Namaste Icon
Ad

शहीद दशरथ चन्दको जन्मघरमा होमस्टेको सुविधा

शहीद दशरथ चन्दको जन्मघरमा होमस्टेको सुविधा

लक्ष्मण विसी, बैतडी । अमर शहीद दशरथ चन्दको जन्मघर पुर्ननिर्माण गरेर चिटिक्क पारिएको छ । बैतडीको दशरथ चन्द नगरपालिका–५, बस्कोटमा रहेको ८ वटा कोठाको दुईतले घर पुर्ननिर्माणपछि रङ्रोगन गरेर चिटिक्क पारिएको हो ।सेतो रङ्गको घरको भित्तामा दशरथ चन्दको अर्ध तस्बिर बनाईएको छ ।

संघीय सरकारको पर्यटन मन्त्रालयबाट २० लाख रुपियाँ अनुदानमा शहीद दशरथ चन्दको जन्म घर पुर्ननिर्माण गरिएको छ ।दशरथ चन्दको बारेमा अध्ययन, अवलोकन गर्न आउने आगन्तुकको सुविधाका लागि होमस्टेको व्यवस्थासहित घर पुर्ननिर्माण गरिएको सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानले जानकारी दिएको छ । दुई तले घरको भूईतलामा भान्साकोठा,अतिथि कक्ष र माथिल्लो तलामा रहेका चारवटा कोठामा, टेलिभिजन र ईन्टरनेटको सुविधासहित बास बस्ने गरि घर पुर्ननिर्माण गरिएको छ ।

सहिद दशरथ चन्दले प्रयोग गर्ने गरेको एउटा कोठामा भने संग्राहलय राख्ने गरी तयार पारिएको सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोद चन्दले जानकारी दिए । दशरथचन्दका बारेमा अध्ययन, अवलोकन गर्न आउने आगन्तुकलाई होमस्टेको सुविधा दिने गरी घर पुर्ननिर्माण गरेका पनि उनले बताए । अध्ययन अवलोकनका लागि आउने पाहुनालाई बास बस्न तीन किलो मिटर टाढा जानु पर्ने बाध्यता भएकोले सहिदको जन्मघरमै होमस्टेको व्यवस्था गरेका हौं । सहिद दशरथ चन्दले प्रयोग गर्ने कोठामा भने संग्राहलय हुने छ ।

बैतडी सदरमुकाम गोठालापानीबाट करिब तीन किलो मिटर दूरीमा रहेको सहिद दशरथ चन्दको जन्मघर जाने सुन्दरखाली मार्गमा सहिद गेट निर्माण गर्ने काम समेत अन्तिम चरणमा पुगेको सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानले जानकारी दिएको छ ।

दशरथ चन्द नगरपालिका बैतडीको आठ लाख रुपियाँ आर्थिक सहयोमा सहिदगेट निर्माण भएको छ । दशरथ चन्द स्मृति प्रतिष्ठान स्थापना भएको २५ वर्षको उपलक्षमा स्मृति ग्रन्थ प्रकाशनको समेत तयारी भईरहेको प्रतिष्ठानका अध्यक्ष विनोद चन्दले बताए ।

Ad

सम्बन्धित समाचारहरु

सडक निर्माणलाई तीव्रता दिँदै ललितपुर महानगर

सडक निर्माणलाई तीव्रता दिँदै ललितपुर महानगर

ललितपुर । ललितपुर महानगरपालिकाको २९ वटा वडाभित्र सडक निर्माणको काम धमाधम भइरहेको छ । आउँदो जेठ महिनासम्ममा करीब २० किलोमिटर सडक कालोपत्रे हुने छन् । यस अन्तर्गत ५० वटा भित्री सडकहरु पर्छन् । यी सडक निर्माणका लागि ७४ करोड १६ लाख खर्च हुनेछ ।

क्यानाडामा रहेका लाक्पा शेर्पाद्वारा सोलुखुम्बुको विद्यालयलाई झोला सहयोग

काठमाडौं । सोलुखुम्बको लिखुपिके गाउँपालिका वडा ५ (साविकको भकान्जे) का ल्हाक्पा ओङ्छु शेर्पा हाल क्यानाडामा छन् । विदेशी भूमिमा रहेर पनि नेपाली माटाेलाई माया गरिरहेका शेर्पाले चन्द्रज्योती माध्यमिक विद्यालय भकान्जेलाई १ सय ४३ थान झोला सहयोग गरेका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad