Namaste Icon
Ad

बैतडीका किसानको रोजाईमा किवी खेती

बैतडीका किसानको रोजाईमा किवी खेती

लक्ष्मण विसी, बैतडी । आफ्नै व्यात्तिगत प्रयासमा किवी खेती गरेका बैतडीको पाटन नगरपालिकाका वडा नम्बर १०का किसान पदम राज भट्टको बारीमा लटरम्म फल्न थालेको छ । डडेल्धुरा बाट १२ ओटा बोट ल्याएर खेती सुरु गरेर भट्टले एकै बोटमा एक देखि डेढ क्वीन्टल फल्ने अनुमान गरेका छन् । भट्टले किवी सुरु गरेको थाहा पाए पछि पाटन नगरपलिकाका कृषी प्राविधिक र जनप्रतिनधिहरुले अनुगमन गरेका छन् । जिल्लामै पहिलो चोटी किवी खेती सुरु भएपछि यसको प्रवद्दन र आवश्यक सल्लाह दिने पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीको भनाई छ ।

किबी फलको बजारमा माग भएकाले यसबाट किसानलाई जीविकोपार्जन गर्न सहज हुने र यसको विस्तार गर्ने पाटन नगरपालिका वंडा नम्बर १० का अध्यक्ष देवेन्द्र कुँवरले बताए । एकै बोटमा धेरै फल्ने र प्रशस्त भिटामिन सी पाईने भएकाले पनि यसतर्फ किसानहरुको आकर्षण बढेको हो । बजारमा किवीको मुल्य ५ सय देखि ६ सय रुपैयाँ प्रतिकिलोका हिसाबले विक्रि हुने गरेको छ । यसबाट मनग्य आम्दानी गर्न बैतडीका किसानहरुकोे किबी खेतीतर्फ लागेका हुन ।

Ad

सम्बन्धित समाचारहरु

दुई रोपनी जमिनमा मेवा खेती शुरु

दुई रोपनी जमिनमा मेवा खेती शुरु

महाकाली नगरपालिका– ९ दत्तुका मोहनसिंह सामन्त र सुरज सामन्तले व्यक्तिगत लगानीमा मेवा खेती शुरु । कोभिड– १९ कारण घरमा बेरोजगार बस्नुभन्दा आफ्नै दुई रोपनी जमिनमा मेवा खेती शुरु गरेका हुन् । उनीहरुले पहिलो चरणमा २०० बोट मेवाका लगाएका छन् ।

संविधानले पनि  खाद्य अधिकार र खाद्य सम्प्रभुताको ग्यारेन्टी गरेको : कृषि मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले खाद्य बाली जीवनको अस्तित्वसँग जोडिएकोले संविधानले पनि आद्य अधिकार र खाद्य सम्प्रभुताको ग्यारेन्टी गरेको बताएका छन् । ४० औ विश्व खाद्य दिवसको अवसरमा शुक्रवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले संविधानको मर्मअनुसार नै ऐनको तर्जुमा गरिएको र नियमावली पनि बन्ने क्रममा रहेको उनको भनाइ छ । उनले सबैले खाने, स्वास्थकर खान पाउने अधिकारको विषय संवैधानिक र राजनीतिकरुपमा सम्बोधन भएको पनि अझै धेरै गर्न बाँकी रहेको बताए । त्यसका लागि कृषि प्राविधिकहरुले आफ्नो क्षेत्रमात्र नभइ समग्र कृृषि क्षेत्र विकासको सोच राखेर अघि बढ्नुपर्ने आवश्यकतामा उनले जोड दिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad