Namaste Icon
Ad

पुष्प र दीपिकाको मुख्य भूमिकामा बन्ने ‘कृष्ण लिला’

पुष्प र दीपिकाको मुख्य भूमिकामा बन्ने ‘कृष्ण लिला’

काठमाडौं । चलचित्र ‘कृष्ण लिला’को निर्माण हुने भएको छ । दिपक वलीको निर्देशनमा बन्ने यो चलचित्रमा लक्ष्मण सुवेदीको लेखन छ । चलचित्रमा अर्जुन पोखरेलले संगीत भरेका छन् ।

चलचित्रमा नायक पुष्प खड्का र नायिका दीपिका प्रसाँइको मुख्य भूमिका रहनेछ । साथमा चलचित्रमा वुद्दी तामाङ, रविन्द्र झा लगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ । यो चलचित्रको छायांकन असोजको १५ गतेबाट सुरु गर्ने योजनामा निर्माणपक्ष छ ।

चलचित्रको छायांकन इलामको साथमा तराइका विभिन्न जिल्लामा हुनेछ । रोमान्टिक सस्पेन्स कथामा यो चलचित्र बन्न लागेको वुझिएको छ । रोहित कट्टेलको प्रस्तुतीमा तयार हुन लागेको यो चलचित्रका निर्माता रत्न श्रेष्ठ हुन् ।

लामो समयदेखि ठप्प रहेको चलचित्र क्षेत्र विस्तारै चलायमान हुन थालेको छ । २ दिन अगाडि मात्र काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘हिड्दा हिड्दै’को घोषणा गरिएको थियो ।

Ad

सम्बन्धित समाचारहरु

मेलिना र सुमन को नयाँ गीत "बुट्टे चोली" सार्वजनिक

मेलिना र सुमन को नयाँ गीत "बुट्टे चोली" सार्वजनिक

काठमाडौँ । गायक सुमन राईको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित गायिका मेलिना राई र गायक सुमन राई र कोरस भोकल दीपा तामाङ,संगीता रानापयाली,दीपा सुहाङ, बुद्ध राई ,सुमन मगर,तायहाङ राईको स्वरमा रहेको "बुट्टे चोली" बोलको गीत राम शोभा राई अफिसियल नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

आस्था राउतले ल्याइन ‘यानी माया’ (भिडियो)

आस्था राउतले ल्याइन ‘यानी माया’ (भिडियो)

काठमाडौं । गायिका आस्था राउतको एल्बम ‘आधार २’ मा रहेको गीत ‘यानी माया’को भिडियो सार्वजनिक भएको छ। आस्थाको एकल स्वर रहेको गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत र महाराज थापाको एरेन्ज छ। दसैँ, तिहार र छठलाई लक्षित गरेर गीतको भिडियो सार्वजनिक गरिएको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad