Namaste Icon
Ad

करिब ५ बर्ष पछि भिडियो निर्देशनमा फर्किए मन बहादुर

करिब ५ बर्ष पछि भिडियो निर्देशनमा फर्किए मन बहादुर

काठमाडौँ। रोजगारीका लागि बिदेशिएका नेपालीहरुको बास्तबिक कथामा आधारित गायक सर्जक भरत परियारको “दशा” गीत सार्वजनिक भएको छ ।

भरत परियारको रचना, संगीत रहेको दशा गीतमा भरत परियार र पुर्णिमा परियारको स्वर रहेको छ भने लक्षु प्रकाश मल्लको संगीत संयोजन रहेको छ ।
मन बहादुर पुनको निर्देशन, छायांकन, सम्पादन रहेको गीतमा मिलन लामा, रिया पन्त सिदान्त लामा, कबिता लामा अमर सिलवाल र अरुणा तामाङको अभिनय रहेको छ ।

गायक परियारले स्वर दिएका गीत आकाशैमा जुन र तारा, कर्णली सलल गीत चर्चामा छन भने निर्देशक पुनले दर्जनौ म्युजिक भिडियो लगाएत ३७ वटा कल्चरल फिल्मको निर्देशन गरिसकेका छन । पुनको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र सर्मपित, मायाको बन्धन, हजारी, तिम्रै हुँ म, टाढाको माया, लाङघाली, मिसन यार्सा, लेखान्त, घाटु, झल्को दर्शकहरूले रुचाएका चलचित्र हुन ।

Ad

सम्बन्धित समाचारहरु

मेलिना र सुमन को नयाँ गीत "बुट्टे चोली" सार्वजनिक

मेलिना र सुमन को नयाँ गीत "बुट्टे चोली" सार्वजनिक

काठमाडौँ । गायक सुमन राईको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित गायिका मेलिना राई र गायक सुमन राई र कोरस भोकल दीपा तामाङ,संगीता रानापयाली,दीपा सुहाङ, बुद्ध राई ,सुमन मगर,तायहाङ राईको स्वरमा रहेको "बुट्टे चोली" बोलको गीत राम शोभा राई अफिसियल नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

आस्था राउतले ल्याइन ‘यानी माया’ (भिडियो)

आस्था राउतले ल्याइन ‘यानी माया’ (भिडियो)

काठमाडौं । गायिका आस्था राउतको एल्बम ‘आधार २’ मा रहेको गीत ‘यानी माया’को भिडियो सार्वजनिक भएको छ। आस्थाको एकल स्वर रहेको गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत र महाराज थापाको एरेन्ज छ। दसैँ, तिहार र छठलाई लक्षित गरेर गीतको भिडियो सार्वजनिक गरिएको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad