Namaste Icon
Ad

प्राकृतिक साकोसको निर्वाचन सहितको ११ औं वार्षिक साधारणसभा सम्पन्न हुँदै

प्राकृतिक साकोसको निर्वाचन सहितको ११ औं वार्षिक साधारणसभा सम्पन्न हुँदै

सन्तोष दाहाल, ललितपुर। चापागाउँमा केन्द्रिय कार्यालय रहेको प्राकृतिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा यही असोज २४ गते हुने भएको छ। विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाईरस (कोभिड १९ ) को बीच सहकारी विभागद्वारा जारी गरिएको साधारण सभा संचालन सम्बन्धी कार्यविधि अनुसार यही असोज १५देखि २० गतेसम्म साधारण सभाको कार्यतालिका प्रकाशन गरी निर्वाचन सहितको साधारण सभा सम्पन्न गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत आदर्श तिमल्सिनाले दर्पण दैनिकलाई जानकारी दिएका छन्।

कोरोना महामारीका कारण विगतका वर्षहरुमा गरिएको जस्तै सबै सदस्यहरु एकै ठाउँमा जम्मा भई साधारण सभा संचालन गर्न नसकिने कारण विषम परिस्थितिमा साधारण सभा सम्पन्न गर्न नयाँ प्रावधान अपनाई संस्थाको विनियमको दफा २४ संग सम्बन्धित वार्षिक साधारण सभा संचालन कार्यविधि लागु गरिएको छ। उक्त कार्यविधि विषम परिस्थितिमा लागु हुने र अवस्था सामान्य भएपश्चात निष्क्रिय हुने संस्थाले जनाएको छ।

कार्ययोजना अनुसार संस्थाको मुख्य कार्यालय चापागाउँ, सातदोबाटो सेवा केन्द्र र कोञ्ज्योसोम सेवाकेन्द्रबाट असोज १५ देखि २४ गतेसम्म दश दिनमा सकिनेछ। असोज २४ गते शनिबार संस्थाको संचालक समिति ,लेखा तथा सुपरीवेक्षण समिति, अन्य उपसमिति तथा साधारण सभाको निर्णय प्रमाणितको लागि चुनिएका सदस्यहरुको उपस्थितिमा साधारण सभाको अन्तिम समापन गरिने संस्थाका संचालक समितिका सचिव सन्तोष हुमागाईं द्वारा जारी सुचनामा जनाईएको छ।

केही समयअघि मात्र चापागाउँमा रहेको माता विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था सातदोबाटोमा रहेको तत्कालीन प्राकृतिक कृषि सहकारी संस्था एकीकरण भएर बनेको प्राकृतिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एकीकरण र संयुक्त कारोबार सुरु भएपश्चात यो पहिलो साधारण सभा हो।

Ad

सम्बन्धित समाचारहरु

डिजेल र पेट्रोलको मूल्य बढ्यो

डिजेल र पेट्रोलको मूल्य बढ्यो

काठमाडाैं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको छ । इन्डियन आयल कर्पाेरेसन (आईओसी) ले १६ जनवरीमा पठाएको मूल्य बढेर आएकाले निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य वृद्धि गरेको हो ।

अब मेगा बैंकबाट ‘वीच्याट–पे’ भुक्तानी सेवा

अब मेगा बैंकबाट ‘वीच्याट–पे’ भुक्तानी सेवा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले छिमेकी मुलक चीनको प्रख्यात ‘वीच्याट–पे’ सँग भुक्तानी सेवाका लागि साझेदारी गरेको छ । यो सम्झौतापछि ‘वीच्याट–पे’ मोबाइल वालेट प्रयोगकर्ताहरुले मेगा बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएका क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने ब्यवस्था मिलाइएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस