Namaste Icon
Ad

चरित्र हत्या गरिएको भन्दै मोदनाथ प्रश्रितद्धारा पद्मश्री साधना सम्मान नलिने घोषणा

चरित्र हत्या गरिएको भन्दै मोदनाथ प्रश्रितद्धारा पद्मश्री साधना सम्मान नलिने घोषणा

काठमाडौं । साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना सम्मान नलिने घोषणा गरेका छन्। प्रश्रितले सोमबार विज्ञप्ति जारी गर्दै आफूलाई दिइएको सम्मान नलिने निर्णय गरेको जनाएका छन् ।

उनले संस्थाप्रति आभार प्रकट गर्दै उक्त सम्मान नलिने घोषणा गरेका हुन्। ‘खेम(हरिकला समाज कल्याण परिषदले मलाई पद्मश्री साधना सम्मान दिने निर्णय गरेकोमा संस्थाप्रति आभार प्रकट गर्दछु’, विज्ञप्तिमा उनले भनेका छन्, ‘पद्मश्री साधना सम्मानको सुचना सार्वजनिक भएपछि अप्रमाणित विषय सुनियोजित रुपमा उठान गरी मेरो चरित्र हत्या गर्न केही व्यक्ति तथा समूह लागेको सन्दर्भमा मैले यो पुरस्कार नलिने निश्चय गरेको व्यहोरा सूचित गर्दछु।’​


सञ्‍जीव उप्रेती भन्छन् मोदनाथसँग मञ्‍च सेयर गरेर पुरस्कार लिन सक्दिनँ खेमलाल(हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ को पद्मश्री साहित्य पुरस्कार आख्यानकार उप्रेतीको उपन्यास ‘हंस’ लाई र पद्‍मश्री साधना सम्मान साहित्यकारसमेत रहेका प्रश्रितलाई दिने निर्णय गरेको थियो।

यस्तै, आइतबार नै लेखक सञ्‍जीव उप्रेतीले पद्मश्री सम्मान मोदनाथ प्रश्रितसँग एकै मञ्‍चमा बसेर लिन नसक्ने बताएका थिए। प्रतिष्ठानले वर्ष २०७६ को पद्मश्री साहित्य पुरस्कार आफूलाई दिने निर्णयबारे जानकारी पाएपछि उनले अर्का साहित्यकारसमेत रहेका प्रश्रितसँगै एकै मञ्‍चबाट उक्त पुरस्कार लिन नसक्ने बताइसेका थिए।

Ad

सम्बन्धित समाचारहरु

सरु अर्यालको ‘विस्मरण’ उपन्यास बजारमा

सरु अर्यालको ‘विस्मरण’ उपन्यास बजारमा

काठमाडौँ । सरु अर्यालको पहिलो उपन्यास विस्मरण बजारमा आएको छ । मिसेज नेपाल आइकन –२०१८ को फस्ट रनर अप समेत रहेकी सरु अर्याल अधिवक्ता समेत हुन् । विगतमा फुटकर कविता, कथा लेख्दै आएकी अर्यालले पुस्तकाकारका रुपमा अहिले उपन्यास ल्याएकी हुन् ।

के दलितको देश छैन ?

के दलितको देश छैन ?

हो हजूर दलितको देश छैन,आफ्नो पहिचान दिने प्रदेश छैन,प्रशासनमा सीडीओ छैन,अस्पतालमा डाक्टर छैन,अनि कसरी भनूँ म यो देश नागरिक हुँ ?

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad