Namaste Icon
Ad

बच्चाको लिङ्ग थाहा पाउन पत्नीको पेट चिरेपछि...

बच्चाको लिङ्ग थाहा पाउन पत्नीको पेट चिरेपछि...

काठमाडौं । भारतमा बच्चाको लिङ्ग थाहा पाउनको लागि एक पुरुषले गर्भवती पत्नीको पेट चिरिदिएका छन्। ती पुरुषले धारिलो हतियारले पत्नीको पेट चिरिदिएपछि उनले मृत बच्चा जन्माएको अल्जाजिराले जनाएको छ।

यस घटना उत्तर प्रदेशको बदायूँ जिल्लाको भएको बताइएको छ। हालसम्म यी दम्पतीको पाँच जना छोरी थिए। ती पुरुषले आफ्नी श्रीमतीलाई छोरा जन्माउन दबाब दिइरहन्थे।

महिलाकी माइती पक्षले पनि ती पुरुषले छोरा जन्माउन दबाब दिने गरेको बताएका छन्। हाल पक्राउ परेका ती पुरुषले यस घटनालाई दुर्घटनाको सङ्ज्ञा दिँदै आफूले जानीजानी त्यस्तो कार्य नगरेको प्रहरीसँग बताएका छन्।

यद्यपी पारिवारिक स्रोतले प्रहरीलाई छोरा पाउने विषयलाई लिएर यी दम्पतीबीच नियमित रूपमा झगडा हुने गरेको बताएका छन्।

Ad

सम्बन्धित समाचारहरु

पछुतो

पछुतो

प्रमिला विश्वकर्मा,संखुवासभा , चैनपुर पोखरी 

बडादशैँ शुरुः शनिबार घटस्थापना

बडादशैँ शुरुः शनिबार घटस्थापना

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ । नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजीकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखेर त्यसमाथि यव (जौ) रोपिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad