Namaste Icon
Ad

प्रियशी फर्कने आशामा

प्रियशी फर्कने आशामा

भवानी बजगाईं, ललितपुर


पातलाे शरिर हाँसिलाे अनुहारले छिन भरमै लाेभ्यायाे
गहुँ गाेराे अल्लारे माेराे खड्काकाे त्यहि रूपमा अडकियाे
दुई चार दिनमा चिनाजानी भयाे झापामा रहिछ उनकाे घर
झापाकि छाेरि नक्कली माेरि लाग्याे मलाई तिनकै भर ।
साथिभाई सँग कुराकानि सँगै भेटघाट हाम्रो बढ्याे
एकले अर्कालाई बुझ्ने रहर झनझनै बढ्यो
भेटघाट गर्ने घुम्ने खाने दिनहरू धेरै भए
भ्यालि अनि चित्लाङ पाेखरा घुम्ने ठाउँहरूमा रहे ।।
एक अर्कामा समाहित हुदै विवहा पनि भयाे
रमाइलो गर्दै घरव्यवहार सँगै दिनहरू कट्दै गर्याे
छ आठ महिना घरमा शान्ति अनि खुसि पनि छायाे
त्यस पछि मराे घरका ठुलै भुइचालो आयो
श्रीमती गई माईत वसिन कहिले आउँदिन भनी
सुरूमा त उसकै बाटाे हेरे साँझ विहान नभनि
किन मिल्थ्याे हाम्रो कुरा झन झन विग्रदै गयो
हाम्रो पति पत्नीको सम्बन्ध मनमा मात्रै रहयो
लिन जाने आँट गरे रित्तै फर्किए एक दुई पटक
तिनकाे माईति र दिदी हरूले गरे नाटक चटक
उसलाई छाडि अब मैले कसाे गरि बाँच्नु खै
मेराे पनि पथर/ढुङ्गा जस्तो मन छैन है
आफन्तले साेध्ने गर्छन बुहारि खै भनी
माईतमा धेरै वस्न दिनु हुनु राम्रो हुदैन नि
छिटाेे बाेला बुहारीलाई भन्नछिन आमा पनि
आउँदिन रे अब बुहारि आमा भन्न सकेकाे छैन नि
आउ प्रिय भ्यालेनटाई अनि एनभर्सरी मनाउनु छ
हाम्रो दुईको टुटेकाे दिल अब एक वनाउनु छ
अब हाम्रो सानाे संसार एकअर्काले मिलि रच्ने हाे
जिन्दगी भरि आफ्नाै घरमा मिलि वस्ने हाे

 

Ad

सम्बन्धित समाचारहरु

सरु अर्यालको ‘विस्मरण’ उपन्यास बजारमा

सरु अर्यालको ‘विस्मरण’ उपन्यास बजारमा

काठमाडौँ । सरु अर्यालको पहिलो उपन्यास विस्मरण बजारमा आएको छ । मिसेज नेपाल आइकन –२०१८ को फस्ट रनर अप समेत रहेकी सरु अर्याल अधिवक्ता समेत हुन् । विगतमा फुटकर कविता, कथा लेख्दै आएकी अर्यालले पुस्तकाकारका रुपमा अहिले उपन्यास ल्याएकी हुन् ।

के दलितको देश छैन ?

के दलितको देश छैन ?

हो हजूर दलितको देश छैन,आफ्नो पहिचान दिने प्रदेश छैन,प्रशासनमा सीडीओ छैन,अस्पतालमा डाक्टर छैन,अनि कसरी भनूँ म यो देश नागरिक हुँ ?

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad