Namaste Icon
Ad

मन्त्रिपरिषद् आंशिक पुनगर्ठन, कुन कुन मन्त्री फेरिदैं छन ?

मन्त्रिपरिषद् आंशिक पुनगर्ठन, कुन कुन मन्त्री फेरिदैं छन ?

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मन्त्रिपरिषद् आशिंक पुनगर्ठन गर्ने लगभग सहमति जुटाएको छ । व्यक्ति विशेष जाँदा पार्टीभित्रै अप्ठेरो पर्ने भन्दै त्यसका लागि मापदण्ड तय गर्ने सहमति सचिवालय बैठकमा जुटेको हो । नेकपा गठन भएपछि पहिलोपटक पेरिसडाँडामा बसेको सचिवालय बैठकमा आइतबार लगभग चार घण्टा मन्त्रिपरिषद् पुनगर्ठनको पहिलो एजेन्डामा छलफल भएको थियो ।

स्थायी कमिटी बैठकको निर्णयअनुसार मन्त्रिपरिषद् पुनगर्ठनका लागि मापदण्ड बनाउने विषयमा छलफल भए पनि कहिले गर्ने भन्ने एकिन भएको छैन । मन्त्रीहरू फेरिने हल्लाले मन्त्रालयमै अहिले काम गरिरहेका मन्त्रीहरूलाई काम गर्न अप्ठेरो पर्ने भएकाले मापदण्ड मात्रै बनाउने सहमति बनेको छ । मन्त्रिपरिषद् पुनगर्ठनका सुझावहरू सचिवालय बैठकमा आएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा मन्त्रिपरिषद् पुनगर्ठनको ठोस मापदण्ड तय नभए पनि विभिन्न विकल्पमा छलफल भने सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘स्थायी कमिटी बैठकको निर्णयअनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तय भएको छ । सचिवालयमा पुनर्गठनको मापदण्डका सम्बन्धमा विभिन्न कोणबाट नीतिगतरूपमा सुझाव दिइएको छ । व्यक्तिका नामका सन्दर्भमा प्रवेश भएको छैन । आवश्यक परे प्रधानमन्त्रीसँग पछि नै छलफल हुन्छ’, बैठकपछि उनले भने ।

पुनगर्ठनका लागि प्रधानमन्त्री ओलीले बैठकको सुरुमै तीन वटा प्रस्ताव राखेका छन् । सबैमन्त्रीलाई हटाउने वा दुई वर्ष पूरा भएकालाई हटाउने वा राम्रो काम गरिरहेकालाई राखेर अन्यलाई हटाउने भन्ने प्रस्ताव राखेका छन् । अधिकांश नेताबीच राम्रो काम गरेकालाई राख्ने र नयाँ अनुहार ल्याउने सहमति बने पनि निर्णय भने भइनसकेको स्रोतले जानकारी दियो । प्रधानमन्त्री ओली पनि राम्रो काम गरिरहेकालाई राख्ने र काम गर्न सक्ने नयाँ अनुहार ल्याएर मन्त्रिपरिषद् पुनगर्ठन गर्ने पक्षमा देखिएका छन् ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल भने सबैमन्त्रीलाई हटाउने र त्यसबाटै राख्नुपर्ने सहितलाई राखेर पुनगर्ठन गर्नुपर्ने पक्षमा उभिएका छन् । यसविषयमा केही विवाद देखिएपछि फेरी आवश्यक छलफल र परामर्श गर्ने सहमति बनेको छ । ‘प्रधानमन्त्री ओलीले यसविषयमा फेरी पार्टीका अर्का अध्यक्ष वा सचिवालयसँग परामर्श गरेर निर्णय गर्नुहुन्छ’, प्रवक्ता श्रेष्ठले भने ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टलाई निरन्तरता दिनुहुने सोचमा रहेका छन् । तर, अध्यक्ष दाहाल भने आफ्नी बुहारी बिना मगरलाई यथावत राख्दै थापा र भट्टलाई हटाउने सोचमा रहेकाले कुराकानी नमिलेको स्रोतको दाबी छ । लामो समयसम्म पनि मेलम्चीलाई टुंगोमा लगाउन नसकेको र आपूmलाईसमेत पटकपटक पानी ल्याउने भाका सार्वजनिक रूपमा बोल्न लगाएको भन्दै प्रधानमन्त्री मन्त्री मगरसँग असन्तुष्ट रहेको स्रोतले बताएको छ ।

यसैगरी प्रधानमन्त्री ओलीले उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता श्रेष्ठलाई मन्त्री बनाउने विषयमा संविधानले अप्ठेरो पर्ने विषय उठाएका छन् । उनले दुवै व्यक्ति मन्त्री बन्न सक्षम भए पनि आलोचना अझै बढ्ने र कानुनी अड्चन आउने हो कि भन्नेतर्फ सचेत रहनुपर्ने विषय उठाएका हुन् । सो विषयमा पोखरेलले समेत साथ दिएका छन् । तर, अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, अर्का वरिष्ठ नेता माधवकुमार नेपाल, गौतम र श्रेष्ठ भने अप्ठेरो नपर्ने सुझाव दिएका छन् । सौर्य दैनिकबाट

 

 

Ad

सम्बन्धित समाचारहरु

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।

यस्ताे बेला जनप्रतिनिधिले भत्ता लिन हुँदैन : भीम रावल

यस्ताे बेला जनप्रतिनिधिले भत्ता लिन हुँदैन : भीम रावल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले खातामा जम्मा भइसकेको दसैं खर्च फिर्ता गर्ने घोषणा गरेका छन्। कोरोना महामारीको विषम परिस्थितिमा सांसदले भत्ता लिनु ठीक होइन भन्ने कुरामा आफ्नो समर्थन रहेको जनाउँदै नेता रावलले ट्विटरमार्फत दसैं खर्चबापतको रकम फिर्ता गर्न मञ्जुर रहेको घोषणा गरेका हुन्।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad