Namaste Icon
Ad

कांग्रेसमय बन्दै दुहु गाउपालिका, नेकपाका सयौंँ नेता कार्यकर्ता कांग्रेस प्रवेश

कांग्रेसमय बन्दै दुहु गाउपालिका, नेकपाका सयौंँ नेता  कार्यकर्ता कांग्रेस प्रवेश

दार्चुला । जिल्लाको दुहु गाउपालिकामा नेपाली कांग्रेसमा पार्टी प्रवेश गर्नेहरुको लहर नै चलेको छ । सत्ताधारी पार्टी नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्ने युवाहरुको लर्को लागेको हो । दुहुँ गाउँपालिका वाड नं ३ मा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल गठन कार्यक्रममा नेकपा परित्याग गरी सयौं नेता  कार्यकर्ता कांग्रेस प्रवेश गरेको नेबि संघका नेता गणेश सिहं धामीले जानकारी दिए ।


लामो समयसम्म नेकपालाई सहयोग गर्दै आएपनि विकास निर्माण देखी सुशासन कायम गर्ने कार्यमा नेकपा असफल भएकाले कांग्रेसमा प्रवेश गरेको नवप्रवेशीहरुको भनाई छ । नवप्रवेशी उनीहरुलाई दुहु गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले टिका लगाएर स्वागत गरेका छन् । यसअघि पनि दुहु गाँउपालिकामा सयौं नेकपाका कार्यकर्ता काँग्रेस प्रवेश गरिसकेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

सडक निर्माणलाई तीव्रता दिँदै ललितपुर महानगर

सडक निर्माणलाई तीव्रता दिँदै ललितपुर महानगर

ललितपुर । ललितपुर महानगरपालिकाको २९ वटा वडाभित्र सडक निर्माणको काम धमाधम भइरहेको छ । आउँदो जेठ महिनासम्ममा करीब २० किलोमिटर सडक कालोपत्रे हुने छन् । यस अन्तर्गत ५० वटा भित्री सडकहरु पर्छन् । यी सडक निर्माणका लागि ७४ करोड १६ लाख खर्च हुनेछ ।

क्यानाडामा रहेका लाक्पा शेर्पाद्वारा सोलुखुम्बुको विद्यालयलाई झोला सहयोग

काठमाडौं । सोलुखुम्बको लिखुपिके गाउँपालिका वडा ५ (साविकको भकान्जे) का ल्हाक्पा ओङ्छु शेर्पा हाल क्यानाडामा छन् । विदेशी भूमिमा रहेर पनि नेपाली माटाेलाई माया गरिरहेका शेर्पाले चन्द्रज्योती माध्यमिक विद्यालय भकान्जेलाई १ सय ४३ थान झोला सहयोग गरेका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad