Namaste Icon
Ad

प्रम, स्वस्थ्य मन्त्री, विज्ञहरु समक्ष एउटा अनुत्तरित जिज्ञाशा !

प्रम, स्वस्थ्य मन्त्री, विज्ञहरु समक्ष एउटा अनुत्तरित जिज्ञाशा !
दिलेन्द्र प्रसाद बडु

हाल सम्म जनतालाई जानकारी गराए अनुसार कोरोना भाइरस जीवित व्यक्तिको थुक/सिगानका छिटाहरुबाट सर्ने भनिएको र सावधानीका लागि एक अर्कामा २ मिटरको दूरी राख्ने, मास्क लगाउने, साबुन पानीले हात धुने वा सेनीटाइजर प्रयोग गर्ने जस्ता उपायहरु सुझाइएको विषय प्राय: सबैमा अवगत भईसकेकै छ । कोरोना संक्रमणका कारण दैनिक ज्यान गईरहेको दु:खद सन्दर्भमा एउटा अत्यन्तै महत्वपूर्ण र संवेदनशील विषय जोडिई आईरहको छ; हाल कोरोनाबाट मृत्युहुनेहरूको लासलाई र्‍यापिङ र सेनिटाइजरको व्यवस्था गरी गाड्ने गरिएको देखिन्छ ।

हाम्रो संस्कार र भावना जोडिएको यस सन्दर्भमा जानकारी गराउन नसकिएको आम जिज्ञासा र चासोको विषय के छ भने जीवित व्यक्ति सरह मृतक "लास" बाट भाइरस सर्ने अवस्था के कति हुन्छ ? पिपीई, र्‍यापिङ सहित सेनिटाइजरको प्रयाप्त र उपयुक्त व्यवस्था गरेर मृतकको 'लास' लाई बुझ्न चाहने परिवारजनलाई उहाँहरुको जिम्मा लगाउन कति सम्भव छ ?

यसरी स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध र सावधानीका उपायहरु अपनाउने गरी परिवारजनको जिम्मा लागउन सके परिवारले आ-आफ्नो मान्यता र विश्वास अनुसार दाह संस्कार गर्न पाउँदथे, जसले एकातर्फ परिवारजनको संस्कार र भावनाको सम्मान हुने तथा अर्को तर्फ सरकारको पनि लास गाड्ने स्थान, समय र जनशक्तिको समस्या समेत कम हुने देखिन्छ । तसर्थ, कोरोनाबाट मृत्यु भएकाहरूको 'लास' गाड्नै पर्ने कार्य पश्चिमा मुलुकको कोरा अनुकरण मात्र हुन पुगेको हो वा निर्विकल्प वैज्ञानिक तथ्यपूर्ण कारण के हो भन्ने बारे जनताको जिज्ञासा सन्तुष्ट हुने गरी स्पष्ट गर्नु अत्यावश्यक देखिएको छ ।

सांसद तथा कांग्रेस नेता दिलेन्द्र प्रसाद बडुको फेसवुकबाट

 

Ad

सम्बन्धित समाचारहरु

शिक्षासँग आवद्ध व्यक्तिहरूको महानता प्रस्तुत होस्

शिक्षासँग आवद्ध व्यक्तिहरूको महानता प्रस्तुत होस्

-सत्यराम कासिछ्वा

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad