# भर्खरै
Namaste Icon
Ad

कोइला खानीका ११ मजदुरको अपहरणपछि हत्या

कोइला खानीका ११ मजदुरको अपहरणपछि हत्या

काठमाडौं । पाकिस्तानको पश्चिमी प्रान्त बलुचिस्तानमा कोइला खानीमा काम गर्ने ११ जना मजदुरको हत्याको जिम्मा इस्लामिक स्टेट समूहले लिएको छ । ती मजदुरहरूलाई अपहरण गरेर कोइला खानी नजिकै शनिवार हत्या गरिएको थियो ।

मारिनेहरू शिया इस्लाम सम्प्रदायका सीमान्तकृत हजारा समुदायका मानिसहरू हुन् । शिया इस्लाम धर्म मान्ने भएकाले उनीहरूलाई कट्टरपन्थीहरूले निसाना बनाउने गरेका छन् । प्रधानमन्त्री इमरान खानले उक्त घटनालाई ‘अमानवीय आतङ्ककारी कार्य’ भन्दै निन्दा गरेका छन् ।

त्यो आक्रमण शनिवार अबेर राति उक्त प्रान्तको राजधानी क्वेटा नजिकैको माच सहरमा भएको हो । उक्त क्षेत्र अफगानिस्तानको सीमा नजिकै पर्छ । बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो तर गरिब क्षेत्र हो ।

हतियारधारीहरूले ती मजदुरहरूलाई उनीहरूको सामूहिक वासस्थानबाट अपहरण गरेका थिए र नजिकैको पहाडमा लगेका थिए । ६ जना मजदुरहरू घटनास्थलमै मारिएका थिए भने अन्य पाँच जनालाई अस्पताल लादै गर्दा बाटोमै निधन भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै डन पत्रिकाले लेखेको छ ।

न्याय माग्दै पीडितका परिवारले मुख्य सडकमा शव राखेर सवारीसाधनहरू रोकिदिएका छन् । अधिकारीहरूले दोषीलाई पक्राउ गर्ने बाचा गरेका छन् । सुन्नीबहुल पाकिस्तानमा हजारा समुदायलाई कट्टरपन्थीहरूले बारम्बार निसाना बनाउने गर्छन् । –बीबीसी

Ad

सम्बन्धित समाचारहरु

जो वाइडेनको मन्त्रिपरिषद्मा १२ महिला

जो वाइडेनको मन्त्रिपरिषद्मा १२ महिला

काठमाडौं । अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित जो वाइडेनले निर्वतमान राष्ट्रपतिको निर्णय उल्टाउदै काम शुरु गरेका छन् । कार्यकालको पहिलो दिन राष्ट्रपति बाइडनले कैयन् कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमिकता प्रष्ट पार्ने प्रयास गरेका छन् । कार्यभार सम्हालेको केही घण्टाभित्रै उनले जारी गरेका कार्यकारी आदेशमध्ये कतिपयले ट्रम्प प्रशासनको नीति उल्ट्याइदिएका छन् । ‘हामीले सामना गरिरहेको संकटसँग जुझ्ने क्रममा खेर फाल्ने समय हामीसँग छैन’, शपथ ग्रहणपश्चात् ह्वाइट हाउस प्रवेश गर्नुअगाडि राष्ट्रपति जो बाइडनले ट्वीट गरेका थिए ।

‘कोभिड संकट’, ‘आर्थिक संकट’ र जलवायु संकट’ वाईडेनका मुख्य प्राथमिकता

काठमाडौँ। अमेरिकी राष्ट्रपति पद सम्हाल्ने बित्तिकै जो बाइडेनले थुप्रै ठूला निर्णयमाथि हस्ताक्षर गरे ।

Ad

प्रतिक्रिया दिनुहोस