Namaste Icon
Ad

भट्टेडाँडाको पहिरोस्थलमा हेलिकोप्टर जान सकेन, कार्कीबासबाट सेनाको टोली पनि फर्कियो

भट्टेडाँडाको पहिरोस्थलमा हेलिकोप्टर जान सकेन, कार्कीबासबाट सेनाको टोली पनि फर्कियो

सन्तोष दाहाल, ललितपुर। अविरल वर्षाका कारण कान्ति लोकपथ अन्तर्गत बागमती गाउँपालिकाको भट्टेडाँडामा घाईतेको उदार गर्नका लागि जाने भनिएको हेलिकोप्टर प्रतिकुल मौसमका कारण जान नसकी उडान स्थगित भएको छ।

हेलिकोप्टर जान नसकेपछि भैरव गण लेले ब्यारेक बाट उद्दारका लागि गएको नेपाली सेनाको टोली समेत कार्कीबासमा नयाँ पहिरो गएपछि उक्त पहिरो क्रस गर्न नसक्दा बीचबाटै फर्किएको प्रदेश सांसद चेतनाथ संजेलले जानकारी दिएका छन्।

भट्टेडाँडाको पाङदुर डोलमा बुधबार गएको पहिरोमा परी ५ जना घाईते भएका छन् भने दुई टिपर र एक मोटरसाइकल पुरिएका छन्। घाईतेहरुको उद्दारका लागि प्रदेश सांसद बिहीबार दिनभर हेलिकप्टर लिएर जान भनी अनुकुल मौसमको प्रतीक्षा गर्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रतीक्षा गरेका थिए। तर प्रतिकुल मौसमका कारण हेलिकप्टर लान नसकिएको सांसद संजेलले बताए।

Ad

सम्बन्धित समाचारहरु

एक्कासि गम्भीर बिरामी भएका नेकपा सांसद राधेश्यामलाई काठमाडौँ ल्याईयो

काठमाडौँ। राष्ट्रिय सभाका सांसद राधेश्याम पासवान एक्कासि गम्भीर बिरामी परेपछि उपचारका लागि काठमाडौं लगिएको छ। सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानी घर भएका पासवान शनिबार दिउँसो घरमै एक्कासि बेहोस भएपछि केहीबेर अघि उनलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको सत्तारुढ दल नेकपा सर्लाही जिल्ला कमिटीका सचिव कमल बुढाथोकीले जानकारी दिए।

ललितपुरबाट लागुऔषधसहित ४ जना पक्राउ

ललितपुरबाट लागुऔषधसहित ४ जना पक्राउ

काठमाडौँ। सशस्त्र प्रहरीको इन्टेलीजेन्स विशेष व्यूरोले ललितपुरबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। ललितपुरको हात्तिवनबाट औषधि जन्य लागुऔषध र २ केजी चरेससहित चार जनालाई पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाईएको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad