Namaste Icon
Ad

सरकारले भनेपनि, निजी वायुसेवाले तत्काल उडान सञ्चालन नगर्ने

सरकारले भनेपनि, निजी वायुसेवाले तत्काल उडान सञ्चालन नगर्ने

काठमाडौं । निजी वायुसेवा सञ्चालक संघले तत्काल उडान सञ्चालन नगर्ने बताएका छन । सरकारले असोज १ गतेदेखि आन्तरिक उडान खोल्ने निर्णय गरेपनि व्यावसायी पछाडि हटेका हुन ।
संघले नागरिक उड्ययन प्राधिकरणबाट भएको निर्देशन पालना गरी नियमित उडान सञ्चालन गर्न तयार रहेतापनि ५० प्रतिशत मात्रै यात्रु बोकेर उडान गर्न सम्भव नरहेको बताएको छ ।

संघको प्रथम उपाध्यक्ष अनाज रिमालले एक विज्ञप्तिमार्फत उडान सञ्चालन गर्न नसक्नुमा विभिन्न कारण देखाएका छन् । जसमा भारतलगायत अन्य मुलुकमा आन्तरिक उडानमा सामाजिक दुरी कायम गरी ५० प्रतिशत मात्र यात्रु बोक्ने व्यवस्था नरहेको तथा ५० प्रतिशत यात्रु बोक्दा टिकटको दर पनि दोब्बर पर्ने भएकाले यात्रुले अफोर्ड गर्न नसक्ने उनको भनाइ छ ।

यही अवस्थामा उडान सञ्चलन गर्दा हवाइ उद्योग नै धरासयी बन्ने भएकाले पूर्ण क्षमतामा यात्रु बोक्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिएको छ । यसअघि हवाइ सञ्चालकहरुले आन्तरिक उडान खोल्न माग गरेबमोजिम सरकारले निर्णय गरेपनि अहिले उडान सञ्चालन नगर्ने बताएका हुन् ।

Ad

सम्बन्धित समाचारहरु

चिडियाखानालाई ललितपुर महानगरको १० लाख सहयोग

चिडियाखानालाई ललितपुर महानगरको १० लाख सहयोग

ललितपुर। ललितपुर महानगरपालिकाले सदर चिडियाखानालाई १० लाख रुपैयाँ सहयोग गरेको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बिहीबार एक कार्यक्रमबीच चिडियाखानाका प्रमुख चिरन्जीवी पोखरेललाई चेक हस्तान्तरण गरेका हुन् ।

मलेशियन प्रतिद्धन्दीलाई हराउदै पाटाको कोषाध्यक्षमा सुमन पाण्डे निर्वाचित

काठमाडौं । एक्सप्लोर हिमालय ट्राभल एण्ड एड्भेन्चर प्रालिका अध्यक्ष तथा पाटा नेपाल च्याप्टरका पुर्व अध्यक्ष (२०१३–१८) सुमन पाण्डे पाटाको सचिव/कोषाध्यक्ष पदमा निर्वाचित भएका छन । विभिन्न ७७ मुलुकका ६ हजार भन्दा बढि सदस्य रहेको विश्वकै ठुलो पर्यटकीय संघ, प्यासिफिक एसिया ट्राभल एशोसियशन (पाटा) को यहि १२ नोभेम्बर २०२० मा भएको अनलाईन चुनावमा पाण्डेले मलेशियन प्रतिद्धन्दी फईज फधीलिल्लाह माथी विजय प्राप्त गरेका थिए । त्यस्तै भियतनामका उम्मेद्धार हाई होे, कम्बोडियाका प्रतिस्प्रधी डा. सोखोम थोक विरुद्ध उपाध्यक्ष पदमा विजय भएका छन भने, वर्तमान उपाध्यक्ष सिङ्गापुरका सुन हुवा वोङले पाटाको विधानअनुसार आगामी कार्यकालको अध्यक्षता गर्नेछन ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad