Namaste Icon
Ad

'संविधानको विरोध गर्नेहरु जातीय मानसिकताबाट ग्रसित रोगी हुन, उपचार जनतााको हातमा छ'

'संविधानको विरोध गर्नेहरु जातीय मानसिकताबाट ग्रसित रोगी हुन, उपचार जनतााको हातमा छ'
रामप्रसाद रिजाल नेता नेकपा तथा पूर्व केन्द्रीय सहायक प्रवक्ता समाजवादी पार्टी 

आज असोज ३ गते संविधान जारी भएको ५ वर्ष पुरा भएको छ । नेपालको वर्तमान संविधान संसारको उत्कृष्ट भएको किनभने तो संविधान ले संसद मैं ३३ प्रतिशत महिला हरूलाई आरक्षण दिएको छ भने उत्पिडीत समुदाय हरु आदिवासी जनजाति दलित महिला मुस्लिम खस मधेसी पिछड़ा वर्ग अपाङंग लगाएतलाई समानुपातिक समावेशी सिद्धान्त को आधारमा प्रतिनिधित्व को ब्यवस्था गरिएको छ । संविधान दिवसको उपलक्ष्यमा म नेपाली दाजु भाई दिदि बहिनी आमा बुवा लगाएत सम्पूर्ण महानुभाव हरुमा शुभकामना दिन चाहान्छु । संविधान भनेको गीता पुराण महाभारत रामायण स्वस्थानी कथा बाइबल जस्तो होइन राष्ट्र को आवश्यकता औचित्य अनुसार परिवर्तन संशोधन हुन्छ ।

मधेसवादी दलहरुले संविधान को विरोध गर्नु जायज नभएको हिम्मत भए जनता समाजवाद पार्टीका नेता हरुलाई संसदबाट राजिनामा दिएर सडकमा आउन चूनौती दिन चाहन्छ । अहिलेको संविधानमा जत्किो भएको समानुपातिक समावेशी व्यवस्था मधेसवादी दलमै नभएकोले स्पष्ट गर्न चाहन्छु।

संविधानलाई कार्यन्वयन गरी संघीय लोकतांत्रिक व्यवस्था लाई टिकाउन बलियो बनाउन राजनैतिक पार्टीका नेताहरुको आचारणमा सुधार हुनुपर्ने देखिन्छ । संविधानको विरोध गर्ने पार्टी तथा व्यक्तिहरु जातीयताको नारा लगाउने जातीय मानसिकताबाट ग्रसित रोगी हरु हून र यो जातीय रोगीहरुको उपचार नेपाली जनताले निर्वाचनमा गरिसकेका छन फेरी पनि गर्छन ।

रामप्रसाद रिजाल नेकपाका नेता  तथा समाजवादी पार्टीका पूर्व केन्द्रीय सहायक प्रवक्ता हून l

Ad

सम्बन्धित समाचारहरु

शिक्षासँग आवद्ध व्यक्तिहरूको महानता प्रस्तुत होस्

शिक्षासँग आवद्ध व्यक्तिहरूको महानता प्रस्तुत होस्

-सत्यराम कासिछ्वा

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad