Namaste Icon
Ad

यौन सम्पर्क गर्नुपूर्व नगरौं यी ५ यी काम

यौन सम्पर्क गर्नुपूर्व  नगरौं यी ५ यी काम

यौन मानिसको एउटा अनिवार्य शारीरिक आवश्यकता हो । यो आवश्यकतालाई पूरा गर्दा वा यसलाई व्यवस्थापन गर्दा हामीले निकै ख्याल गर्नुपर्ने हुन्छ । एउटा सानो सावधानी अपनाउँदा ठूलो समस्याबाट जोगिन सकिन्छ । सामान्य लाग्ने लापरवाहीले पनि हाम्रो शरीरमा गम्भीर संकट निम्त्याउन सक्दछ । त्यसकारण यौन सम्पर्क गर्नुपूर्व यी काम भुलेर पनि गर्नुहुँदैन

 


पिसाव गर्नुहुदैन

मुत्रनलीमा हुने संक्रमण वा घाउको मुख्य कारण यौन सम्पर्क गर्नुअगाडि पिसाब फेर्नु भएको कुरा वैज्ञानिकले पत्ता लगाएका छन् । यसको वैज्ञानिक कारण छ । यौन सम्पर्कका क्रममा हाम्रो मुत्रनलीमा विभिन्न व्याक्टेरिया उत्पन्न हुने गर्दछन् । यस्ता व्याक्टेरियाका कारण मुत्रनलीमा संक्रमण वा घाउ हुने गर्दछ । तर यौन सम्पर्क गर्नुअघि पिसाब फेरियो भने यौन सम्पर्कपछि पिसाब फेरिदैन । जसका कारण मुत्रनलीमा जम्मा भएका व्याक्टेरिया त्यहीँ रहन्छन् । यसकारण पनि यौन सम्पर्क गरेपछि मात्रै पिसाब फेर्दा राम्रो मानिन्छ जसले गर्दा मुत्रनलीमा भएका व्याक्टेरिया पिसाबसँगै बाहिर निस्कछन् ।

 


कडाखालको औषधी खानुहुँदैन

यौन सम्पर्क गर्नुअगाडि कडाखालमा औषधी प्रयोग गर्नुहुदैन । कडा औषधी प्रयोग गरेपछि औषधीका कारण हाम्रो शरीरका धेरै नलीहरु सुख्खा हुनेगर्दछन् । जसले गर्दा हाम्रो यौनाङ्गमा भएका नलीपनि सुख्खा हुनजान्छन् । विशेषगरी एलर्जीका लागि प्रयोग गरिने एन्टीहिस्टामिन भन्ने औषधी प्रयोग गर्नु निकै हानिकारक मानिन्छ । अझ महिलाले यो औषधी प्रयोग गर्ने हो भने योनी सुख्खा हुने गर्दछ । जसले गर्दा एकातिर यौनानन्द प्राप्त गर्न सकिन्न भने अर्कोतिर यसले लिङ्गमा पनि नकरात्मक असर पार्दछ । त्यसैले कुनै पनि औषधी खाएर यौन सम्पर्क नगर्दा नै राम्रो मानिन्छ ।


रक्सी खानुहुदैन

प्रायः मानिसहरु रक्सी खाएर यौन सम्पर्क गर्दा आफूले पूर्ण सन्तुष्टि पाउने बताउँछन् । रक्सी खाएपछि लाजपनि हट्ने र यौन क्रियाकलाप रमाइलो हुने कतिको विश्वास रहेको छ । यसमा केही सत्यता पनि छ । तर रक्सी खाएर यौन सम्पर्क गर्दा हाम्रो शरीरमा यसले कस्तो असर पार्दछ भन्ने कमैलाई थाहा हुन्छ । रक्सी खाएको बेला शरीरका नशा निकै तात्ने र तन्किने गर्दछन् । जसले गर्दा हाम्रो शरीरको शक्ति अनावश्यक रुपमा नष्ट भइरहेको हुन्छ । साथै यसले शरीरको प्राकृतिक प्रणालीमा समेत नकरात्मक असर पारिरहेको हुन्छ ।


अब यस्तो बेलामा यौन क्रियाकलाम गर्दा के होला भनेर एकपट सोच्नुस् त । एकातिर रक्सीका कारण र अर्कोतिर यौन क्रियाकलापका कारण हाम्रो शरीर तात्दा यसको असरलाई सजिलै अनुमान लगाउन सकिन्छ । त्यसैले रक्सी खाएर यौन सम्पर्क गर्नु निकै हानिकारक मानिन्छ ।

 

गलत आकारको कन्डम प्रयोग गर्नुहुँदैन

सुरक्षित यौन सम्पर्कका लागि कन्डम प्रयोग गर्नु निकै राम्रो कुरा हो । तर लिङ्गको आकारसँग मेल खाने कन्डम प्रयोग गरिएन भने यसले समस्या समस्या पनि निम्त्याउन सक्दछ । यदि लिङ्गभन्दा ठूलो साइजको कन्डम प्रयोग गरियो भने योनीभित्र कन्डम फस्ने संभावना हुन्छ भने सानो साइजको कन्डम प्रयोग गर्दा फुट्ने संभावना हुन्छ । त्यसकारण लिङ्गको आकार औसत९५।१ इन्च० भएमा सानो आकारको कन्डम९१।७५ इन्च चौडाइ र ६।३ इन्च लम्बाइ भएको० प्रयोग गर्नुपर्दछ । तर लिङ्गको आकार ठूलो भएमा भने ठूलो आकारको कन्डम प्रयोगमा ल्याउनुपर्दछ ।


सेभिङ गर्नुहुदैन

कैयौं मानिसले यौनाङ्ग सेभिङ (रौं खौरने काम) गरेर यौन सम्पर्क राख्न मन पराउँछन् । तर सेभिङ गर्ने बित्तिकै यौन सम्पर्क गर्दा एसटिआई (सेक्सुअल्ली ट्रान्समिटेड डिजिज) हुने संभावना बढी रहने डाक्टरहरु बताउँछन् । सेभिङ गर्दा औजारले चिथरेको वा काटेको ठाउँमा संक्रमण हुनसक्दछ भने व्याक्टेरियाको संक्रमण हुने खतरा पनि हुन्छ । यसकारण यौन सम्पर्क गर्नुअघि कि सेभिङ नै नगर्ने वा सेभिङ गरेको केही समयपछि मात्रै यौन सम्पर्क गर्नु राम्रो मानिन्छ ।

Ad

सम्बन्धित समाचारहरु

पछुतो

पछुतो

प्रमिला विश्वकर्मा,संखुवासभा , चैनपुर पोखरी 

बडादशैँ शुरुः शनिबार घटस्थापना

बडादशैँ शुरुः शनिबार घटस्थापना

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ । नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजीकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखेर त्यसमाथि यव (जौ) रोपिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad