# भर्खरै
Namaste Icon
Ad

परिवार नियोजन र सुरक्षित गर्भपतनसम्बन्धी सहयोग चाहिए कल ११४३ मा कल गर्नुहोस

परिवार नियोजन र सुरक्षित गर्भपतनसम्बन्धी सहयोग चाहिए कल ११४३ मा कल गर्नुहोस

काठमाडौं । परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना तथा सेवा प्रदान गर्न सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपालले एक छोटो कोड तथा निःशुल्क हेल्पलाइन नम्बर ‘११४३’ सुचारु गरेको छ । परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना तथा सेवा पाउनका लागि तपाई केबल यी चार अंकको दूरीमा छन । सुनौलो परिवार नेपाल÷मेरी स्टोप्स् नेपालले परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ । यस्ता सेवाहरूले संयोगले नभई रोजाईले बच्चा जन्माउने अवसर प्रदान गर्दै आएको छ ।हाम्रो११४३हेल्पलाइन नम्बरले परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना प्रदान गर्छ भने महिलाहरूलाई आफ्नो रोजाईमा प्रजनन्सम्बन्धि निर्णय लिन सहयोग गर्दछ ।

सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपाल यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रदान गर्ने संगठनहरूको विश्वव्यापी साझेदारीका रुपमा रहेको र सन् १९७६ मा स्थापितमेरी स्टोप्स्इन्टरनेसनलको नेपालका लागि समर्पित संस्था हो ।

११४३ ले ‘म तिमीलाई प्रेम गर्छु’ भन्ने बुझाउँछ । यसले प्रियजनहरू प्रति रहेको तपाईंको माया र प्रेमको प्रतिनिधित्व गर्दछ भने आफ्नो प्रियजनहरूको रोजाई प्रतिको तपाईको साथलाई पनि जनाउँछ । ११४३ मा तपाईले हाम्रोमेरी साथी काउन्सेलरहरूसँगकुरा गर्न सकिनेछ र उनीहरूले तपाईलाई प्रजनन् सम्बन्धि रोजाईकाबारेमा मार्गनिर्देशन दिनेछन । हाम्रो ‘मेरी साथी’ ले सन् २०११ देखि परामर्श सेवाहरू प्रदान गर्दै आएको छ । यी सेवाहरू हरेक दिन बिहान ७ बजे देखि राती १२ बजे सम्म खुला रहनेछ ।

 

मेरी स्टोप्स नेपालको बारेमा

सुनौलो परिवार नेपाल सन् १९९४ मा स्थापना भएको गैर सरकारी संस्था हो । सुनौलो परिवार नेपालले मेरी स्टोप्स् नेपालको साझेदार संस्थाको रुपमा विभिन्न कार्यक्रमहरू संचालन गर्दछ । यस संस्थाले नेपालका युवा र वयस्कका यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धित विभिन्न आवश्यकताहरू पूरा गर्न विस्तृत रुपमा सेवाहरू प्रदान गर्दछ ।

ईच्छा विपरीत हुने जन्महरू रोक्नका लागि सुनौलो परिवार नेपालले सुलभ मूल्यमा गुणस्तरीय सेवाहरूको पहुँच बढाउँदै आएको छ । साथ साथै यस संस्थाले यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि सचेतना र बुझाई बढाउन विभिन्न कार्यक्रमहरू संचालन गर्दै आएको छ । सुनौलो परिवार नेपालले पैरवीमा आधारित कार्यक्रमहरू अघि सार्र्दै खास गरी सीमान्तकृत तथा पहूँचमा नभएका जनसंख्याका साथै सन्पूर्ण व्यक्तिहरूलाई यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि मौलिक अधिकार प्रयोग गर्न सहयोग गर्दछ ।

Ad

सम्बन्धित समाचारहरु

अक्सिजन प्लान्टका लागि पाटन अस्पताललाई ललितपुर महानगरको १ करोड सहयोग

ललितपुर । ललितपुर महानगरपालिकाले पाटन अस्पताललाई अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड प्रदान गरेको छ । महानगरपालिकाद्धारा मंगलबार आयोजित कार्यक्रममा महानगरका प्रमुख चिरीबाबु महर्जनले मंगलबार पाटन अस्पतालका निर्देशक रवि शाक्यलाई चेक हस्तान्तरण गरे । चेक हस्तान्तरणअघि नगरप्रमुख महर्जन र शाक्यले सम्झौता पत्रमा हस्ताक्षर रहेका थिए ।

कक्षा १२ को नतिजा माघ पहिलो साता

कक्षा १२ को नतिजा माघ पहिलो साता

काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा माघ पहिलो साता आउने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका डा चन्द्रमणि पौडेलका अनुसार माघ पहिलो साताभित्रै परीक्षाफल प्रकाशनको तयारी भएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस