Namaste Icon
Ad

भट्टेडाँडा पहिरोका घाईतेलाई लिन हेलिकोप्टर उड्यो

भट्टेडाँडा पहिरोका घाईतेलाई लिन हेलिकोप्टर उड्यो

ललितपुर। अविरल वर्षासंगै बुधबार कान्ति लोकपथ अन्तर्गत बागमती गाउँपालिकाको भट्टेडाँडामा गएको पहिरोमा परेका घाईतेलाई लिन हेलिकोप्टर त्यसतर्फ लागेको छ। शुक्रबार बिहान वर्षा रोकिएर मौसम सफा भएपछी बागमती प्रदेश सांसद चेतनाथ सञ्जेल हेलिकप्टर लिएर घाईतेको उद्दारका लागि भट्टेडाँडा लागेका हुन्।

बिहीबार अनुकुल मौसमको प्रतीक्षा गर्दै सञ्जेल दिनभर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बसे पनि मौसमको प्रतिकुलात्राका कारण घाईते लिन जान सकिएको थिएन। बुधबार गएको पहिरोमा परी ३ वटा सवारी साधन पुरिएका छन् भने ५ जना घाईते भएका छन्। जसमध्ये २ जनाको अवस्था असामान्य छ।

Ad

सम्बन्धित समाचारहरु

एक्कासि गम्भीर बिरामी भएका नेकपा सांसद राधेश्यामलाई काठमाडौँ ल्याईयो

काठमाडौँ। राष्ट्रिय सभाका सांसद राधेश्याम पासवान एक्कासि गम्भीर बिरामी परेपछि उपचारका लागि काठमाडौं लगिएको छ। सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानी घर भएका पासवान शनिबार दिउँसो घरमै एक्कासि बेहोस भएपछि केहीबेर अघि उनलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको सत्तारुढ दल नेकपा सर्लाही जिल्ला कमिटीका सचिव कमल बुढाथोकीले जानकारी दिए।

ललितपुरबाट लागुऔषधसहित ४ जना पक्राउ

ललितपुरबाट लागुऔषधसहित ४ जना पक्राउ

काठमाडौँ। सशस्त्र प्रहरीको इन्टेलीजेन्स विशेष व्यूरोले ललितपुरबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। ललितपुरको हात्तिवनबाट औषधि जन्य लागुऔषध र २ केजी चरेससहित चार जनालाई पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाईएको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad