# भर्खरै
Namaste Icon
Ad
Ad

बच्चा जन्माउन नसकेको भन्दै शरीरभरी चक्कु रोपेर पतिको हत्या !

बच्चा जन्माउन नसकेको भन्दै शरीरभरी चक्कु रोपेर पतिको हत्या !

एजेन्सी । भारतको राजधानी दिल्लीमा यस्तै अनौठो हत्या भएको छ । जहाँ एक महिलाले आफ्नै पतिको चक्कु प्रहार गरी निर्मम तरिकाले हत्या गरेकी छन् । ३६ वर्षीया रेणुका शर्माले बच्चा जन्माउन नसकेको भन्दै आफ्ना ३७ वर्षीय पति चिराग शर्माको हत्या गरेकी छन् । घटना आइतबार रातिको हो । हत्यापछि घर मालिकले प्रहरीलाई खबर गरेका थिए । जब प्रहरी पुग्यो त्यसबेला कोठाको भित्रपट्टीबाट ढोका बन्द थियो । प्रहरीले ढोका फोडेर भित्र पस्दा महिलाका पति चिराग बेहोसीको अवस्थामा पल्टिएका थिए । उनको शरीरभरी चक्कु रोपिएको थियो । रेणुका पनि बेहोसीकै अवस्थामा थिइन् ।

प्रहरीले चिरागलाई उपचारका लागि अस्पताल लगे पनि उनको मृत्यु भइसकेको छ । घटनापछि हत्या आरोपमा रेणुकाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । प्रहरीका अनुसार उनीहरु दुवै जना एकै कम्पनीमा काम गर्ने गर्दथे । लामो समयदेखि बच्चा नजम्मेपछि पति पत्नीबीच विवाद हुँदै आएको थियो । पत्नीले बच्चा जन्माउने नसकेको भन्दै पतिसँग डिभोर्स मागिरहेको घर मालिकले प्रहरीलाई जानकारी दिएका छन् । तर, चिरागले डिभोर्स दिन मानेका थिएनन् । प्रारम्भिक अनुसन्धानबाट बच्चा नजन्मेकै कारण हत्या भएको प्रहरीले बताएको छ ।

Ad

सम्बन्धित समाचारहरु

स्वर्गीय पिताको सम्झनामा एनआरएनएका पूर्व कोषाध्यक्षद्धारा खेलाडीलाई सहयोग

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व कोषाध्यक्ष एवम् समाजसेवी हिक्मत थापाले आफ्ना स्वर्गीय पिताको सम्झनामा खेलाडीहरुलाई सहयोग गरेका छन् । स्वर्गीय पिता आख्यानकार गगनसिंह थापाको सम्झनामा आफ्नो गाउँमा रहेको चेतना सामुदायिक विकास मञ्चका खेलाडीलाई ड्रेस र खेलकुद सामग्री खरिदका लागि १५ हजार सहयोग गरेका हुन् ।

आर्थिक अवस्था नाजुक भएकी १४ वर्षीया शान्तिकुमारीको उपचारमा सहयोग गर्न अपिल

काठमाडौं । जन्मजात पिसाब थैली नभएकी महोत्तरीको बर्दीवासकी शान्तिकुमारी थापा मगरको उपचारमा सहयोग गर्न अपिल गरिएको छ । विगत १९ दिन देखि काठमाडौं शिक्षण अस्पत्तालमा उपचार गराइरहेकी १४ वर्षीया शान्तिकुमारीको खर्च अभावले ज्यान जोखिममै पर्ने देखिएको सहयोगको याचना गरिएको हो । काठमाडौ. कपन बस्ने समाजसेवी थोमस तामाङका अनुसार शान्तीको उपचारमा सहयोग वाफत आएको १ लाख १३ हजार ६८० रुपैयाँ खर्च भइसकेको छ । विरामीको स्वास्थ्य अवस्थामा केहि सुधार आएपनि अर्थ अभावले फेरि समस्या बढ्ने होकि भन्ने चिनता लागेको उनले बताए ।

Ad

प्रतिक्रिया दिनुहोस