Namaste Icon
Ad

विवादका कारण पुरस्कार र सम्मान नै रद्द

विवादका कारण पुरस्कार र सम्मान नै रद्द
मोदनाथ प्रश्रित र सञ्जीव उप्रेती

काठमाडौं । यस वर्षको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गरिएको छ। खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानद्वारा प्रदान गरिने सो पुरस्कार तथा सम्मान विवाद भएका कारण रद्द गरिएको हो।

‘सो पुरस्कार र सम्मान आइतबार घोषणा भएपछि केहि विवाद र असहज परिस्थिति सिर्जना भएको तथा सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेको असहज परिस्थितिमा उहाँहरुको इच्छालाई विनम्रतापूर्वक कदर गर्दै यस वर्ष अर्पण गरिने पूर्वघोषित सम्मान तथा पुरस्कारको घोषणा आज बसेको प्रतिष्ठानको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको छ,’ प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बताएका छन्।

पद्मश्री साहित्य पुरस्कार डा सञ्जीव उप्रेतीको हंस उपन्यास र पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई दिने घोषणा गरिएको थियो । तर सो घोषणा गरेलगत्तै यौन शोषणको आरोप लागेका प्रश्रितलाई सम्मानित गर्न लागेको भनी आलोचना भएको थियो। प्रश्रितलाई आरोप लागेपछि उप्रेतीले पनि उनीसँग एउटै मञ्चमा सो पुरस्कार नलिने घोषणा गरेका थिए। पछि प्रश्रितले समेत आफूले सो नलिने बताएका थिए।

Ad

सम्बन्धित समाचारहरु

सरु अर्यालको ‘विस्मरण’ उपन्यास बजारमा

सरु अर्यालको ‘विस्मरण’ उपन्यास बजारमा

काठमाडौँ । सरु अर्यालको पहिलो उपन्यास विस्मरण बजारमा आएको छ । मिसेज नेपाल आइकन –२०१८ को फस्ट रनर अप समेत रहेकी सरु अर्याल अधिवक्ता समेत हुन् । विगतमा फुटकर कविता, कथा लेख्दै आएकी अर्यालले पुस्तकाकारका रुपमा अहिले उपन्यास ल्याएकी हुन् ।

के दलितको देश छैन ?

के दलितको देश छैन ?

हो हजूर दलितको देश छैन,आफ्नो पहिचान दिने प्रदेश छैन,प्रशासनमा सीडीओ छैन,अस्पतालमा डाक्टर छैन,अनि कसरी भनूँ म यो देश नागरिक हुँ ?

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad