Namaste Icon
Ad

लेलेमा महिलाको हत्या गर्ने अभियुक्त मैतीदेवीबाट पक्राउ

लेलेमा महिलाको हत्या गर्ने अभियुक्त मैतीदेवीबाट पक्राउ

काठमाडौँ। पाँच वर्षअघि ललितपुरको लेलेमा एक महिलाको हत्या गरी फरार भएका एक आरोपी पक्राउ परेका छन्। बिहीबार महानगरीय अपराध महाशाखाको टोलीले सिराहा घर भइ काठमाडौं बस्ने २४ वर्षीय रविकुमार यादवलाई मैतीदेवीबाट पक्राउ गरेको हो।

गत २०७२ वैशाख १५ गते गोदावरी नगरपालिका ५ लेले फैडोल सामुदायिक वनमा ईटहरी नगरपालिका ४ घर भई चापागाउँ बस्ने आरती परियारको २ जना पुरुषले हत्या गरेका थिए। परियारको घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए। महाशाखाले पुरानो घटनाको अनुसन्धान गर्न बनाएको विशेष टोलीले यादवलाई पक्राउ गरेको हो।

एसएसपी थापाका अनुसार रविकुमार यादवलाई पक्राउ गर्न लगातार निगरानीसहित सूचना संकलन गरिँदै आएको थियो। घटनापछि यादव भारतस्थित बैङ्लोर गएका थिए। उनी केही दिन देखि काठमाडौंमा आएको भन्ने खबर पाएपछि प्रहरीले खोजी थालेको थियो।त्यस्तै यस घटनामा संलग्न अर्का व्यक्तिको पनि खोजी भइरहेको एसएसपी थापाले बताए। उनका अनुसार ती व्यक्ति भारतमा रहेको खुलेको छ।

‘अर्का व्यक्ति भारतमा छन् भन्ने खुलेको छ। दुबै जना पक्राउ परेपछि किन हत्या गरेका थिए भन्ने विस्तृत खुल्न आउँछ’ उनले भने। यादवमाथि थप अनुसन्धान गर्न महाशाखाले महानगरीय प्रहरी वृत्त, चापागाँउमा बुझाएको छ।

Ad

सम्बन्धित समाचारहरु

एक्कासि गम्भीर बिरामी भएका नेकपा सांसद राधेश्यामलाई काठमाडौँ ल्याईयो

काठमाडौँ। राष्ट्रिय सभाका सांसद राधेश्याम पासवान एक्कासि गम्भीर बिरामी परेपछि उपचारका लागि काठमाडौं लगिएको छ। सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानी घर भएका पासवान शनिबार दिउँसो घरमै एक्कासि बेहोस भएपछि केहीबेर अघि उनलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको सत्तारुढ दल नेकपा सर्लाही जिल्ला कमिटीका सचिव कमल बुढाथोकीले जानकारी दिए।

ललितपुरबाट लागुऔषधसहित ४ जना पक्राउ

ललितपुरबाट लागुऔषधसहित ४ जना पक्राउ

काठमाडौँ। सशस्त्र प्रहरीको इन्टेलीजेन्स विशेष व्यूरोले ललितपुरबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। ललितपुरको हात्तिवनबाट औषधि जन्य लागुऔषध र २ केजी चरेससहित चार जनालाई पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाईएको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad