Namaste Icon
Ad

आख्यानकार गगनसिंह थापाको छैठौ कृति महाप्रलयको बिमोचन

आख्यानकार गगनसिंह थापाको छैठौ कृति महाप्रलयको बिमोचन

काठमाडौं । आख्यानकार गगनसिंह थापाको छैठौ कृति महाप्रलयको आज बिमोचन भएको छ । प्रज्ञा प्रतिष्ठानका कुलपति डा. गंगा प्रसाद उप्रेतीले साहित्यकार थापाको छैठौं कृति महाप्रलयको भर्चुअल बिमोचन गरे । महाप्रलयको भर्चुअल लोकार्पण गर्दै उप्रेतीले नेपाली आख्यान क्षेत्रमा महाप्रलय बिशिष्ट कृति भएको चर्चा गरे ।

आख्यान भनेको बिराट जीवनको प्रस्तुती गर्ने कला हो, कृतिमाथि चर्चा गर्दै उप्रेतीले भने, महाप्रलयमा आख्यानकार थापाले बिराट जीवनलाई सुललित ढंगले पस्किनु भएको छ । त्यस कारण पनि यो कृति अरु आख्यानकारका कृतिभन्दा बिशिष्ट छ ।

नेपाल बहु भूगोल,बहु संस्कृतिबाट बनेको छ । कुनै एक क्षेत्रको सभ्यता र संस्कृतिको उठानबाट त्यो देशका सबै भूगोलमा बस्नेहरुको प्रतिनिधित्व हुदैन, उनले भने, महाप्रलयले अहिलेसम्म ओझेलमा परेको र छुट्टै मौलिकता, पहिचान र सभ्यता बोकेको कर्णालीको जडान र खसान सभ्यताको उजागर गरेको छ ।

हिमालय र पर्वतीय भूभागको खसान र जडान सभ्यता, त्यहाँको जीवन दर्शन र जीवन पद्धतिलाई आख्यानकार थापाले महाप्रलय मार्फत बाहिर ल्याएको उप्रेतीले बताए । उनले भने, कर्णालीमा बाँचिने जीवन, त्यो जीवनको दर्शन र त्यो भूगोललाई अहिलेसम्म यति मिहिन ढंगले यसरी चित्रण गरिएको थिएन । जसरी आख्यानकार थापाले महाप्रलयमा चित्रण गरेका छन् । यो महाप्रलयको विशेषता हो ।

हाम्रो जीवनमा बहुलता छ । बहुलता हाम्रो बिशेषता हो । अझ ज्ञानको ईतिहास,परम्परा बिशाल छ,उनले भने, हाम्रो भूगोलको त्यही बिराट बहुलता, ज्ञान, ईतिहास र संस्कृतिलाई महाप्रलय उपन्यास मार्फत थापाले बिशिष्ट ढंगले उतार्नु भएको छ ।

जहाँ घृणा, अहमता र दम्भ हुन्छ । त्यहाँ द्धन्द हुन्छ । द्धन्दको बिराट रुपले महाप्रलय निम्त्याउछ,उप्रेतीले भने, महाप्रलयबाट जोगिन प्रेम र सद्भावको बिकल्प छैन । महाप्रलयले त्यो गहन सन्देश दिएको छ ।

कृतिमाथि समीक्षा गर्दै साहित्यकार डा रजनी काफ्ले ढकालले कृतिको आख्यानकार थापाको कृति साहित्यकार मदनमणी दिक्षितको माधवी झै फराकिलो र स्वैरकल्पना गर्न सक्ने अदभुत कला र शब्द शिल्पीको उत्कृष्ट काव्य भएको बताईन ।

उनले कर्णालीबाट शुरु भएको आख्यानकार थापाको महाप्रलयले संसारको यात्रा गराएको बताईन । उनले भनिन, कर्णालीको सेरोफेराबाट शुरु भएको यो कथा विश्वको फन्को मारेर कर्णालीकै छेउमा आएर टुंगिन्छ ।
महाप्रलयका मूल पात्र बिजेता र अक्षताको प्रेमिल जोडी स्वय सिद्धी तथा अलौकिक क्षमता भएका पात्रका रुपमा देखाईएका छन् । जो मानवीय हीतमा समर्पित छन्, डा ढकालले भनिन, अति मानवीय चरित्र भएका यी पात्रले खसान तथा जडान सभ्यता र त्यहाँको जनजीवनलाई विश्वसामु चिनाएका छन् ।

साहित्यकार ढकालले महाप्रलयलाई हिन्दु धर्म र बैदिक आर्य सभ्यताको गहन अध्ययनशिलता र खोजमुलकताको उत्कृष्ट कृति भएको बताईन ।
मानव सभ्यताको शुरुभए यता बलियोले निर्धोमाथि गर्ने थिचोमिचो र त्यसले समाजमा उत्पन्न गरेका द्धन्द र त्यसका असरहरुलाई साहित्यिक सृजना मार्फत पस्किन सक्ने खुवी बिरलै साहित्यकारहरुमा हुन्छ, उनले भनिन, त्यो क्षमता आख्यानकार थापामा छ ।

यसमा द्धन्दको दुन्दुभी र अहमताले निम्त्याएको महाप्रलय मात्र छैन । यसमा प्रेम र सद्भाव पनि छ । महाप्रलय कल्पनशिलतामा मात्र आधारित छैन । सूचना र तथ्यहरुले भरिएको छ । यतिधेरै जानकारी आख्यानकार थापाले कसरी समेट्नु भयो ? कृतिले कौतहुलता पनि जन्माएको छ, उनले भनिन, आख्यानकार थापाको भाषा अत्यन्त मिठो छ । घट्नाको बर्णन गर्ने कौशल र क्षमता अद्भुत छ ।

महाप्रलयको त्यो दुन्दुभीलाई शब्दमा यति सरल ढंगले उतार्नु जो कसैले सक्दैन । जीवनका सुन्दर पाटोलाई पनि उत्तिकै सशक्त ढंगले पस्किन सक्नु यो लेखकीय क्षमता हो । आख्यानकार गगनसिंह थापाले महाप्रलयको रचनाका सन्दर्भमा अल्वर्ट आईन्सान्टाईनसंग एक पत्रकारले गरेको जिज्ञासाको प्रसंग सुनाए ।

आईन्सान्टाईनलाई एक पत्रकारले सोधे–महाप्रलय कसरी हुन्छ रु उनले जवाफ दिए, शक्ति राष्ट्रको अहमता र दम्भबाट । आख्यानकार थापाले भने, महाप्रलय तिनै मानवता र माया नभएका दम्भी र अहमता भएका शक्ति राष्ट्रको अहंकार र उन्मादबाट निम्तिएको परिणामको चित्रण हो ।

आख्यानकार थापाले शक्ति राष्ट्रहरुको दम्भ र अहमताले महाप्रलय भएको र संसार रित्तिएको बताए ।
प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा । डा। जगतप्रसाद उपाध्याय महाप्रलय उपन्यासलाई महा उपन्यास र महाआख्यानको संज्ञा दिए । उनले भने, यस कृतिले समेत बिराट जीवन लाई उपन्यास होईन, महा उपन्यास र महाआख्यान भन्न मन लाग्यो ।

उनले महाप्रलयमा हिमालय (जडान क्षेत्र) र पर्वतीय ( खसान क्षेत्र) समेटिएको कर्णालीको जडान र खसान सभ्यताको बीचको सम्बन्धका बिबिध पाटाहरुलाई पनि महाप्रलयले उजागर गरेको बताए । सिंजामा सुनको दरवार स्थापना गरेर नागराजले १२ औं शताब्दिमा शुरु गरेको खस सभ्यता नेपालकै आदिम सभ्यता भएको चर्चा गर्दै उपाध्यायले खसान क्षेत्रमा पूजिने १२ भाई मष्टो सबै क्षेत्रमा पूजिनुले भने खसान सभ्यताको महत्व दर्शाउने बताए ।

कर्णालीमा द्धन्द पनि छ । द्धन्दसंगै समन्वय पनि छ । पुराना शिलालेख र ताम्रपत्रले त्यो कुराको पुष्टि गर्छ । कर्णाली थुप्रै सभ्यताहरुको उद्गम थलो हो । यो खस, आर्य, शैव, बैष्णव र बोन सभ्यताको उद्गम थलो हो । बुद्ध लुम्बिनीमा जन्मिएपनि बौद्ध दर्शनको विकास कर्णालीको सिरानमा रहेको कैलाश मानसरोवर र उच्च हिमाली क्षेत्रबाट भएको हो, उनले भने, आख्यानकार थापाले यी सबै सभ्यताहरुको सांगोपांगो चित्रण मिहिन ढंगले महाप्रलयमा गरेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

सरु अर्यालको ‘विस्मरण’ उपन्यास बजारमा

सरु अर्यालको ‘विस्मरण’ उपन्यास बजारमा

काठमाडौँ । सरु अर्यालको पहिलो उपन्यास विस्मरण बजारमा आएको छ । मिसेज नेपाल आइकन –२०१८ को फस्ट रनर अप समेत रहेकी सरु अर्याल अधिवक्ता समेत हुन् । विगतमा फुटकर कविता, कथा लेख्दै आएकी अर्यालले पुस्तकाकारका रुपमा अहिले उपन्यास ल्याएकी हुन् ।

के दलितको देश छैन ?

के दलितको देश छैन ?

हो हजूर दलितको देश छैन,आफ्नो पहिचान दिने प्रदेश छैन,प्रशासनमा सीडीओ छैन,अस्पतालमा डाक्टर छैन,अनि कसरी भनूँ म यो देश नागरिक हुँ ?

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad