Namaste Icon
Ad

युवा नेता सुजन भण्डारीद्वारा स्वास्थ्य सुरक्षा सामाग्री बितरण

युवा नेता सुजन भण्डारीद्वारा स्वास्थ्य सुरक्षा सामाग्री बितरण

काभ्रे । नेपाल विद्यार्थी संघ काभ्रेका उप–सभापति सुजन भण्डारीले भुम्लु २ सिम्थलिमा रहेको एउटा मावि, एउटा निमावि र दुईवटा प्राविमा मास्क साबुन र सेनेटाइजर बितरण गरेका छन । श्री अरुणोदय माबि पूर्व विद्यार्थी मञ्चको सस्थापक अध्यक्ष समेत रहेका उनले सिम्थलिको प्रत्येक बिद्यालयमा आफै उपस्थित भइ उक्त सामग्री हस्तान्तरण गरेका हुन ।

अरुणोदय माविलाई ४५० पिस कपडाको पुन प्रयोग गर्न मिल्ने मास्क, १०० पिस सर्जिकल मास्क, ५.५ लिटर सेनेटाइजर , ८० पिस साबुन, हार्पिक, फिनेल लगायत सामग्री बितरण गरेका छन । सेतिदेबी निमाबि लाइ १५० पुन प्रयोग हुने मास्क २० पिस साबुन र १०० पिस सर्जिकल मास्क, कालिदेबी प्राबिलार्इ १५० पिस मास्क र २० पिस साबुन तेसैगरी बालउन्नती प्राविलार्इ १०० पिस पुन प्रयोग गर्न मिल्ने मास्क र २० पिस साबुन हस्तान्तरण गरेका छन ।

कोरोनाबाट संक्रमीत भइ सिम्थलिमा एक जनाको मृत्यु भइसकेको छ । भुम्लुको सिम्थलिमा पनि मुलुकभर भएको लकडाउनको प्रभावले सबैतिरको बिद्यालय बन्द थिए, तर अहिले संचालनमा ल्याउनु पहिले कुनै पनि स्वास्थ सुरक्षा सतर्कता नअपनाइएको पाइएको उनले बताए ।

यसैगरी कोरोनाबाट प्रभावित रहेको सिम्थली साबिक ७ नम्बर वडाको प्रत्येक घरलाइ साबुन र मास्क बितरण गरेको उनले बताए । उनकन अनुसार कोरोना लागेको ब्याक्तिको स्वास्थ्य अबस्था पनि सामान्य रहेको र होम क्वारेन्टाइनमा उक्त बिरामी रहेका छन ।

उनले बिद्यालयहरु बाहेक ३०० पिस पुन प्रयोग गर्न मिल्ने मास्क र १९०० पिस सर्जिकल मास्क, १५० पिस साबुन सिम्थलिको जनताको लागि बितरण गरिएको जानकारी दिए । उनले सिम्थलिवासिलाइ आवस्यक काम बाहेक कोहि कसैलाइ नभेट्न र नआत्तिन समेत अपिल गरेका छन । आवस्यक परेको बेला जुनसुकै अप्ठ्यारोमा सिम्थलिवासिलार्इ आफ्नो साथ रहेको र यी बेला सबै राजनितीक दल र समाजलगायत सवैले सिम्थलिलाइ सुख र दुखमा एकजुट भएर अगाडि बढनु आबश्यकता रहेको बताएका छन् ।

उक्त कार्यक्रममा सफल बनाउन शान्ता क्षेत्री , बबिता भण्डारी, नबराज रेग्मी, राजु खड्का, नवीन भण्डारी , नितेस भण्डारी, भण्डारी केशब महत , रामकृष्ण पहरी, सन्जय खड्का यादव न्यौपाने लगायको सहयोग तथा साथ रहेको थियो ।

Ad

सम्बन्धित समाचारहरु

सडक निर्माणलाई तीव्रता दिँदै ललितपुर महानगर

सडक निर्माणलाई तीव्रता दिँदै ललितपुर महानगर

ललितपुर । ललितपुर महानगरपालिकाको २९ वटा वडाभित्र सडक निर्माणको काम धमाधम भइरहेको छ । आउँदो जेठ महिनासम्ममा करीब २० किलोमिटर सडक कालोपत्रे हुने छन् । यस अन्तर्गत ५० वटा भित्री सडकहरु पर्छन् । यी सडक निर्माणका लागि ७४ करोड १६ लाख खर्च हुनेछ ।

क्यानाडामा रहेका लाक्पा शेर्पाद्वारा सोलुखुम्बुको विद्यालयलाई झोला सहयोग

काठमाडौं । सोलुखुम्बको लिखुपिके गाउँपालिका वडा ५ (साविकको भकान्जे) का ल्हाक्पा ओङ्छु शेर्पा हाल क्यानाडामा छन् । विदेशी भूमिमा रहेर पनि नेपाली माटाेलाई माया गरिरहेका शेर्पाले चन्द्रज्योती माध्यमिक विद्यालय भकान्जेलाई १ सय ४३ थान झोला सहयोग गरेका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad