Namaste Icon
Ad

नबिल बैंकले सुरु गर्यो ‘फोन लोन’ कसरी पाइन्छ ऋण ?

नबिल बैंकले सुरु गर्यो ‘फोन लोन’ कसरी पाइन्छ ऋण ?

काठमाडौं । बैंक नबिलले नेपालमै पहिलो पटक फोनबाट ऋण लिने सुविधा सुरु गरेको छ । बैंकमा खाता भएकाहरुले आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट लिइसक्ने छन्।

 

कसरी पाइन्छ ऋण ?

एफ वन सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा बैंकले यो सुविधा ल्याएको हो। नबिल स्मार्ट बैंकिङ अन्तर्गत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत् खातामा ऋण उपलब्ध गराइन्छ । यो सुबिधा लिन नबिलको स्मार्टबैंक प्रयोगकर्ता हुनुपर्ने र यस प्रकारको ऋण छोटो अवधीका लागि उपलब्ध हुने छ।


यसका विशेषताहरु यस्ता छन्
ऋण लिन इच्छुक ग्राहकले बैंकको शाखा भ्रमण गर्नुका साथै कुनै कागजी प्रक्रिया बिना नै नबिल बैंकले आफ्नो स्मार्टबैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्छन् ।

बैंकले सम्पूर्ण प्रक्रिया पूरा गरी तुरुन्त ऋण प्रवाह गर्दछ । ग्राहकको बैंकिङ कारोबारसँग निहीत भएकाले कुनै अतिरिक्त धितो आवश्यक नपर्ने यस योजना अन्तर्गत एक लाखसम्म ऋणको सुविधा लिन सकिने

बैंकका प्रमुख कार्यकारी अधिृकत अनिलकेशरी शाहका अनुसार बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने जस्ता विशेषताले गर्दा यो अत्यन्तै लोकप्रिय हुनुका साथै ग्राहकको केन्द्र बन्ने छ।

‘नेपालमा पहिलो पटक स्मार्ट बैंक एपमार्फत यति सहज र सरल सुविधा प्रस्तुत गर्न सक्नु गौरबको विषय हो’ शाहले भने। १ सय १९ शाखा तथा १ सय ८४ ओटा एटिएम सञ्जालमार्फत् बैंकले सेवा दिँदै आएको छ ।

Ad

सम्बन्धित समाचारहरु

कोञ्ज्योसोमको शंखुमा प्राकृतिक साकोसको अत्याधुनिक सदस्य सेवा काउन्टर

ललितपुर। 'बचत गरौँ भविष्य सपारौं' भन्ने मूल नाराका साथ् स्थापित प्राकृतिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको शंखुमा आफ्नो अत्याधुनिक सदस्य सुविधा काउन्टर सुरुवात गरेको छ। गोदावरी नगरपालिका १० चापागाउँमा मुख्य कार्यालय रहेको संस्थाको दक्षिण ललितपुरका शेयर सदस्यलाई सहज रुपमा सेवा दिने द्देश्यका साथ शंखुमा सदस्य सेवा काउन्टरको साथै विप्रेषण (रेमिटेन्स ) सेवा सुरुवात गरेको संस्थाका अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले बताए।

बढी भाडा असुल्दै सार्वजनिक यातायात

बढी भाडा असुल्दै सार्वजनिक यातायात

काठमाडौं । यातायात व्यवस्था विभागले कार्तिक १ गतेबाट पूरानै भाडा दर कायम गर्न सार्वजनिक यातायात सेवालाई निर्देशन गरेको भएपनि सवारी साधनहरुले अटेर गरेका छन । विभागले मन्त्रिपरिषदको निर्णय बमोजिम मध्यम तथा लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीहरुमा विभागबाट जारी भएको साविककै भाडा दर कायम गर्न भनेको थियो तर यात्रुसँग चढ्ने वित्तिकै २५ रुपैयाँ लिने गरेको गुनासो आएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad