भोकै बस्नु पदैन, शिर ठाडो पारेर काम गर्न सकिन्छ'

काम सानो ठुलो भन्ने हुदैन । सीप सिक्दा परनिर्भरता घट्ने र सवैजना रोजगार हुने अवस्था आउछ । सीप सिकेर काम गर्दा कहिल्यै भोकै बस्नु नपर्ने काठमाडौंको गोल्फुटारमा सिलाईको काम गर्दै आएका नानुराज परियार बताउछन । विगत लामो समय देखि सिलाई कटाईको क्षेत्रमा काम गर्नुका साँथै अरुलाई पनि सिकाउदै आएका परियार आफ्नो पेशाबाट एकदमै खुसि छन । सिलाई कटाई व्यावसायबारे आरएन टेलर्सका सञ्चालक नानुराज परियारसँग दर्पण दैनिकको लागि चन्द्र कुमार विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश

कुखुरा पालनमा रमाउदै  शिक्षक पुष्पराज, भन्छन 'कृषि गर्नुको आनन्द वेग्लै छ'

काठमाडौं । कुनै समय चिटिक्क पोशाकमा सजिएर विद्यार्थीलाई पढाउने कञ्चनपुरका पुष्पराज ओझा हाल कुखुरासँग रमाउदै छन । कोरोना माहामरीको असरले एउटा शिक्षकको दैनिकी फेरिएको हो । कोरोना सँगैकको लकडाउनले गर्दा नेपालका धेरै शिक्षक कामविहीन बनें । कोरोना माहामारीले विश्वभरी नै उग्र रुप लिएसँगै धेरै जना वेरोजगार हुन पगेका छन । यसको सिधा प्रभाव विकासोन्मुख मुलुकहरुमा अझैं बढि परेको पाइन्छ । नेपाल पनि यसबाट अछुतो कुनै क्षेत्र छैन । यसमध्येका ओझा पनि निजि विद्यालय सञ्चालन गरेर धेरैलाई रोजगार दिइरहेका थिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad