Namaste Icon
Ad

कुखुरा पालनमा रमाउदै शिक्षक पुष्पराज, भन्छन 'कृषि गर्नुको आनन्द वेग्लै छ'

कुखुरा पालनमा रमाउदै  शिक्षक पुष्पराज, भन्छन 'कृषि गर्नुको आनन्द वेग्लै छ'

काठमाडौं । कुनै समय चिटिक्क पोशाकमा सजिएर विद्यार्थीलाई पढाउने कञ्चनपुरका पुष्पराज ओझा हाल कुखुरासँग रमाउदै छन । कोरोना माहामरीको असरले एउटा शिक्षकको दैनिकी फेरिएको हो । कोरोना सँगैकको लकडाउनले गर्दा नेपालका धेरै शिक्षक कामविहीन बनें । कोरोना माहामारीले विश्वभरी नै उग्र रुप लिएसँगै धेरै जना वेरोजगार हुन पगेका छन । यसको सिधा प्रभाव विकासोन्मुख मुलुकहरुमा अझैं बढि परेको पाइन्छ । नेपाल पनि यसबाट अछुतो कुनै क्षेत्र छैन । यसमध्येका ओझा पनि निजि विद्यालय सञ्चालन गरेर धेरैलाई रोजगार दिइरहेका थिए ।

उनी पछिल्लो समय भने अरु जस्तो के गरेर बसुँ भन्ने अवस्था छैनन । उनले लकडाउको समयबाट कुखुरा पालन सुरु गरेका छन । विद्यालयको सञ्चालकबाट कुखुरा पालनमा लाग्नुको कारणबारे दर्पण दैनिकको जिज्ञासामा उनले भने, 'कोभिड १९ ले मेरो दैनिक जीवन छताछुल्ल र सबैतिर चौपट पार्यो । एकव्यस्त जीवनबाट बेरोजगार बनाउनुका साथै सम्पूूर्ण आयस्रोत बन्द भएका कारण मनोबैज्ञानिक हिसावले धेरै मानसिक चिन्ता बढाएको थियो। स्कुल खल्ने सम्भावना कम भएको कारण म कृषि पेशामा लगेको हु । छोटो समय र थोरै लगानीले पनि संचालन गर्न सकिने र छिटो उत्पादन गर्न मिल्ने हुनाले यो पेशा मेरो रोजाईमा परेको हो ।'

कृषिमा हात हाल्नु अगाडि उनले कञ्चनपुरको पुनर्वास ८ क गाउँमा श्री अलंकार पब्लिक स्कुल सञ्चालन गरेका थिए । जहाँ ७ कक्षा सम्म पढाइ हुन्थ्यो भने, ३२५ जना बिद्यार्थी र १६ जना शिक्षक कर्मचारी कार्यरत थिए । हाल देशभरिका स्कुल बन्द छन । बिगत १० बर्षदेखि आफ्नै ठाँउमा केही गर्नु पर्छ भनेर आफ्नो पढाइ स्थगित गरि २०६६ सालमा होम ट्युसन कक्षाबाट शिक्षण सुरुगरेका ओझा श्री अलंकार पब्लिक स्कुलको स्थापनागरि यसैको स्थापक प्रिन्सीपल भयर काम गरिरहेका छन ।

साधरण न्यून आय भएको परिवारमा हुर्केका उनी गाँउ घरकै शिव शक्ति दुग्ध सहकारी संस्था को व्यवस्थापक पनि हुन । उनले ओझा जनरल स्टोर किराना पसल, ओझा ड्रम (बाकस) उधोग र हाम्रो पशुपन्छी फर्म दर्तागरी कुखुरा पालन गर्दै आएका छन । पुनर्वास क्षेत्र भारतीय बजारको भरमा खाद्यान्न लगायत मासु चलेकोले आफ्नै ठाँउमा केहि गर्न भनेर उनले कृषिमा पनि हात हालेको बताए ।

उनले भने, 'कोभिडले गर्दा सम्पुर्ण नाका बन्द भयो, उताबाट आउने सबै बस्तु रोकिए हुदा नेपालमा मासुको मुल्य एकाएक ४५० भन्दा बढी हुन पुग्यो । अनि मैले सोंचे स्कुल संचालन नहुदा सम्म यहि पेशा नै मेरो लागि उपयुक्त छ, अनि सुरुवात पनि गरे ।'

उनले सुरुवाती चरणमा कुखुरामा करिब ३ लाख लगानी गरे । अरु पनि थप व्यावसाय गर्ने सोचईमा रहेको बताउदै उनले भने, 'हेरौं स्कुल लाग्ने नलग्ने निचोड भएपछी त्यस्तो योजना अनुसार म लाग्छु । बजारमा अनावश्यक अस्वस्थ प्रतिस्पर्धा छ । कोभिडले गर्दा बजार पर्णरुपमा खुल्न नपाएको हुदा अन्य ठाउँमा पठाउन नसक्दाको कारण कुखुराको बजारीकरण धेरै चुनौतीपर्ण र जोखिम छ। यसै अनु्सार म व्यावसाय विस्तार गर्छु ।'

दिन प्रतीदिन कुखुराको मुल्य आलुको भन्दा पनि कम हुँदै गएको भन्दै उनले चिन्ता व्यक्त गरे । यस्तो अवस्थामा फाइदाको कुरै छोडौ आफ्नो लगानिको ५० प्रतिशत भन्दा बढी नोक्सान हुने संभावना बढि रहेको उनले बताए । त्यस्को लागि मैले ३ ४ ठाँउमा मासु कटिङ पसल सञ्चालन गर्ने सोचका बनाएको उनले उल्लेख गरे । उनले भने, 'कुखुरापालन गर्दा धेरै जोखिम छ । यसको जीवन छोटो हुने हुनाले नोक्सान हुने दर पनि उच्च हुन्छ । कुखुरा व्यावसाय गर्दा धेरै पाठ सिकाएको छ जिवनमा ।'

उनको पार्ममा हाल २ जनाले रोजगारी पाएका छन भने, २ जना परिवारकै सदश्यले पर्ण समय दिईरहेका छन । घरपरिवार मिलेर काम गर्दा भोलि स्कुल खुल्दा आफूलाई सजिलो होस भनेर यस्तो गरेको उनले बताए ।

आफ्नै गाउँ, समाज र देशमा नै बसेर आफ्नै माटोमा पसिना बगाई आत्मनिर्भर हुने उनको लक्ष्य छ । उनले भने, 'म मेरै बिधालयलाई व्यवस्थित गर्दै नमुना बिधालयको रुपमा आफू र बिद्यालयसंगै विद्यार्थीहरुको उज्ज्वल भबिष्य निर्माण गरि परिचित हुनु नै हो । यो सँगै म पशु, कृषि र अन्य सहायक व्यापार गरि आफ्नो सरल जीवनयापन गर्ने छु ।'

कुराकानीमा आधरित

 

 

 

Ad

सम्बन्धित समाचारहरु

‘हातमा सीप भए भोकै बस्नु पदैन, शिर ठाडो पारेर काम गर्न सकिन्छ'

काम सानो ठुलो भन्ने हुदैन । सीप सिक्दा परनिर्भरता घट्ने र सवैजना रोजगार हुने अवस्था आउछ । सीप सिकेर काम गर्दा कहिल्यै भोकै बस्नु नपर्ने काठमाडौंको गोल्फुटारमा सिलाईको काम गर्दै आएका नानुराज परियार बताउछन । विगत लामो समय देखि सिलाई कटाईको क्षेत्रमा काम गर्नुका साँथै अरुलाई पनि सिकाउदै आएका परियार आफ्नो पेशाबाट एकदमै खुसि छन । सिलाई कटाई व्यावसायबारे आरएन टेलर्सका सञ्चालक नानुराज परियारसँग दर्पण दैनिकको लागि चन्द्र कुमार विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश

'टोखा नगरबासीको पिसिआर परिक्षण निशुल्क गरिदिएका छौं'

'टोखा नगरबासीको  पिसिआर परिक्षण निशुल्क गरिदिएका छौं'

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भाइरसको (कोभिड१९) को संक्रमण तिव्रगतिमा बढिरहेको छ । दैनिक सयौंको संखयामा संक्रमित थपिदै जादा, आइसोलेसन तथा अस्पत्तालको पनि व्यवस्थापन गर्न गाह्रो अवस्था छ । यसवेला जनताको नजिकको साँथी मानिने स्थानीय तहहरुको भुमिका पनि बिशेष हुनसक्छ । यस संकटको घडिमा टोखा नगरपालिकाले केकस्ता गतिविधि गरिरहेको छ ? यस विषयमा दर्पण दैनिककर्मी चन्द्रकुमार विश्वकर्माले टोखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रनलाल कुलालसँग गरेको कुराकानी :

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad