Namaste Icon
Ad

‘बिजुली गए सिधै उर्जा मन्त्रालयमा फोन गर्नु’

‘बिजुली गए सिधै उर्जा मन्त्रालयमा फोन गर्नु’

काठमाडौं । पूर्वसूचनाबिना कतै विद्युत् बन्द भएमा सीधै ऊर्जा मन्त्रालय वा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा जानकारी गराउन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीको सचिवालयले उपभोक्तालाई अनुरोध गरेको छ।

ऊर्जामन्त्री वर्षमान पुन अनन्तका प्रेस संयोजक दयानिधि भट्टले काठमाडौंका कतिपय ठाउँमा विद्युत् बन्द हुने भनेर भ्रम छर्ने गरिएको पाइएकाले यसमा सचेत हुन सर्वसाधारण सबैमा आग्रह गरेका हुन्। अब बिजुली गए मन्त्रीको सचिवालयमा रहेको हटलाइन नम्बर ११५१ मा २४ सै घण्टा वा ९८५११०९८३५ मा फोन गर्न सकिनेछ।

 

Ad

सम्बन्धित समाचारहरु

कोञ्ज्योसोमको शंखुमा प्राकृतिक साकोसको अत्याधुनिक सदस्य सेवा काउन्टर

ललितपुर। 'बचत गरौँ भविष्य सपारौं' भन्ने मूल नाराका साथ् स्थापित प्राकृतिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको शंखुमा आफ्नो अत्याधुनिक सदस्य सुविधा काउन्टर सुरुवात गरेको छ। गोदावरी नगरपालिका १० चापागाउँमा मुख्य कार्यालय रहेको संस्थाको दक्षिण ललितपुरका शेयर सदस्यलाई सहज रुपमा सेवा दिने द्देश्यका साथ शंखुमा सदस्य सेवा काउन्टरको साथै विप्रेषण (रेमिटेन्स ) सेवा सुरुवात गरेको संस्थाका अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले बताए।

बढी भाडा असुल्दै सार्वजनिक यातायात

बढी भाडा असुल्दै सार्वजनिक यातायात

काठमाडौं । यातायात व्यवस्था विभागले कार्तिक १ गतेबाट पूरानै भाडा दर कायम गर्न सार्वजनिक यातायात सेवालाई निर्देशन गरेको भएपनि सवारी साधनहरुले अटेर गरेका छन । विभागले मन्त्रिपरिषदको निर्णय बमोजिम मध्यम तथा लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीहरुमा विभागबाट जारी भएको साविककै भाडा दर कायम गर्न भनेको थियो तर यात्रुसँग चढ्ने वित्तिकै २५ रुपैयाँ लिने गरेको गुनासो आएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad