Namaste Icon
Ad

जिसस काठमाडौं र टोखा नगरपालिकाबीच सम्झौता

जिसस काठमाडौं र टोखा नगरपालिकाबीच सम्झौता

काठमाडौें । जिल्ला समन्वय समिति काठमाडौंँ र टोखा नगरपालिकाबीच टोखा नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि शुक्रवार सम्झौता भएको छ । नगरपालिकाको प्रशासनीक भवन निर्माणका लागि कुल स्वीकृत ठेक्का सम्झौता रकमको ६० प्रतिशतले हुन आउने रकम सात करोड ५९ लाख १९ हजार ३७७ जिससको मौजाद कोषबाट उपलब्ध गराउने गरी सम्झौता भएको हो ।


सम्झौता पत्रमा काठमाडौंका जिल्ला समन्वय अधिकारी पीताम्बर अधिकारी र टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलबीच सम्झौता भएको हो । उक्त सम्झौतामा रोबरको रुपमा जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजबैद्य र टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी रहेका छन ।  भवन निर्माणका लागि १२ करोड ५६ लाख ३२ हजार दुई सय २९ रुपियाँ लागत लाग्नेछ । बाँकी रकम नगरपालिका आफैंले व्यर्होनेछ । जिल्ला समन्वय समितिको मौजाद कोष सञ्चालन निर्देशिका २०७५ को बुँदा नं. ९ बमोजिम टोखा नगरपालिका र जिल्ला समन्वय समिति काठमाडौं बीच सम्झौता गरिएको हो ।


भवन निर्माण सम्बन्धी आयोजना कार्यान्वयन गर्ने सम्पूर्ण जिम्मेवारी नगरपालिकाको हुने र यस आयोजनाका लागि प्राप्त भएको रकम तथा कार्यक्रम कार्यान्वयनका लागि खर्च भएको रकमको लेखा राख्ने तथा लेखा परिक्षण गर्ने सम्बन्धि व्यवस्था प्रचलित कानुन बमोजिम टोखा नगरपालिकाले राख्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ । नगरपालिकाको प्रशासनीक भवन निर्माण कार्यको ठेक्का सम्झौता समय अवधि दुई वर्षको हुनेछ । भवन निर्माण सम्बन्धि आयोजना निर्धारित समय तोकिएको गुणस्तरमा कार्यान्वयन गर्न चाहिने आवश्यक प्राविधि सहायता नगरपालिकाले उपलब्ध गराउने व्यवस्था मिलाउने छ । भवन निर्माण सम्बन्धि आयोजना स्वीकृत टेण्डर बमोजिम तोकिएको गुणस्तर र निर्धारित समयभित्रै सम्पन्न गर्नुपर्नेछ । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सम्झौतामा उल्लेखित समयसीमा भित्रै नगरपालिकाको प्रशासनीक भवन निर्माण गरिने जानकारी दिए ।

Ad

सम्बन्धित समाचारहरु

सडक निर्माणलाई तीव्रता दिँदै ललितपुर महानगर

सडक निर्माणलाई तीव्रता दिँदै ललितपुर महानगर

ललितपुर । ललितपुर महानगरपालिकाको २९ वटा वडाभित्र सडक निर्माणको काम धमाधम भइरहेको छ । आउँदो जेठ महिनासम्ममा करीब २० किलोमिटर सडक कालोपत्रे हुने छन् । यस अन्तर्गत ५० वटा भित्री सडकहरु पर्छन् । यी सडक निर्माणका लागि ७४ करोड १६ लाख खर्च हुनेछ ।

क्यानाडामा रहेका लाक्पा शेर्पाद्वारा सोलुखुम्बुको विद्यालयलाई झोला सहयोग

काठमाडौं । सोलुखुम्बको लिखुपिके गाउँपालिका वडा ५ (साविकको भकान्जे) का ल्हाक्पा ओङ्छु शेर्पा हाल क्यानाडामा छन् । विदेशी भूमिमा रहेर पनि नेपाली माटाेलाई माया गरिरहेका शेर्पाले चन्द्रज्योती माध्यमिक विद्यालय भकान्जेलाई १ सय ४३ थान झोला सहयोग गरेका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad