Namaste Icon
Ad
Ad

प्रचण्ड-नेपालले ओलीलाई 'बा' भनेरै सम्बोधन गर्नुपर्छ : संयोजक शाही

प्रचण्ड-नेपालले ओलीलाई 'बा'  भनेरै सम्बोधन गर्नुपर्छ : संयोजक शाही

अनेरास्ववियू सुर्खेतका संयोजक तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य धुपेन्द्र शाहीले प्रचण्ड नेपालले प्रधानमन्त्री केपि शर्मा ओलीलाई ‘बा’ भनेर सम्बोधन गर्नुपर्ने बताएका छन । सोमवार बिहान दर्पण दैनिकसँग कुराकानी गर्दै नेता शाहीले यस्तो बताएका हुन । नेता शाहीसँग दर्पण दैनिकको लागि धुपेन्द्र शाहीसंग खगेन्द्र हमालले गरेको कुराकानीको सम्पादित अंशः

 


तपाईको विचारमा प्रधानमन्त्री केपि शर्मा ओलीले संसद विघटन गर्नुको प्रमुख कारणहरु के–के हुन ?

नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष कमरेड पुष्पकमल दाहाल (प्रचण्ड) पार्टीका बरिष्ठ नेता कमरेड माधवकुमार नेपाल, झलनाथ खनालले सत्ता र पदीय स्वार्थका निम्ति कोभिड–१९ ले विश्वका शक्तिशाली राष्ट्रहरुको अर्थतन्त्र धरासायी भईरहेको परिस्थितिमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका पार्टी अध्यक्ष एवंम प्रधानमन्त्री र राष्ट्रपतिलाई अविश्वासको प्रस्ताव ल्याएर फेरि पनि देशमा संकट उत्पन्न गराउने षडयन्त्र गरेको कारण नै संसद विघटन गर्नुको मुख्य कारण हो । यस्तो खालको राजनीतिक आक्रमण गर्न खोजियो जसका कारण प्रधानमन्त्रीले वाध्य भएर यो कदम चालेका हुन । संकटको बेला प्रधानमन्त्रीले चलाउने हतियार नै यहि हो । प्रचण्ड–माधव जस्ता स्वार्थी कमरेडहरुलाई देशको भविष्य बुझाउनु भन्दा प्राधान्मन्त्री केपि शर्मा ओलीले जनताको अधिकार जनतालाई सुम्पिनुभएको हो ।

 


उहँहरु त संसद पुर्नस्थापना गरेरै छाड्ने भन्नु हुन्छ नि ?
प्रचण्ड–माधवहरुलाई जनमतको लागि जनतामाझ जान किन यति धेरै डर ? सबैलाई थाहा छ चुनाब जित्न, आफु शक्तिमा हुन कमरेड प्रचण्ड जे पनि गर्न तयार हुन्छन, उहाँका कार्यकर्ता माधव नेपाल भएका छन यो दुखःद कुरा हो । हिजो जनताबाट यो देशको समृद्धि, बिकास केपि ओलीले गर्न सक्छन भन्ने बिश्वासका साथ नेपाली जनताले आफ्नो मत केपि ओलीकै नाममा दिएका हुन । अहिले प्रचण्ड नेपाल कमरेडहरु चुनाव हार्ने डरले चुनाबमा जानू भन्दा हामी सडकमा छौं भनिरहनु भएको छ । यो दुखद कुरा हो, ताजा जनादेशमा जानू केपि ओलीको देश र जनता पर्तीको ईमान्दारिता हो । कमरेड प्रचण्ड र माधव नेपालहरु जस्तैका कारण देश पछि परेको कुरा नेपाली जनताले बुझिसकेका छन। जनताबाट बढारिने डरले उहाँहरु चुनाव हैन संसद नै पुर्नस्थापना हुनुपर्छ भनिरहनुभएको छ ।

 


अब पार्टी एकता सम्भावना कति छ ? बामदेव गौतमको कित्ता स्पष्ट गर्नु भएको छैन नि ?
ढिलो चाडो पार्टी एकता अवस्य हुन्छ । मिति तोक्न सकिँदैन अहिले नै।बामदेव कमरेड त्यति सजिलै प्रचण्ड–माधव कमरेडको पक्षमा जानुहोला भन्ने मलाई विश्वास लाग्दैन।

 

संसद विघटन अलोकतान्त्रिक छ, कतिपय बुद्धिजिविले त यो संविधान विपरीत छ पनि भनिरहेका छन । तपाईलाई के लाग्छ ?

प्रधानमन्त्री ज्युले चालेको कदम लोकतान्त्रिक छ, संबैधानिक छ । यो एउटा लोकतान्त्रिक अभ्यास पनि हो । यो संविधानको हितमा छ । नीति नियम संविधान नमान्नेहरुका लागि त मैले भन्नू केही पनि छैन।

 


बैशाखमा ताजा जनादेशका लागि जनतामाझ जान प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ । के प्रचण्ड–नेपाल पक्ष चुनावमा जान तयार होलान त ? प्रतिपक्षको कतिको समर्थन छ ?
प्रधानमन्त्रीले जनताले दिएको अधिकार प्रयोग गर्ने हो । यदपी पद र सत्ता चाहिएकै हो भने अधिकार माग्न जनता सामु जान किन डराउनु पर्यो । मतपेटिका साँटेर, बुथ कब्जा गरेर, सडकमा आन्दोलन गरेर पार्टी अध्यक्ष र प्रधानमन्त्री भइन्छ र भन्या । त्यसको लागि त जनता माझ जानुपर्यो नि जनताले नेताहरुको राजनीति फैसला गरिहाल्छन नि।

कमरेड प्रचण्ड माधवजी लाई अब नेपाली जनताको मत प्राप्त गर्न निकै गाह्रो छ, भन्ने लागेकै होला तर मेरो सुझाव जनतामाझ जानुहोस जनताले तपाई हरुलाई कुन कुन स्थान दिएर जिम्मेवारी दिने भन्ने कुरा मतदानबाट स्पष्ट पार्नेछन । अर्कोकुरा प्रतिपक्षी दल नेपाली कांग्रेस अदालतको फैसलाको पर्खाइमा बसे ता पनि निर्वाचनमा जान तयार छ।लोकतान्त्रिक अभ्यास यहि हो महाधिवेशनबाट पार्टी अध्यक्ष र निर्वाचनबाट प्रधानमन्त्री । बैशाखमा निर्वाचन हुन्छ दुईमत नै छैन।

 

प्रधानमन्त्री ज्युले पार्टी भित्रबाट मलाई काम गर्न दिइएन र पार्टी भित्रकै नेताहरुको कारणले गर्दा संसद विघटन गर्नुपर्ने बाध्यात्मक परिस्थिति सृजना भयो भन्नुभएको छ, खास के हो ?
सरकारले गरेका राम्रा कार्यहरुको अवमूल्यन गर्ने र नभएका तथा केही त्रुटिहरुलाई मिडियाबाजी गर्ने प्रवृत्तिले न देशको बिकास हुन्छ न त नागरिकको जीवनमा सकारात्मक प्रभाब पार्छ । पार्टी भित्रबाट कमरेड प्रचण्ड र माधव नेपालको अलोकतान्त्रिक गैरजिम्मेवार राजनीतिक गुटबन्दी नै संसद विघटनको प्रमुख जिम्मेवार हो । पार्टीलाई थप सुदृढ गर्नको लागि र लोकतन्त्रको रक्षा गर्नको लागि प्रधानमन्त्रीले प्रचण्ड नेपालको तानाशाही राजनीतिमा लगाम लगाउनु भएको हो।यस्ता कुराहरुलाइ प्रतिद्वन्दी सङ्ग कसरी लड्ने र आफ्ना पाइलाहरु कसरी लम्काउन सकिन्छ भन्ने अग्रगामी सोच भएका राष्ट्रका एक नायक हुन केपि ओली जसले सुतेका मान्छेहरुलाइ जाग्न सिकाएका छ्न् सपना देख्न सिकाएका छन् । असम्भव केही छैन भन्ने कुराहरुमा दृढ छन्,होला उनले देखेका सपनाहरु केरुङ्ग काठमाडौ रेल मार्ग, पानी जहाज, घरघरमा ग्याँस जस्ता अग्रगामी बिकासको छलाङ मार्न केही समय लाग्ला तर त्यो सपना पनि अवश्य नै पूरा हुनेछ । बिकास भन्ने कुरा एक रातमा नै हुने कुराहरु होइनन् । जुन सपना देखाएका छन् त्यो सपना अवश्यनै समृद्ध नेपाल र सुखी नेपालीको चाहाना पूरा गर्ने जुन अभिभारा केपि ओलीले लिएका छन् अवश्यनै त्यो अभिभारा पूरा गर्ने छन्।

 

प्रधानमन्त्री केपि शर्मा ओलि सरकारको नेतृत्वमा भएका ईतिहासिक कार्यहरु

१. भुकम्पले लडेका संरचाना पुर्ननिर्माण गर्ने ओलि।
२. छिमेकी मुलुकहरुसंग कुटनैतिक सम्बन्ध बलियो बनाउने ओलि।
३. अमेरिका जस्तो देशको अर्थतन्त्र covid 19 ले गर्दा थला परेकोबेलामा आफ्नै पार्टी भित्रका सहयात्रीहरुबाट सहयोग नपाउदा समेत एक्लै संघर्ष गर्ने ओलि।
४. मुलुकलाइ तुइनविस्थापित गर्ने ओली ।
५. नेपालमा रेल र पानी जहाजको काम अघि बढाउने ओली ।
६जयनगर - जनकपुरमा रेल संचालन गर्ने ओलि।
७.केरुङ काठमाडौ , रक्सौल काठमान्डौ, मेची महाकाली रेलको काममा निरन्तर खबरदारी गर्ने ओली ।
८.नेपालका नदीहरुमा पानी जहाज कहा कहा चलाउन सकिन्छ भनेर अध्ययन गराउने ओली ।
९.. मुलुकलाइ सुरुङ युगमा प्रवेश गराउने ओली ।
१०. मेची महाकालीको तराइ भुभाग सिंचाइ गर्ने आयोजना अघि सार्ने ओली ।र भेरी बबई डाईभर्सन सिचाइ आयोजना निर्माण सम्पन्न गराउने ओलि।
११. पहिलोपटक मेची महाकाली उर्जा संजाल र बंगलादेशसम्म बिजुली बेच्ने सम्झौता गर्ने ओली ।
१२. पुर्व पश्चिम हाइवेलाइ ४ लेनमा बिस्तार गर्ने ओली ।
१३. तराइका हरेक सदरमुकाम जोड्न ४ लेनको सडक बनाउने ओली ।
१४. हुरीले समाप्त बनाएको बारा पर्साका जनतालाइ ८ महिनामा ९ हजार घर बनाएर दिने ओली ।
१५. ६० बर्ष देखी लुटिएको कालापानी लगायतको भुभाग फिर्ता नगरी छोड्दिन भनेर भारतसंग जोरी खोज्ने ओली ।
१६. पद पाउन प्रम घेर्ने हुललाइ छिचोलेर घरि किमाथांका घरि ओलाङचुङगोला पुग्ने ओली ।
१७. चीन जोड्ने ६-६ वटा नाका एकै पटक शुरु गर्ने ओली ।
१८. डोल्पा जोड्ने सडक कहिले सकिन्छ भनेर महिनामा ४ पटक मन्त्री र कर्मचारीसंग छलफल गर्ने ओली ।
१९. पुर्व अख्तियार प्रमुख र आयुक्त लगायतलाइ भ्रष्टाचारमा जाक्ने ओली ।
२०.हजारौ बिगाहा लुटिएका सरकारी जमिन फिर्ता गर्ने ओली ।
२१. चरम भ्रष्टाचार हुने मालपोत जस्ता कार्यालयमा अनलाइन प्रबिधि शुरु गर्ने ओली ।
२२.ड्राइभिङ लाइसेन्सलाइ “इ” प्रबिधिमा लाने ओली ।
२३. काम थालेको एक बर्ष भन्दा कम समयमा काठमान्डौका सारा गल्ली पिच गर्ने ओली ।
२४. मध्य पहाडी, मदन भन्डारी, हुलाकी मार्ग द्रुत बनाउने ओली ।
२५. काठमान्डौ तराइ द्रुत मार्ग आफ्नै पैसामा अघि बढाउने ओली ।
२६. १ दर्जन बढी बिमानस्थलमा रात्री उडान गर्न सक्ने बनाउने ओली ।
२७. २ दर्जन बढी बन्द भएका बिमानस्थल संचालन गर्ने ओली ।
२८. एकै पटक २ वटा अन्तराष्ट्रिय बिमानस्थल सम्पन्न हुने चरणमा पुर्याउने ओली ।
२९. त्रिभुवन बिमानस्थलको मुहार फेर्ने ओली ।
३०.तिनदशक देखि काठमाडौ बासिहरुको खानेपानीको विकल्को रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको निर्माण।
३१.पृथकताबादी राजनीतिलाई निस्तेज गर्ने ओलि।
३२.लामो समयपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र दुई देशबिचको सम्बन्ध मजबुत बनाउने ओलि।
३३.सामाजिक सुरक्षा कार्यक्रमको सहि तरिकाले कार्यनयन गर्ने ओलि।
३४.पेट्रोलियम पाईपलाईनको अनुसन्धान तथा बिस्तार गर्ने ओलि।

यस्ता त कति हो कति सकारात्मक कार्यहरु ओलि सरकारले गरेको छ।केही सरकार बिरोधिहरुले गलत आम नेपाली जनतालाई गलत संदेश दिदैमा ओलि सरकार अलोकप्रिय हुदैन । ओलि सरकारले के कस्ता काम गरेको छ भन्ने कुरा नेपाली जनतालाई स्पष्ट थाहा छ र यसलाई ईतिहासले मुल्यांकन गर्नेछ।

Ad

सम्बन्धित समाचारहरु

फोटोग्राफीमा वेडिङ विधा नै रोज्नुको कारण के हो ? (भिडियो अन्र्तवार्ता)

फोटोग्राफीको क्षेत्रमा पछिल्लो समय निकै चर्चित नाम फोटो पसलले फोटोग्रफीलाई अझैं राम्रो व्याावसायिक बनाउन सहयोग गर्ने उद्देश्यले विभिन्न कार्यक्रम तथा फोटो सम्बन्धी बहस छलफल गर्दै आइरहेको छ । फाेटाेग्राफीमा नविनतम परिवर्तनका लागी सन् 1983 Aug 27th जन्मिएका फाेटाेग्राफर जसलाइ हामीले व्यवसायीक रूपमा नेपाली विवाह फाेटाेग्राफिमा नविनतम साेच ल्याउन सफल फाेटाेग्राफरकाे रूपमा चिनेका छाै । उनी शुरूका दिनमा Channel Nepal Television आफ्नो व्यवसायीक फाेटाेग्राफि गर्दै अहिले Wedding Diary Nepal का Founder, ECS Media मा Fromer Photographer रहेर काम गरि रहेका छन । व्यवसायीक विवाह फाेटाेग्राफिमा धेरै फाेटाेग्राफर उत्पादन गर्न सफल एवं धेरैलाइ स्वराेजगारि दिन सफल फाेटाेग्राफर सह्नावाज मुहमद Shahnawaz Mohammad सँग फोटो पसलका अध्यक्ष योगेन्द्रजंग बस्नेतले गरेको कुराकानीः

हामी कांग्रेसमय चिङ्गाड गाउँपालिका बनाउने अभियानमा छौं : युवा नेता शर्मा

नेपाली कांग्रेस तरुणदल बिभागका केन्द्रिय सदस्य एवंम कर्णाली प्रदेशका युवा नेता डोरप्रशाद शर्माले आफूहरु कांग्रेसमय चिङ्गाड बनाउने अभियानमा जुटिसकेको बताएका छन । नेपाली जनता र राष्ट्रलाई माया गर्ने पार्टी नेपाली कांग्रेस भएकाले चिङ्गाडबासी जनता र नेपाली कांग्रेस बीचमा सम्बन्ध नङ र मासुको जस्तो रहेकोले जनताको साथ फेरि पनि कांग्रेसलाई नै रहने उनले बताए । नेता डोरप्रशाद शर्मा सँग दर्पण दैनिककर्मी खगेन्द्र हमालले गरेको कुराकानीको सारसंक्षेपः

Ad

प्रतिक्रिया दिनुहोस

Ad