Namaste Icon
Ad

भट्टेडाँडामा पहिरोः दुई टिपर र एक मोटरसाइकल पुरियाे, पाँच जनाघाइते

भट्टेडाँडामा पहिरोः दुई टिपर र एक मोटरसाइकल पुरियाे, पाँच जनाघाइते

ललितपुर । ललितपुर बागमती गाउँपालिका ३ भट्टेडाँडास्थित कान्ति लोकपथमा पहिरो जाँदा दुई टिपर र एक मोटरसाइकल पुरिएका छन्। पहिरोमा परी पाँच जना घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

बुधबार साँझ पहिरो गए पनि बिहीबार बिहानमात्र उद्धारमा प्रहरी पुगेको छ। घाइते पाँचै जनाको स्थानीय स्वास्थ्यकर्मीले उपचार गरिरहेका छन्।यतिबेला प्रदेश सभा सांसद चेतनाथ संजेल घाईतेलाई हेलिकोप्टरमार्फत काठमाडौँ ल्याउनका लागि सहज मौसमको प्रतीक्षा गर्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कुरिरहेका छन्। मौसम अनुकुल हुनासाथ घाईतेलाई ल्याईने संजेलले जानकारी दिए। 

उनीहरूलाई थप उपचारका लागि कतै पनि ल्याउन नसकिएको महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ। उक्त क्षेत्रका प्रतिनिधिसभा सदस्य नवराज सिलवालका अनुसार घाइतेमध्ये कुमार नगरकोटीको अवस्था गम्भीर छ। 

Ad

सम्बन्धित समाचारहरु

सडक निर्माणलाई तीव्रता दिँदै ललितपुर महानगर

सडक निर्माणलाई तीव्रता दिँदै ललितपुर महानगर

ललितपुर । ललितपुर महानगरपालिकाको २९ वटा वडाभित्र सडक निर्माणको काम धमाधम भइरहेको छ । आउँदो जेठ महिनासम्ममा करीब २० किलोमिटर सडक कालोपत्रे हुने छन् । यस अन्तर्गत ५० वटा भित्री सडकहरु पर्छन् । यी सडक निर्माणका लागि ७४ करोड १६ लाख खर्च हुनेछ ।

क्यानाडामा रहेका लाक्पा शेर्पाद्वारा सोलुखुम्बुको विद्यालयलाई झोला सहयोग

काठमाडौं । सोलुखुम्बको लिखुपिके गाउँपालिका वडा ५ (साविकको भकान्जे) का ल्हाक्पा ओङ्छु शेर्पा हाल क्यानाडामा छन् । विदेशी भूमिमा रहेर पनि नेपाली माटाेलाई माया गरिरहेका शेर्पाले चन्द्रज्योती माध्यमिक विद्यालय भकान्जेलाई १ सय ४३ थान झोला सहयोग गरेका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad