Namaste Icon
Ad

कम्युनिस्ट आन्दोलनकी महिला योद्धा निरा खनाललाई पार्टीले स–सम्मान केन्द्रिय सदस्यमा लैजानुपर्छ

कम्युनिस्ट आन्दोलनकी महिला योद्धा निरा खनाललाई पार्टीले स–सम्मान केन्द्रिय सदस्यमा लैजानुपर्छ
महिला नेतृ नीरा खनाल

रामप्रसाद रिजाल  । लामो समय कम्युनिष्ट आन्दोलनमा अनवरत विचलित नभई जीवननै अर्पण गरे पनि पुरुष–प्रधान समाजको कारण पछाडि पारिएको नाम हो महिला नेतृ कमरेड नीरा खनाल । नीरा खनालको जन्म अघी देखिकै पारिवारिक वातावरण नै राजनीतिक भएकोले उहाँ बाल्यकाल देखि नै राजनीति मा सकृय हुनु भयो । प्रजातन्त्र प्राप्ति र निरंकुश व्यवस्था परिवर्तनमा सँधै शशक्त ढंगले कहिले विधार्थीको रुपमा कहिले महिला नेताको रूपमा, कहिले पार्टी कमिटीमा रहेर कमरेड नीरा खनालको भूमिका सधैं महत्वपूर्ण रहयो । तर हाल सम्म पनि नेतृ खनाललाई पार्टीले सही मूल्यांकन गर्न कन्जुस्याई गरिरह्यो ।

कमरेड नीरा खनालको समकालीनहरु घनश्याम भुसाल, योगेश भट्टराई, शंकर पोखरेल, भानुभक्त ढकाल, विन्दा पाण्डे लगायतका नेताहरु मन्त्री, मुख्यमन्त्री तथा सांसद भए । पार्टीको स्थायी कमिटी केन्द्रीय समितिमा छन । एमालेमा हुँदा भुसाल केन्द्रीय उपमहासचिव भए योगेश सचिव भए तर शशक्त महिला नेतृ नीरा खनाललाई नेकपा पार्टीले किन पार्टीको केन्द्रीय समितिमा पनि ल्याउन खोजिरहेको छैन ? यो सम्पूर्ण महिलाहरुको न्याचित प्रश्न हो । संविधानले नै महिला लाई ३३ प्रतिशत आरक्षण दिएकोमा नेकपा जस्तो पार्टीले महिलालाई पनि सबै पार्टी कमिटी मा ३३ प्रतिशत आरक्षण दिनुपर्छ भन्ने हाम्रो भनाइ हो ।

खनालका समकालीन हरु मन्त्री मुख्यमन्त्री हूदा स्वयमं खनालले हाल सम्म कुनै पनि सामान्य लाभको पद समेत लिनुभएको छैन । लामो कठोर राजनीति त्याग संघर्षबाट नेपालको कम्युनिस्ट आन्दोलनमा ज्यानै सुम्पिएर आउनुभएको कमरेड नीरा खनालको योगदानलाई पार्टीले उच्च मूल्यांकन गर्दै खनाल लगायत अन्य महिला योद्धाहरु लाई नेकपा पार्टीको केन्द्रीय समितिमा लैजान पार्टीको हेडक्वार्टर लाई अपील गर्दछु । नीरा खनाल हाल नेकपाको प्रदेश १ कमिटी सदस्य हुनुहुन्छ ।

 


रामप्रसाद रिजाल नेता नेकपा तथा पूर्व केन्द्रीय सहायक प्रवक्ता समाजवादी पार्टी

 

Ad

सम्बन्धित समाचारहरु

शिक्षासँग आवद्ध व्यक्तिहरूको महानता प्रस्तुत होस्

शिक्षासँग आवद्ध व्यक्तिहरूको महानता प्रस्तुत होस्

-सत्यराम कासिछ्वा

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad