Namaste Icon
Ad

जावलाखेलमा एकैसाथ ४ पार्क निर्माण हुने

जावलाखेलमा एकैसाथ ४ पार्क निर्माण हुने

ललितपुर। ललितपुुर महानगरको जावलाखेल क्षेत्रमा एकै साथ चारवटा पार्क बन्ने भएका छन् । यी पार्क ललितपुर महानगरको नगरस्तयरीय गौरवशाली आयोजना अन्तर्गत बन्न लागेका हुन् ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शनीबार ती पार्कको शिलान्यास गरेका छन् । चिल्ड्रेन पार्क, मिडल पार्क, पिस पार्क र गणेशमान सिंह पार्क नाम दिइएको यी पार्कहरु कुल २६ आना ३ पैसा जग्गामा निर्माण हुने छन् । यी पार्कको कुल लागत ७८ लाख ४८ हजार रहेको महानगरपालिकाले जनाएको छ ।

पार्कको शिलान्यास गर्दै नगरप्रमुख चिरीबाबु महर्जनले हरियाली र पानीजन्य परियोजनालाई महानगरले प्राथमिकतामा राखेको बताए । उनले भने, ‘ शहरभित्र पार्क निर्माण गर्दा सहरको सौन्दर्य बढ्छ ।’ खुल्ला स्थानको संरक्षण गर्न पार्क निर्माणलाई महत्व दिएको बताए । उनका अनुसार महानगरले खुल्ला ठाउँमा कुनै पनि भवन निर्माण गर्न नदिने नीति लिएको छ ।

अहिले नै खुल्ला ठाउँको संरक्षण नगर्ने हो भने नयाँ पुस्तालाई अन्याय हुने उनले स्पष्ट पारे । प्रमुख महर्जनले भने , ‘म सानो छँदा लगनखेलमा फुटबल खेल्न जान्थेँ, त्यहाँ सबैतिर पोखरी थियो , त्यही पौडी खेल्न सिकेको हो ,हाम्रो पुस्ताले जुन प्रकृतिमा रमाइलो गरेका थियौं ,त्यस्तो रमाइलो हाम्रा छोराछोरी र नातिनतिनाले गर्न पाएका छैनन् ।’ अब पनि संरक्षणमा नजुट्ने हो नयाँ पुस्ताले हामीलाई धिक्कार्ने बताए ।

ललितपुर महानगरपालिकाले लगनखेल, कुमारीपाटीको प्रसादी एकेडेमी नजिकै पार्क निर्माणको तयारी गरिरहेको छ । महानगरपालिकाका वरिष्ठ इन्जिनियर रामरतन शाहले पार्कमा बालमैत्री, अपागंतामत्री हुने बताए ।

कार्यक्रममा उपप्रमुख गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, पूर्वाधार महाशाखा प्रमुख रुद्र गौतम, सहरी विकास योजना महाशाखा प्रमुख श्रीकुमार महर्जनको उपस्थिति थियो । साथै गणेशमान सिंह सालिक संरक्षण समितिका अध्यक्ष तथा पूर्व सांसद रामकृष्ण चित्रकारको पनि उपस्थिति थियो ।

पार्कका डिजाइनर वृक्ष फाउण्डेसनका अध्यक्ष मिलन राईले पार्क बालमैत्री, अपागंता मैत्री बन्ने बताए । पार्क जैविक विविधतापूर्ण हुने समेत उनले स्पष्ट पारे । सिटिइभिटिइका पूर्व सदस्य सचिव तथा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेशकुमार बखतीले पार्क निर्माण र संरक्षणमा स्थानीयको भूमिका महत्वपूर्ण हुने बताए ।

 

Ad

सम्बन्धित समाचारहरु

चिडियाखानालाई ललितपुर महानगरको १० लाख सहयोग

चिडियाखानालाई ललितपुर महानगरको १० लाख सहयोग

ललितपुर। ललितपुर महानगरपालिकाले सदर चिडियाखानालाई १० लाख रुपैयाँ सहयोग गरेको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बिहीबार एक कार्यक्रमबीच चिडियाखानाका प्रमुख चिरन्जीवी पोखरेललाई चेक हस्तान्तरण गरेका हुन् ।

मलेशियन प्रतिद्धन्दीलाई हराउदै पाटाको कोषाध्यक्षमा सुमन पाण्डे निर्वाचित

काठमाडौं । एक्सप्लोर हिमालय ट्राभल एण्ड एड्भेन्चर प्रालिका अध्यक्ष तथा पाटा नेपाल च्याप्टरका पुर्व अध्यक्ष (२०१३–१८) सुमन पाण्डे पाटाको सचिव/कोषाध्यक्ष पदमा निर्वाचित भएका छन । विभिन्न ७७ मुलुकका ६ हजार भन्दा बढि सदस्य रहेको विश्वकै ठुलो पर्यटकीय संघ, प्यासिफिक एसिया ट्राभल एशोसियशन (पाटा) को यहि १२ नोभेम्बर २०२० मा भएको अनलाईन चुनावमा पाण्डेले मलेशियन प्रतिद्धन्दी फईज फधीलिल्लाह माथी विजय प्राप्त गरेका थिए । त्यस्तै भियतनामका उम्मेद्धार हाई होे, कम्बोडियाका प्रतिस्प्रधी डा. सोखोम थोक विरुद्ध उपाध्यक्ष पदमा विजय भएका छन भने, वर्तमान उपाध्यक्ष सिङ्गापुरका सुन हुवा वोङले पाटाको विधानअनुसार आगामी कार्यकालको अध्यक्षता गर्नेछन ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad