# भर्खरै
Namaste Icon
Ad

स्पेनिस ला लिगा : बार्सिलोनाको साँघुरो जित

स्पेनिस ला लिगा : बार्सिलोनाको साँघुरो जित

एजेन्सी । स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले हुएस्कामाथि १–० को साँघुरो जित दर्ता गरेको छ । बार्सिलोनाले हुएस्कालाई उसकै मैदानमा हराउन सफल भएको हो । बार्सिलोनाको जितमा फ्रान्की डि जोङले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले २७औं मिनेटमा कप्तान लियोनेल मेस्सीको पासमा गोल गरेका थिए । खेलको सातौ मिनेटमा नै रोड्रीको प्रहारलाई घरेलु टोलीका गोलरक्षक फर्नान्डेजले बचाएका थिए । नवौं मिनेटमा बार्सिलोनाका लागि ५००औं खेल खेलिरहेका कप्तान लियोनेल मेस्सीले गोल गर्ने सुवर्ण अवसर खेर फाले ।


१८औं मिनेटमा औसमाने डेम्वेलेको प्रहारलाई हुएस्काका कप्तान तथा डिफेन्डर पुलिडोले ब्लक गरे । २१औं मिनेटमा पेड्रीले अर्काे सुवर्ण अवसर खेर फाल्यो । ४१औं मिनेटमा मेस्सीको फ्रिकिकलाई हुएस्काका गोलरक्षक फर्नान्डेजले उत्कृष्ट बचाउ गरे ।

५६औं मिनेटमा डेम्वेलेले गोल गर्न सकेनन् ।५३औं मिनेटमा राफा मिर चुक्दा हुएस्काले खेललाई बराबरी गर्ने सुवर्ण अवसर गुमायो । ६८औं मिनेटमा मेस्सीको प्रहारमा गोलरक्षक फर्नान्डेज नै बाधक बने । ७०औं मिनेटमा ओन्टिभेरोसको प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्दर टेर स्टेगनले विफल पारे । ७७औं मिनेटमा डेम्वेलेको प्रहारलाई फर्नान्डेजले विफल पारे । त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना १–० ले विजयी हुन सफल भयो ।

यस नतिजासँगै बार्सिलोना १६ खेलबाट २८ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । बार्सिलोना शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग १० अंकले पछि छ । पराजित हुएस्का १२ अंक जोडेर पुछारमा छ ।

Ad

सम्बन्धित समाचारहरु

महिला लिग आजबाट : आर्मी र पुलिस भिड्ने

महिला लिग आजबाट : आर्मी र पुलिस भिड्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजबाट राष्ट्रिय महिला लिग सुरु हुँदैछ । महिला लिगको उद्घाटन खेल दशरथ रंगशालामा दिउँसो २ बजे हुनेछ । एन्फाले निकालेको पहिलो चरणको खेल तालिका अनुसार उद्घाटन खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन ।

प्रधानमन्त्री कप आजदेखि

प्रधानमन्त्री कप आजदेखि

काठमाडौं । आज माघ २ गते शुक्रवारदेखि चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता प्रारम्भ हुँदैछ । उक्त खेल कीर्तिपुरको क्रिकेट मैदानमा खेलिँदैछ । यो प्रतियोगिता अन्तर्गतका खेलहरु मुलपानीस्थित खेल मैदानमा पनि खेलाइने छ । यो प्रतियोगिता माघ १७ सम्म चल्ने छ ।

Ad

प्रतिक्रिया दिनुहोस